गीत -संसार मुक्त खोज्दैछ मन

मनु वि.क.
म उड्छु डाली डालीमा रुँदै को सुन्छ मेरो पीर
म हुन्छु भाव विह्वेल सँधै छैन है मन स्थिर
हेर्दैछु रुँदै डाँडा र पाखा आँसु छ आँखैमा
उड्दैछु मनमा विरह बोकी वन र पाखैमा
म उड्छु डाली डालीमा रुँदै को सुन्छ …..
उडायो बस्ने यो मेरो बास निष्ठुरी हुरीले
ढलायो मेरो बासको मौलो साउने झरीले
बाँच्नकोलागि कति छ दिन कसलाई के थाहाछर ?
ओतको छाया माया नै गुम्यो कसलाई पो थाहा छर?
म उड्छु डाली डालीमा रुँदै ….
ढलेर गयो,जलेर गयो यो मेरो ओतको घर
मनभरि पीर बोकेर रुँदै पर्दैछु आफ्नै भर
आफैलाई माया लागेर आउँछ दुःखले अँचेट्दा
संसार मुक्त खोज्दैछ मन संकटले घचेट्दा
म उड्छु डाली डालीमा रुँदै ……. २०८१ फागुन १०, काठमाण्डौ

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित