भीम चापागाई
पिविएम तथा ८ नं. व्यूरो इन्चार्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको र नम्बर व्यूरो अन्तर्गत धादिङ, नुवाकोट र रसुवा जिल्ला पर्दछन् । ८ नम्बर व्यूरोमा हामीले दुई चरणको कार्यक्रम बनाएका थियौं । पहिलो चरणमा व्यूरो स्तरबाट सबै जिल्ला र पालिकामा जाने र दोस्रो चरणमा केन्द्रबाट आएका टोलीहरुको कार्यक्रमलाई सफल पार्ने । यस व्यूरोमा पश्चिमबाट आएका दुई टोलीहरु कृष्णराज पौडेलले नेतृत्व गरेको टोली नुवाकोटबाट र हेमन्तप्रकाश ओली सुदर्शनले नेतृत्व गरेको टोली धादिङबाट प्रवेश गरेका थिए ।
प्रचारात्मक दृष्टिकोणले कार्यक्रम सफल भएको छ । पर्चा वितरण, भित्ते लेखन, पत्रकार सम्मेलन, कोणसभा, अन्तक्र्रिया लगायतका कार्यक्रमहरु भएका छन् । तर संगठनको काम गर्न सम्भव भएन । अव हामीले यसपछि संगठनलाई व्यवस्थित गर्ने, जनतालाई संगठनमा ल्याउने, जनताका मुद्दा उठाएर संघर्ष अगाडि बढाउने कार्यक्रम अगाडि सार्नुपर्दछ ।
सुरेश श्रेष्ठ (प्रवेश)
पिविएम तथा १० नं. व्यूरो इन्चार्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

१० नं. व्यूरोमा काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र दोलखा सहित ५ वटा जिल्ला पर्दछन् । हामीले यस व्यूरोमा तीन तहको जनसम्बन्ध विस्तार अभियान संचालन ग¥यौं ।
केन्द्रीय स्तरबाट आएको टोली, क्षेत्रीय व्यूूरोबाट गठन भएको टोली र जिल्लास्तरको टोली । हामीले अभियानमा हाम्रो पार्टीका नेता, कार्यकर्ता, समर्थक बाहेक कांग्रेस, एमाले, मा.के. का मानिसहरुलाई पनि अभियानमा भेट्यौं ।
एक जना कांग्रेस रामेछापको भ्वाँसा भन्ने ठाउँमा ८५ वर्षीय वीरबहादुर तामाङलाई हामीले भेटेका थियौं । उनले वि.पि.ले मुक्ति सेना विघटन गर्नु र माओवादीले जनमुक्ति सेना विघटन गर्नु दुवै काम गलत भएका बताएका थिए ।
अहिले पनि जनताका समस्याहरु समाधान नभइसकेकाले संघर्ष जरुरी छ भनेर उनले भनेका थिए । वीरबहादुर तामाङ २००७ सालमा नेपाली कांग्रेसको मुक्ति सेना बनेर हिंडेका रहेछन् ।
दोलखाको जखे भन्ने ठाउँमा सन्जीव सार्की मारिएका रहेछन् । उत्पीडित समुदायका भएकै कारण उनले न्याय पाउन सकेका छैनन् । अदालतमा मुद्दा चलिरहेको छ । गाउँघरमा यस्तो कैयौं उत्पीडन र अत्याचारका घटना हामीले सुन्यौं ।
लघुवित्त पीडित, मिटरव्याज पीडित, सहकारी पीडितका दुःखका कथा पनि हामीले सुन्यौं । विगतमा जनता साहु महाजनबाट शोषणमा परेका हुन्थे भने अहिले विभिन्न खालका वित्तिय संस्थाहरुले जनतालाई शोषण गरेका छन् ।
कतिपय जनताले हाम्रो अभियान देखेर जनयुद्धको स्मरण भयो, यसरी नै जनताको बीचमा स्मरण भयो, यसरी नै जनताको बीचमा जाने कार्यक्रम बनाउन प¥यो भनेका थिए ।
गाउँका प्रायः युवाहरु या त विदेश गएका छन् या त शहर पसेका छन् । गाउँमा जमिनहरु बाँझिएका छन् । पार्टीको विचार, राजनीति र कार्यदिशालाई सशक्तरुपले जनताका बीचमा लागु गर्ने गरी कार्यक्रम पार्टीले ल्याउनुपर्दछ ।
दीपक शाही(प्रकाश उर्जा)
वैकल्पिक पि.वि.एम. तथा ३ नं. व्यूरो सचिव, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

बाँके र बर्दिया सहित साविकको कर्णाली अञ्चललाई हाम्रो पार्टीले ३ नं. व्यूरो मानेको छ । ३ नं. व्यूरोमा जनसम्बन्ध विस्तार अभियानको दुईवटा केन्द्रीय टोलीलाई हामीले व्यवस्थापन गर्नु परेको थियो ।
कञ्चनपुर गड्डाचौकीबाट हिंडेको कृष्णराज पौडेलले नेतृत्व गरेको टोलीले बर्दियाबाट तीन नं. व्यूरोमा प्रवेश गरेको थियो । बैतडीको झुलाघाटबाट हिंडेको सुदर्शनले नेतृत्व गरेको केन्द्रीय टोली दैलेखबाट ३ नं. व्यूरोमा प्रवेश गरेको थियो ।
बर्दिया, बाँके हुँदै आएको टोली र दैलेख हुँदै आएको टोली दुवै टोलीको संयुक्त रुपमा समीक्षात्मक कार्यक्रम सुर्खेतमा भएको थियो । त्यो कार्यक्रममा म पनि सहभागी भएका थिएँ । मैले बाँके र बर्दियामा व्यवस्थापकीय कामका केही आधारभूत काम गरेर म सुदर्शनको टोलीलाई स्वागत गर्न अछाम पुगें ।
सुर्खेतमा टोलीको संयुक्त समीक्षात्मक कार्यक्रम पछि म कृष्ण पौडेलले नेतृत्व गरेको टोलीसित जाजरकोट, पश्चिम रुकुम, रोल्पा, पश्चिम रुकुम हुँदै बागलुङको सिमाना पातीहाल्नासम्म टोली ६ नं. व्यूरोलाई हस्तान्तरण गरेर म सहित केही साथीहरु टोलीबाट फर्कियौं । गुटजन्य चिन्तनबाट माथि उठेर पार्टीलाई अगाडि बढाउनु पर्दछ ।
दिलबहादुर कठायत (भुकम्प)
बैकल्पिक केन्द्रीय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल

म चैत्र ४ गते गड्डाचौकीबाट जनसम्बन्ध विस्तार अभियानमा सहभागी भएको हुँ । त्यसरी म कञ्चनपुरदेखि कैलाली, बर्दिया, बाँके, सुर्खेत, जाजरकोट, पश्चिम रुकुम,पूर्वी रुकुम, रोल्पा, बागलुङ, पर्वत, म्याग्दी, कास्कीसम्म यस अभियानमा हिंडे । अभियानमा मैले वालपेटिङ, पर्चा वितरण लगायतको काम गर्नु परेको थियो । मञ्चमा भाषण गर्नु परेको थियो । यो अभियानलाई जनताले निकै रुचाए, सहयोग गरे । जनताले हामीलाई कम्युनिस्टहरु टुटुफुट हुनुहु्न्न भनेर सल्ला दिएका थिए । मलाई यस अभियानमा अविस्मरणीय घटना बर्दियाको एउटा गाउँमा सहिद परिवार सितको भेटघाट सबैभन्दा बढी बिर्सन नसक्ने घटना हो । बर्दिया जिल्लाको मधुवन नगरपालिकाको वडा नं. १ को डल्ला गाउँमा एउटै घरबाट ६÷७ जनासम्म सहिद भएका रहेछन् । त्यस गाउँमा ठूलो संख्यामा जनयुद्धमा सहिद भएका रहेछन् । त्यहाँका सहिद, घाइते, अपांग र बेपत्ता योद्धा परिवारहरुले हामीलाई दर्शाएको गहिरो प्रेम हामी भूल्न सक्ने छैनौं । सही बाटो अपनाएमा सहयोग समर्थन गर्ने हामीलाई वचन दिनु भएको छ । जनयुद्धको आधारभूति रोल्पा, रुकुममा क्रान्तिकारी विचार ह्रास हुँदै गएको घटनाले दुःख लाग्यो । सशक्त र जुझारु कार्यक्रम पार्टीले बनाउनु पर्दछ भन्ने मेरो सुझाव छ ।
दोर्जी शेर्पा
सहसंयोजक, क्रान्तिकारी युवा संघ नेपाल

म जनसम्बन्ध विस्तार अभियानमा चियोभञ्ज्याङदेखि नै अभियानमा हिंडेको हुँ । म पूरै डेढ महिना यस अभियानमा सक्रिय भएँ । म पूर्व भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ९ को हुँ । मेरो आफन्त र नातेदारहरु धेरैको हिमाल आरोहण र टे«किङ सम्बन्धी कम्पनीहरु छन् । म पन बेला बखतमा टे«किङको काममा जान्छु । अन्नपूर्ण टे«किङ क्षेत्रमा मात्र म दश पटक गएको छु । ती आप्mनो कामबाट फुर्सद निकालेर मैले पार्टी र संगठनको काममा ध्यान दिने गरेको छु । यसपटकको जनसम्बन्ध विस्तार अभियानमा मैले वालपेटिङ, नारा लगाउने, पर्चा वितरण लगायतको काम मैले गरें । जनता आमरुपमा निरास भएको पाइयो । निरासाबाट पार पाउन बैकल्पिक शक्तिको खाँचो छ । हामीले त्यसको तयारीमा लाग्नुपर्दछ । म युवा संघमा आबद्ध भएकाले अब छिटै युवा भेला र युवा परिचालनको कार्यक्रम ल्याउनु पर्दछ ।

