छुवाछूतको अन्त हुनुपर्छ (गीत)

 

–हरिकला थापा

छुवाछूतको अन्त हुनुपर्छ
सानो ठुलो जात भन्ने चलनलाई तोड्नु पर्छ
नीति नियम फाल्नु पर्छ ।२
छुवाछूत ….

काटे रगत रातै आउँछ हामी मान्छे होइनौं र
सबै समान भएर बाँच्ने रहर हामलाई नि छ । २
छुवाछूत…

सानो ठुलो जात भन्ने कुन शास्त्रले लेखे छ र
अझै पनि परिवर्तन यो समाजमा किन हुन्न र ?
छुवाछूतको अन्त हुनुपर्छ ।४

संगीत जे सी सिंजाली सुर्य थापा

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित