क्रान्तिकारी संरचनालाई प्रगाढ बनाउँ

करन दयाल

क्रान्तिकारी हौ भुन्नु धेरै सजिलो छ
क्रान्तिलाई ब्यवहार दिन उत्तिकै गारो छ
क्रान्तिकारी विचारको जति अध्ययन गरे
पनि क्रान्ति अधुरो अपुरो भएको छ।

क्रान्तिका बुका कुरा गरेर भ्रम छरिन्छ
क्रान्ति नाममात्रको रहेर भ्रममा पारिन्छ
क्रान्तिकारी कुरामा हारखानु नहुने गफ
का गफाडी बुद्धिजीवीले भ्रम पारिन्छ ।

क्रान्तिकारी नामले हुदैन व्यवहारिक हुनुपर्छ
ब्यवहारले व्यवस्थापन गरेर प्रगाढ बनाउनुपर्छ
क्रान्ति सम्बन्धि माक्र्सवादलाई जति रटे पनि
अभ्यासको अधुरो पाठ बुझिन्छ पुर्ण हुनुपर्छ।

क्रान्तिकारी विचार बहसको मात्रै रहेको छ
क्रान्तिकारी सिद्धान्त किताबमा सिमित छ
क्रान्तिकारी विचारबाट लैस हुनुहुन्छ व्यवहार
भने लचिलोपनमा विलासी भएको पक्का छ।

क्रान्तिलाई नियालेर घनिभुत बनाउनु पर्छ
क्रान्ति गर्न छ ब्यवहारिक अनिवार्य हुनुपर्छ
क्रान्तिकारी विचार सैद्धान्तिक सिद्धान्त त
तर्जुमात्मक अभ्यासको संरचना हुनुपर्छ ।

क्रान्ति गर्न बन्दुक मात्र चलाउने भन्ने हुदैन
बन्दुकले मात्र क्रान्तिको फैसला गर्न सक्दैन
क्रान्ति गर्न वैचारिक ज्ञान नियम प्रतिबद्धता
अनुशासन जस्ता कुरा छन यी संरचना नभै हुदैन ।

क्रान्ति देशको हितकोलागि हुनुपर्छ
गरिब सर्वहारा जनताको हितमा क्रान्ति गर्नपर्छ
गरिब बस्तीहरूका जनताका जल्दाबल्दा समस्या
समाधान गर्न जनक्रान्ति जनसैलावमा हुनुपर्छ ।

उपरिप्रकारको क्रान्तिले घाटा मात्रै व्यहोर्नु पर्छ
क्रान्ति नभई भ्रान्ति हुन्छ त्यसैले क्षति ब्यहोर्नुपर्छ
अचेतनसिल क्रान्तिले इष्र्यालाई जन्मदिन्छ बैचारिक
विचार हुदैन त्यो अपुरो हुन्छ त्यसलाई मिलाउनु पर्छ

उपरिप्रकारको क्रान्तिले उपलब्धि हुदै हुदैनन् ।
अपुरो बेवास्ताले देश परिवर्तन हुनसक्दैनन
देशका जनता झनपछि झन ओझेलमा परेर
देशको बतावरण गहिरिएर छेदिहुन जान्छ

क्रान्तिको लागि ठुलो लगानी लगाउन पर्ने हुन्छ
आर्थिक नैतिक भौतिक सीप श्रम सबै मिसिन्छ
लगानी त्यतिकै होइन क्रान्तिमा धेरै किसिमका
मिश्रणहरूको प्रगाढ एकताले क्रान्ति जितिन्छ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित