प्रतिक्रियावादी मुख्यालयमा बम बर्साउ

प्रभात भट्टराई

बम बर्साउन्नुहोस् मुख्यालयमा —
जहाँ जन्मिन्छ नीति दलालको,
जहाँ जनताको रगतलाई मोलमा तौलिन्छ,
जहाँ भ्रष्ट सन्धीसम्झौता राष्ट्रमाथि बोलिन्छ।

त्यो मुख्यालय हो –
जहाँ शोषणको ब्लूप्रिन्ट कोरिन्छ,
जहाँ मजदुरको पेट र किसानको खेत
नाफाको नक्शामा बेचिन्छ।

त्यो मुख्यालय हो –
जहाँ देशी अनुहारले विदेशी भाषा बोल्छ,
जहाँ सर्वहारालाइ झुण्ड्याइन्छ,
शान्तिको नाममा सेना खटाइन्छ।

हामी हान्नेछौं चेतनाको बम
शब्दको गोली, विचारको सेल —
साहित्यको बन्दूक, जनताको रेल।
हामी बगाउँछौं क्रान्तिको आँधी,
झस्कन्छ तानाशाह, डराउँछ मन्त्रीपार्टी ।

 

जनसत्ता, जनअदालत,जनसेना,
यी हुन् बम – जनताको हातको मेना
जन संघर्ष, जन प्रतिरोध, जन विद्रोहको तुफान,
यो हाम्रो युद्ध होइन — यो इतिहासको निदान ।

 

त्यो मुख्यालय ध्वस्त हुनेछ,
जब मजदुरको हातले लेखिनेछ नीति,
किसानको माटोबाट जन्मिनेछ सत्ता,
शहीदको सपनाले बनाउनेछ भविष्य।

बम हान मुख्यालयमा —
कागजी बारुद विरुद्ध चेतनाको आगो हो यो
तिम्रो भ्रमको महल, झूठको सत्तालाई
हामी जलाउनेछौं शब्दको बारुदले,
विद्रोहको ज्वालाले ।

विलासी संसद भत्काउने जनताको हतियार हो।
बोल, लेख, उठ, क्रान्ति अब चुप बस्दैन
मुख्यालयमा बम हान – चेतनाको ।

अति भो बम बर्साउ
एटोम बम सक्ता शक्ति को उन्मातमा
नारीलार्इ सुरा सुन्दरीको मोलमा
सोमरस र गाजाको रक्तबोलाहटमा
शान्ति मानवतामा लुकेको क्रूर हत्याहिंसामा
भ्रष्ट, लुट, अन्याय, विभेद ,असमानता अत्याचारमा
बम बर्साउ बम बर्साउ बम बर्साउ ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित