माटोमा मिसिनु पहिले हीरा बनिदेऊ

किसनबहादुर वि.क.

देशको स्वाभिमान बचाइदेउ
आज देशमा कालो बादल मडारिएको छ
चारै तिरबाट घेराबन्दी भएको छ
तपाईंले सत्य भन्नुभएको छ,
साथीहरू, अब हामीले नयाँ ईतिहास सिर्जना गर्नुपर्दछ।

त्यस्तो बाटो रोज्नु सिकाउनु पर्छ
जो अन्धकारको भग्नावशेषमा छन् तिनीहरुलाई प्रकाशको पाठ पढाउन पर्छ।
मिटादेउ भैरभावको लडाई
जगाई देऊ प्रेमको ज्योति
ज्यानको बलिदान दिएर पनि देशको स्वाभिमान बचाउँ ।

रोइरहेछ आमा नेपाल
बोलिरहेछ हिमाल
सुसाई रहेछन् खोला नाला
बासी रहेछन डाँफे मुनाल
भ्रष्टाचारमा डुबाइ दियो देश नेपाल
बहुदल आयो लोकतन्त्र आयो
आयो गणतन्त्र देश विकासको
नाउ लिइ भयो लुटतन्त्र।

भ्रष्टाचारी झेल हाल्ने राजनीतिकको खेल
सदन देखि सडक सम्म जनताको भेल
यो भेलले अख्तियारको आखाँमा प्रभाव पारेको देख्छौं,
मन्त्रीहरू जेल परेको हेर्छौं।

समाजमा कहिले पनि एक नास चल्दैन
यदि तपाईंले लिनुछ भने दिनु पनि पर्छ
चाहिँ त्यो पैसा हो प्रेम हो या आदर हो या सम्मान हो।

जीवनको सबैभन्दा ठूलो शिक्षक समय हो किनकि उसले कसैलाई सिकाउँदैन
सपना त्यो देखाउन जो हामीले पूरा गर्नु सक्छौं
नत्र हाम्रो समय बर्बाद नगर।

आफ्नो गुरु शिक्षकबाट सिक्न केही शर्तहरू
तब कसैलाई धोका हुदैन सबैमा भरौँसा राख्न पर्छ
केही कुरा समझ भन्दा बहिर छ भने त्यसलाई मनबाट हटाइदिनु पर्छ।

सबै मिल्दैन जीवनमा मनले सोचे जस्तो
जुन मिलेको छ त्यसैमा रमाउन सिक
कसैले पनि गर्व गर्न पर्दैन यो संसारमा
मान्छेको चोलो दुईचार दिनको भाडा वाला जस्तै हो।

केही दिनको अस्थायी जीवन खुशी खुशी बिताउन
बितेका क्षणलाई सम्झेर आँसु न बगाउन
यो माटोको शरिर हो यो माटोमै मिसिन्छ ।

माटोमा मिसिनु पहिले हिरा बनि देखाउ
किन्न सक्दैन तिमीलाई मानिस धनी भएर
त्यसैले आफुलाई बेश किमती बनाउ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित