रोक, प्यालेष्टाइनमाथिको आक्रमण

मनु वि.क.
रोक आक्रमण, रोक युद्ध
रोक प्यालेष्टाइनीमाथिको यातना
रोक, निर्दोष बच्चाहरुमाथिको आक्रमण
रोक, रोक विद्यार्थीहरुमाथिको आक्रमण
रोक महिलाहरुमाथिको आक्रमण
रोक निर्दोष नागरिकहरुमाथिको आक्रमण ।

रोक अस्पतालहरुमाथिको बमबारी
रोक क्याम्पहरुमाथिको आक्रमण
रोक विस्थापितहरुमाथिको गोली र वमबारी
रोक निहत्थामाथिको आक्रमण
रोक सार्वभौमसत्तामाथिको हस्तक्षेप ।

रोक प्यालेष्टाइनमाथिको नाकाबन्दी
रोक प्यालेष्टाइनीहरुको भोकमरी
रोक प्यालेष्टाइन हडप्ने खेल ।

रोक ,रोक तुरुन्त रोक
सुन्दैनौं,सुन्दैनौं,बुझ्दैनौ बुझ्दैनौ
देख्दैनौ, देख्दैनौ
बच्चा,महिलाहरु र निर्दोषहरुको चित्कार
एक मात्र उद्देश्य छ मार्ने
एक मात्र काम छ उनीहरुलाई सक्ने
र एक मात्र मनशाय छ प्यालेष्टाइन लिने ।

रोक रोक प्यालेष्टाइनमाथिको आक्रमण
रोक ,रोक निर्दोषहरुमाथिको आक्रमण
रोक, रोक हतियारको व्यापार ।

सुन्दैनौ ,सुन्दैनौ निर्दोषहरुको चित्कार
बुझ्दैनौ, बुझ्दैनौ निर्दोषहरुको आँसु
रोक रोक प्यालेष्टाइनमाथिको नरसंहार ।

उपमा,लय,प्रतिकात्मकता बुझ्दैनौ
बुझ्दैनौ कविताका तत्वहरुको भाका
त्यसैले सिधै भन्दैछु रोक आक्रमण प्यालेष्टाइनमाथि
रोक प्यालेष्टाइनी नरसंहार ।

निर्दोषहरुको आँसु र चित्कारले बदला लिनेछ ।
मिति २०८२ ÷२ ÷२५ काठमाण्डौ

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित