गणेश बि क, बेङगलोर
रातदिन कामगरी हातभरि ठेला
यिनै ठेला देखी गर्छन हामीलाई हेला
जाग उठ दलित दाजुभाइ छुवाछूतको यो पर्था तोडनलाई ।
न त मैले पढनपाए न त ज्युमा लुगा
साहुले खाने दालभात हामीले खानेघोगा
जाग उठ दलित दाजुभाइ छुवाछूतको यो पर्था तोडनलाई ।
गरिब दु ःखी मजदुरले पसिना बगायो
जातपात भेदभाव दलितलाई लगायो
जाग उठ दलित दाजुभाइ छुवाछूतको यो पर्था तोडनलाई ।
जाति पीडा नसहेर भारतमा आएको
दलितको धन सम्पत्ति मालिकले खाएको
जाग उठ दलित दाजुभाइ छुवाछूतको यो पर्था तोडनलाई ।
घरजग्गा साहुले खायो रिण पनि साहुकै
गणतन्त्र आएपनि जनतालाई दुखै
जाग उठ दलित दाजुभाइ छुवाछूतको यो पर्था तोडनलाई ।
जागउठ भोकानाँङगा उठ बस्ति बस्ति
शोषणको दमन सही बस्ने हामीले कति

Comments