क्रान्तिको विगुल फुकौं

रामसिङ वि.क.

समाज परिवर्तनका कुरा गर्दैछन्
आफु अपरिवर्तन समाजमा रमाउन खोज्दछन्
समाज सही बाटोमा हिडेको भनिरहन्छन्
आफू गलत बाटोमा नै रमाउन चाहान्छन् ।

अन्धकारको भुँमरीमा रुमलिएर संसारको उज्यालो देखिँदैन
गतिहीन यात्रामा हिडेर गन्तव्यमा पुगिँदैन
सुर्यलाई हत्तकेलाले छेकिन्छ भनेर भन्नु र
श्वास बिनाको वस्तु पुर्नजिवीत हुन जस्तै हो ।

यो कस्तो समाजको कल्पना गरेका छौँ हामीले
जो गतिशील छैन त्यसैलाई सुन्दर छ भन्नु
मसान घाटमा जलाएर खरानी भएको मान्छे
आउ हामीलाई बचाउ हातखुट्टा नभएको मान्छे ।

अहिले यस्तै यस्तै कुरा सुन्नमा आएको छ
आँखा नभएको मान्छेले संसार देख्यो रे
हातखुट्टा नभएको मान्छेले हिड्न सिकायो रे
राजा आउ देश बचाउ, राज आउ देश बचाउ रे ।

मौरीहरुको शासनकालमा कति दुःख पायो
नेपाली हरुको खुनपसिना यिनीहरुले खायो
साथीहरूका सहयोगमा विकास भएकै हो
भएजति विकास यीनले बाँडी खाएको हो

आहा कति राम्रो नारा देशै भरिको सारा
हाँगाहरु फैलिदैछन् काँटौ बचेखुचेका जरा
जुँगाहरु रगत चुस्न फैलिसके सारा
सचेत बनौं नेपाली जनता बुझ यीनको चाला ।

नदी आफ्नो गतिमा बगिरहन्छ कुनै दबाब विना
मान्छाहरु आफै उफ्रि रहेकाछन् सिङ्ग र पुच्छर विना
समाज गतिशील छ समय अनुसार घडी झै चलिरहन्छ
समाज रुपान्तरणका कुरा गरौं लक्ष्य सम्म पुगिन्छ।

आउ सारा एकजुट भइ क्रान्तिको विगुल फुकौं
जनक्रान्तिको बाटो हिडौं लक्ष्य सम्म पुगौं
संकल्प गरौं सबले आज नयाँ दिन ल्याउन
बाँचा कसम गरौं यहाँ नयाँ फूल खेलाउन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित