संसारकै धनाढय मेरी मगन्ते आमा ?

-नारायण प्रसाद भण्डारी
इमान्दारीता र कर्तव्य सहितको मेहेनत र परिश्रम गर्नेहरु न त भोकै बस्नु पर्छ नत तिर्खाको कारण तड्पेर मर्नु पर्छ । नत मगन्ते भै अर्काको घर दैलो चार्हनु पर्छ । प्रकृितले कुनै कसैलाई भेदभाव नगरी मेहेनत र परिश्रम बाहेक अरु कुनै मुल्य तिर्न नपर्ने गरी मानव जातिलाई प्रशस्त मात्रामा पुग्ने गरी प्राकृतिक श्रोत साधनहरु प्रदान गरेको छ । त्यसमा पनि हाम्रो देश नेपाल त प्रकृतिले नै अति धेरै मेहेनत गरेर बनाएको देश, खान उब्जाउनका लागि प्रशस्त मलिला उर्बरा शक्ति भएका खेतबारी छन् । सिंचाई गर्नका लागि प्रशस्त मात्रामा नदी नालाले भरी भराउ छन् । पिउनका लागि हिँउदमा तातो हुने, गर्मीमा चिसो हुने स्वचालित मेसिन चलाए जस्तो जहाँतही खोच, खोला, वन, जंगल, पहाड, वेशीहरुमा मुलहरु छन् । संसारले हरेक दृष्टिकोणले कुनै प्रकारको कमी छ भन्न नसक्ने देश संसारमै एउटा मात्र हो । जसको नाम सुनौला अक्षरले लेखिएको नाम उच्चारण गर्दा पनि खुशी लाग्ने देश नेपाल, नेपाल देशको नाम पनि लेखिरहु जस्तो लाग्ने आज त्यो देशको उच्च शिर खोइ ? कहाँ गयो मुल्य मान्यता ? कहाँ पु¥याइयो देशको छवि ? खोइ त राष्ट्रियता त्यति राम्रो देशको सुन्दरता कसले लुट्यो कि लुटाइयो ? आज हाम्रा पूर्खाले उत्पादनका लागि उपभोग गरेका ती जमीन धर्ती माता कहाँ छिन ? के गर्दै छिन ? कुन अवस्थामा छिन ? रोइरहेकी छन् या खुशी छन ? प्रकृतिले दिएका हाम्रा सुन, चाँदी, फलाम, कोइला, बन पैदावारका अमुल्य प्राकृतिक सम्पदा अमूल्य वस्तुका खानी खोइ ? दिनभर बालु चालेर सय, दुइ सय ग्रामसम्म सुनका टुक्रा पाइने ठाउँको सुनखानी हाम्रै देशका थिए कि अरु कुनै देशका बनिसके ? यदि नेपाली धर्तीमा बगेका हाम्रा जल सम्पदा हुन या कसैका भैसके ? यदि नेपालकै सम्पदा हुन या थिए भने यति ठूलो सम्पत्तिका मालिक हामी नेपाली संसारकै प्राकृतिक सम्पदाका हामी धर्ती सन्तान किन सधै गरीब, सधै मगन्ते, सधै अर्कैको आशा गर्नु पर्ने कारण के ? देशका गरीब निमुखा मेहेनत गरी खाने वर्गको अवस्था सधै नाजुक, सधै अर्काको देशमा भौतारिनु पर्ने किन ? देशले जहिले पनि अरु सँग भिक मागी रहनु पर्ने जो सँग बाध्यताको रुपसरी लम्पसार परेर भिक मागिन्छ ? सत्तामा नजाँदासम्म उनैलाई विस्तारवादी , साम्राज्यवादी भन्दै नाटक गर्नु पर्ने सत्तामा पुगे मौन किन ? नाटकमै देश डुबाउँदै छौं किन ? यदि हाम्रै देश हो हाम्रो अधिकारभित्रका नदी नालाबाट बगेको बालु चाल्दा सुन भेटिन्छ भने त्यहाँ वरपर पक्कै सुन खानी बिना बालुमा सुन भेटिएको त होइन होला ? यदि खानी छ भने खोइ त हामीले त्यतातर्फ ध्यान पुगेको ? साँच्चिकै हाम्रा नेपालीहरुले बालु चाल्दा सुनका टुक्राहरु भेटाइन्छ भने हामी नेपालीहरुले बालु चाल्नमै खुशी हुनु पर्ने सुन माथि अर्कैको राइ दाइ हुनु पर्ने त होइन ? आज हामी नेपाली नामले परिचित युवाहरु संसारका कुनै पनि देशमा खाली छैनन । हाम्रा सन्तानको विजोग छ । श्रीमान विदेशको गल्लीमा श्रीमतीका कहानी भनी साध्य छैन यो अवस्था श्रीमतीको मात्र होइन श्रीमानको पनि कम छैन । यो वास्तवमै बाध्यता हो कि जस्तो पनि लाग्छ कारण यदि अर्काको मुलुक जान नपर्ने भै दिएको भए सायद यस्ता घटना घटदैन्थे कि ? अर्काको देशमा अपमानित भै जिउन बाध्य हुनु पर्दैन्थ्यो कि ?
अब हामी सम्पूर्ण नेपाली जनताले एक साथमा सोच्नु पर्छ । करोडांैको लगानीमा विदेशमै जाने चिन्तन किन ? वास्तवमा हामी नेपालीले आफनै देश नेपाललाई बुझ्न सकेनौं कि बालु चाल्दा सुनका टुक्राहरु भेटिन्छन् भने हामी कस्तो देशका नागरिक हौं ? हामीलाई विदेशी दलालले राम्रोसँग चिनिसके हामीलाई हेपेरै हो आज डोनालले हामी माथि कुन व्यवहार ग¥यो ? यस्तो अवस्था हुँदा हामी अझै विदेशी दलालकै आशा र गुलाम गर्दैछौं । किन एउटा देशको प्रधानमन्त्रीले भेटन खोज्दा समयसम्म नपाउने पनि म प्रधानमन्त्री हँु भन्ने लाज लाग्छ कि अपमानित भएको कतै महशुस लाग्छ ? किन आफनो हैसियत गुम्यो त्यसको समीक्षा गर्ने कि नगर्ने ? हामी आफुलाई नै चिन्न सकेनौं कि ? हाम्रो देशको यो सुन्दर बगैंचामा चारैतिर सुनै सुनका पहाडहरुले घेरेको छ । जमीनमा सुनै सुन छ । त्यही सुन माथिको विस्तारामा हाम्री नेपाल आमाको बिछयौना छ । हाम्रा रुखहरुमा सुन फल्छ । हामी नेपालीहरुका खेत बारीमा सुन फल्छ । हाम्रा बन जगंल खोला नालाहरुमा सुनै सुन छ । हाम्री नेपालकी धर्ती माता सुन माथि आनन्दसँग सुतेकी छन् । खोइ त यति धेरै धन संम्पत्तिले सुनै सुनले भरीपूर्ण आमालाई हामी सन्ततिहरुले सधै गरिब सधै मगन्ते बन्न बाध्य बनाइयो किन जबाफ दिने कसले ? एउटा गजलकारले भनेका छन् । बुझन सक्यो भने गजल मार्मिक छ । फुलको आँखामा फुलै संसार, काँढाको आँखामा काँढै संसार । हाम्रा आँखाले फुल देख्न सकेन जताततै काँढै ,काँढा देख्छ । कसरी बन्छ देश ? कसरी हुन्छन् नेपालीहरु धनी सुखी ? हाम्रा पुर्खाहरुलाई सम्झे मात्र पनि पुग्छ । हाम्रा पूर्खाहरु वास्तवमा सच्चा, कर्तव्यनिस्ट, इमान्दार, अनुशासनका खानी भएका माटोमा सुन फलाउने परिश्रमी, मिहेनती क्रान्तिकारी माक्र्सवादी उत्पादनका विज्ञ कम्युनिस्ट रहेछन् । जसका प्रमाणित उदाहरणहरु बिहान सबेरै उठथे आफनो काम धन्दामा लाग्थे । गाइ, भैसी, भेंडा, बाख्रा, दानापानी, घास, दाउरा गुवाला, खेतबारीमा जानेहरु जान्थे घरमा खाना बनाउनेले बनाउँथे । खाना खुबाउनेले खुवाएकै हुन्थे । बाल बच्चा हेर्नेले हेरेकै हुन्थे । बृद्धबृद्धाको स्याहार सुसार गर्नेले गरेकै हुन्थे । अशक्त बाहेक कोही कसैले नत ठग्छ । नत कुनै कसैका कामहरु अधुरा रहन्थे । कुन समयमा सुत्ने हो ? कुन समयमा उठने हो ? नत उठाउनका लागि घण्टी बज्थे नत कसैले, कसैलाई उठाउनु पथ्र्यो ? कसले के काम गर्ने कसैले कसैलाई सोध्नै पर्दैन्थ्यो । सबैको जिम्मेवारीका कामहरु जिम्मेवारीको लिस्ट, सुची, समय तालिका दुस्त चुस्त हुन्थ्यो । जग्गा जमीन कही कतै खाली रहन्नन्थे । जहाँ तही जताततै कान्ला, भिराला, ढाड ढुगा, खोला किनार जंगल कुनै पनि ठाउँहरु खाली भनेको कतै भेटिन्नन्थ्यो । सिजनमा भकारी भरी धान, मकै, कोदो, फापर, दलहन, तेलहन, दुध, दही, घीउका टिनका टिन, उखुको रसबाट भेली, तरुल गिठा, भटट, उनबाट निर्मित काम्ला कम्बल, राडी, पाखी, गलैचा, अलैची, टिमुर, फलफुलमा स्याउ, सुन्तला, भोगटे, कटहर, अझ वनवनका सिजनका फलफुल, अमुल्य जडिबुटी यार्सा, हुची च्याउ भन्नुस कुन चिजबाट हाम्रा पूर्खाहरुले पैसा कमाएनन किनभने पुर्खाले टेकेका पाइलाहरुमा सुन पल्थ्यो । सबै आर्गनिक बस्लु औषधिहरु थिए बिनासित भण्डार पनि भण्डारण हुन्थ्यो जहिले आवश्यक र अनिकाल पर्दथ्यो विक्री हुन्थ्यो । ती विक्रीबाट आएको रकमले सुन, चाँदी, तामा खरीद गरी राख्थे त्यसैले अमुल्य वस्तु तराइमा भन्दा पहाडी भेकमा अझै पनि संचित छन् । हाम्रा पूर्खाहरुले सुरक्षाका लागि गाडेका सुन, चाँदी, धन , पैसा यद्यपि भेटिन्छन् । त्यसकारण हाम्रो देश भनेको सुनैसुनले भरी भराउ भएको देश हो । संसारकै यति सुन्दर धनाढय देशका हामी नेपाली संसारकै भिकारी भै बाँच्नु प¥यो । यो भन्दा धिक्कार लाजमर्दो, घिनलाग्दो अरु केही हुन सक्छ ? आज देशमै आर्थिक मन्दी आयो गाउँ शहर कतै पैसा छैन भनेर कोलाहलका भजन गाइन्छ । पैसा कसरी हुने ? एउटा युवा अमेरिका जाँदा करोडसम्म खर्चेको सुन्नमा आउँछ । यस्ता करोड त दैनिक कति बाहिरिएका छन् होला ? देश भ्रष्टचारमा डुबिसक्यो ,उत्पादन क्षेत्र शुन्यमा पुग्यो । यी र यस्तै कारणले देशको अवस्था डामाडोल भयो । यी कथा व्यथा कसलाई सुनाउ, सुन्ने पनि कोही छैन सबै आ–आफना धुनमा मस्त छन् । साँच्चिीकै भन्ने हो भने देशले बुद्धिमान अभिभावक पाउने हो भने नेपालका प्राकृतिक सम्पदाबाटै नेपाली जनतालाई खान पुग्छ । नेपालको सम्पूर्ण प्राकृतिक सम्पदादेखि नेपालका पुराना मुर्ति समेत तस्करी हुन्छन् । नेपालको उर्वरा शक्ति भएको जमीनमा भ–तस्करी गर्न लगाएर खेतबारीको बीचमा घर बनाउन सिकाइन्छ । मलिला जमीनमा प्लटिङ गर्ने इजाजत नेपाल सरकारले वैधानिकता दिन्छ भने नेपालको अवस्था के हो ? देश कहाँ पुग्यो ? देश कहाँ जाँदैछ ? एउटा नेताले चढने गाडी, एउटा नेताको सुविधाले ठूला ठूला फ्याक्ट्री , कलकारखाना खोलिन सक्छन् भने हजारौको सुविधाले हजारांैले एक साँझमा खाने विदेशी रक्सीले के हुन्थ्यो होला ? एक पटक देशको समाजको बारेमा चिसो दिमागले सोचांै त देशको अवस्था के हँुदैछ । सुनै सुनमाथि सुतेकी संसारकै धनाढ्य हाम्री नेपाल आमाले सराप दिदै छन् । आफू यति ठूलो सम्पत्तिकी मालिक हँुदाहँुदै अर्काको देशमा हात थापेर भिक मागेर देशलाई भिक मगुवा बनाएको देखेर आमा रोइरहेकी छन् । नेपाल आमा भन्दैछन् कोही धनी असाध्य, कोही गरीब माग्ने सक्दैन देख्न भन्छिन । सन्तान थरीथरीका त्यसकारण पनि हाम्रो देशले वैज्ञानिक समाजवादको माग गरिरहेको छ । हामी देशको रक्षाको लागि, राष्ट्रियताको लागि शोषित पीडित, आम राष्ट्रपे्रमीहरु एकजुट भै दलाल पुँजीवादको विरुद्धमा एकजुट भै संघर्ष गर्नुको विकल्प छैन । यी र यस्तै वास्तविकता सुनाउँदै अहिले हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल देश दौडाहको अभियानमा जुटिरहेका छांै । हवस्त धन्यबाद सबैमा चेतना भया ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित