(कविता)
– हरिश वि.क.
न धनी गरिबको फरक होस्,
न जात धर्मले दूरी बनोस्
सबै मानव एउटै जात,
यही हो हाम्रो साँचो बात।
नारी, पुरुष, वा जो होस् कोही,
सम्मान पाऊन् सबैले बराबरी
सपना देख्न पाऊन् स्वतन्त्र,
बाँच्न पाऊन् जीवन रमाइलो ।
शिक्षा, स्वास्थ्य, रोजगारी,
सबका लागि होस् पहुँच समान।
अधिकारमा नहोस् विभेद,
यसैमा हुन्छ समाजको हित।
जहाँ छ सहिष्णुता र माया,
त्यहाँ फूल्छ शान्तिको छाया।
बनाऔँ हामी यस्तो देश,
जहाँ समानतामा होस् विशेष।
समानताको घामले चम्किन्छ दिन
जहाँ नत सानो न ठूलो हुन्छ
न जातको पर्खाल न वर्गको डर
सपना सबैका एउटै हुन देश भर।
अखिल भारत नेपाली एकता समाज
केन्द्रीय सदस्य तथा दक्षिण नगर समितिको सचिब बेंगलोर
Comments

