साहित्य र कलाबारे

रामसिङ वि.क.
१) जनवादी कला साहित्य भनेको जनताहरुको कला ,साहित्य भन्ने बुझिन्छ तर हामीले जनवादी कला साहित्यबारे लेखी रहदा हाम्रो दृष्टिकोण सफा र सुन्दर हुन जरुरी छ ,किन भने सफा मन ,सफा चार भएन भने हामीले सहि कुराको मुल्यांकन गर्न सक्दैनौं । जब सहि चिजलाई सही तरिकाले मुल्यांकन गर्न सकिन्न भने कला साहित्य पनि सही बन्न सकिन्न ।हामी माक्र्सवाद दर्शन मान्ने मान्छे भएकाले कला साहित्य पनि माक्र्सवादी दर्शनको सेरोफेरोमा रहेर लेख्न प्रयत्न गरेको छ । माक्र्स, र एङगेल्सको भनाइ अनुसार कला समाजिक चेतनाको एउटा रुप हो तसर्थ कलामा हुने सम्पूर्ण परिवर्तनहरुको कारण पनि मानिसहरूको समाजिक अस्तित्वमा नै खोज्नुपर्छ । माक्र्सवादले साहित्यबारे यस्तो भन्नु हुन्छ माक्र्सवाद वर्गसंघर्षको दर्शन भएकोले समाजमा त्यसको स्थिति र श्रमिक वर्गको विजयका आधारहरू प्रदान गर्नु माक्र्सवादी दृष्टिकोण अँगाल्ने साहित्यको कर्तव्य हो । माक्र्सवाद भित्र सम्पूर्ण समाजको भविष्य नीहित छ ।
माओले भन्नुहुन्छ– “आजको दुनियाँमा सम्पूर्ण संस्कृति र कलासाहित्य निश्चित वर्ग हरुका नै हुन्छन् । तिनलाई निश्चित राजनीतिक कार्यदिशा अनुरुप ढाल्ने गरिन्छ । वास्तवमा ‘कलाका लागि कला’को सिद्धान्त मान्ने कला, वर्गहरु भन्दा माथि रहने कला र राजनीतिबाट अलग रहने अथवा स्वतन्त्र रहने कला नामको कुनै चीज हुँदैन । सर्वहारावर्गको कलासाहित्य सम्पूर्ण क्रान्तिकारी कार्यको एक अंग हो, लेनिनका शब्दमा त्यो सम्पूर्ण क्रान्तिकारी मेसिनका दाँती र पेचकै समान छ ।”
त्यसकारण कला साहित्य माक्र्सवादी दृष्टिकोणका आधारमा लेखिएको हुन किन भने माक्र्सवाद विज्ञान हो दर्शन हो। त्यस कारण हामीले कला साहित्य गीत संगीत जनताको लागि हुन पर्दछ भन्ने कुरा माक्र्स, लेनिन माओ लगायत विश्व भरिका सर्बहारा बर्गका निम्ति कलम चलाउने दार्शनिकहरुले कला साहित्य जनताको अधिकारको लागि लेखेका थिए ।
म्याक्सिम गोर्की (२८ मार्च १८६८ – १८ जुन १९३६) विश्वभर एक महान लेखक र समाजवादी यथार्थवादका प्रवर्तकको रूपमा परिचित छन्। रूसमा जारशाही शासनकालमा १९०७ को असफल क्रान्तिदेखि १९१७ को अक्टोबर समाजवादी क्रान्ति र त्यसपछिको समाजवादी निर्माणसम्म, म्याक्सिम गोर्कीले आफ्ना कथाहरू, नाटकहरू, लेखहरू र उपन्यासहरू मार्फत मानिसहरूलाई हरेक चरणमा उनीहरूको परिस्थिति विरुद्ध लड्न प्रेरित गरे। उनी आफ्नो समयका उत्पीडित जनताको आध्यात्मिक जीवनको भावनाको आवाजको रूपमा उभिए। बीसौं शताब्दीको सुरुवातदेखि अक्टोबर क्रान्ति पछि लगभग ४० वर्षसम्म, गोर्कीले आफ्नो कलमले रूसी साहित्य र जनतामा परिवर्तनको लागि नयाँ ऊर्जा भर्दै गए। यसका साथै, उनका सबै सिर्जनाहरू पनि जनताको जीवन र संघर्षसँग नजिकबाट जोडिएका थिए।

२) अलिकति लोकतान्त्रिक साहित्य बारे केही कुरा लेख्न चाहन्छु

लोकतान्त्रिक साहित्यको पहिलो प्रवृत्ति आम मानिसको चित्रण हो। लोकतान्त्रिक साहित्यको केन्द्रमा त्यो मानिस हुन्छ जो सबै प्रकारका शोषण, उत्पीडन र अत्याचारको शिकार हुन्छ, जसलाई जताततै उपेक्षित र तिरस्कार गरिन्छ। जो दिनभर कडा परिश्रम गरे पनि साँझ आफ्नो परिवारको लागि पेटभर खानाको व्यवस्था गर्न असमर्थ हुन्छ, जसको जीवन अभावको पर्यायवाची बनेको छ। लोकतान्त्रिक साहित्यको दोस्रो महत्त्वपूर्ण प्रवृत्ति सामाजिक विकृति र विसंगतिहरूको उजागर हो। लोकतान्त्रिक कविहरूले आफ्ना कृतिहरूमा पूँजीवादी व्यवस्थाको परिणामस्वरूप उत्पन्न भएका पतनशील मूल्य,मान्यता र सामाजिक विकृति र विकृतिहरूलाई उजागर गर्ने प्रयास गरेका छन्। सामाजिक सन्दर्भमा पैसाको निर्णायक भूमिका, टुटेको परिवार, अलगाव, अमानवीयता, प्रणालीमा सबै पक्षबाट समस्याहरूको प्रहार र यी सबै विनाशका बीचमा निसास्सिएको जीवन बिताउने मानिसको जीवनको त्रासदीबाट लोकतान्त्रिक कविताहरूमा दृढतापूर्वक चित्रण गरिएको छ। लोकतान्त्रिक साहित्यको तेस्रो प्रवृत्ति यसको वर्ग दृष्टिकोण हो। एक लोकतान्त्रिक लेखक वैज्ञानिक चेतनाले सुसज्जित हुन्छ। उसलाई थाहा छ कि वर्ग विभाजित समाजमा, अरू सबै कुरा जस्तै, साहित्यको पनि वर्गीय प्रकृति हुन्छ र सबैले शोषक वा शोषित वर्गहरू प्रति आफ्नो समर्थन र प्रतिबद्धता घोषणा गर्नुपर्छ। कुनै मध्यमार्गी आधार हुँदैन, अर्थात् तटस्थता। आफूलाई तटस्थ भन्ने मानिसहरू कतै शोषकहरूसँग छन्, उनीहरूको सेवा गरिरहेका छन् र यथास्थिति कायम राख्न चाहन्छन्। एक लोकतान्त्रिक लेखकले आफूलाई पक्षपाती घोषणा गर्छन् र करोडौं श्रमजीवी जनताको संघर्षमा भाग लिन्छन् । ) हिन्दी बाट साभार गरिको हो ।

जनवादी साहित्य र लोकतान्त्रिक साहित्य बारे हामीले कसरी बुझने खास गरि लोकतान्त्रिक साहित्यले पनि जनताको पक्षमा नै लेख ,रचना, कविता, गजल, नाटक, गीत लगायत जनताको हक हितकोलागि कलम चलाउ छ भने जनवादी साहित्यले पनि जनताको हकहितलागि कला ,साहित्य सृजना गरेको हुन्छ तर यसमा अलि फरक केहो भने जस्तै हामीले ३० वर्ष देखि राजाको शासनकालमा दुःख पाएर २०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्था फालेर बहुदलीय व्यवस्था स्थापना भयो र २०४७ साल कार्तिक २३ गते संविधानको घोषणा भयो र पञ्चायती व्यवस्थाको अन्त भयो त्यसकारण हामीले पञ्चायती व्यवस्थाको तुलनामा २०४७ सालको संविधान प्रगतिशील मानेका थियौ तर २०४७ सालको संविधान प्रगतिशील भनेपनि जनताले पूर्ण अधिकार पाएन । त्यसपछि फेरि २०६२–६३ सालको माहान जनआन्दोलनले राजाको सम्पूर्ण शासन खतम गरि २०६५ साल जेठ १५ गते गणतन्त्रको घोषणा भयो साथै बहुदलीय व्यवस्थाको तुलनामा गणतन्त्र झन् प्रगतिशील अथवा प्रजातान्त्रिक व्यवस्था मानेका छौ तर अहिले पनि जनताले अधिकार पाएका छैन । छुवाछूत प्रथा हटेको छैन । महिलाहरुले अधिकार पाएका छैन। यसरी समंग्रहमा भन्नु पर्दा जनवादी कला, साहित्य माक्र्सवादी सिद्धान्त द्वारा प्रतिपादित वर्गसंघर्ष हो । समाजमा जबसम्म वर्गसंघर्ष रहि रहनेछ तबसम्म कला र साहित्यका पनि वर्गहरु सित नै जोडिएको हुन्छ । जस्तो शोषक वर्गले शोषित वर्गमाथि दमन गरेको हुन्छ तब कला साहित्यका रुपहरु पनि शोषक वर्गका विरुद्ध लेख्नु पर्ने हुन्छ ।
जनवादी साहित्य समाजवाद र वर्ग संघर्षको विचार संग जोडिएको हुन्छ ।
लोकतान्त्रिक साहित्य लोकतान्त्रिक मूल्य र सिद्धान्तको पक्षमा उभिरहेको हुन्छ।
संक्षेपमा, जनवादी साहित्य आम जनताको शोषण र दमनको विरुद्धमा आवाज उठाउँछ, जबकि लोकतान्त्रिक साहित्य जनताको हक अधिकार र राजनीतिक स्वतन्त्रताको पक्षमा उभिरहेको हुन्छ । दुवै साहित्य जनताको जीवन र संघर्षलाई केन्द्रमा राख्छन्, तर तिनीहरूका लक्ष्य र दृष्टिकोणमा केही भिन्नताहरू छन्। जस्तै जनवादी कला साहित्यले शस्त्र संघर्ष द्वारा राज्यसत्ता कब्जा गरी सर्वहारा वर्गको हातमा राज्यसत्ता कायम गराउन चाहन्छ तर लोकतान्त्रिक साहित्य अहिलेको व्यवस्थाबाट जनतालाई अधिकार दिन सकिन्छ भनेर संसदीय व्यवस्थालाई कायम राखि बुर्जुवा गणतन्त्र माथि भरौसा गरेको हुन्छ । त्यसकारण जनवादी कला, साहित्य र लोकतान्त्रिक कला साहित्यमा यो भिन्नता छ । लोकतान्त्रिक साहित्यले २०७२ साल असोज ३ गतेको संविधानसभाबाट पारित संविधानमा समाजवाद उन्मुख शब्द उल्लेखित गरेर समाजवादमा जान सकिन्छ भनेको छ भने जनवादी साहित्यले यो संबिधान अथवा यो गणतन्त्र बुर्जुवा हो ।यसले आम नेपाली जनता हरुलाई अधिकार सम्पन्न गर्न सक्दैन त्यसको ठाउँमा जनगणतान्त्रीक संविधानले मात्र सबैलाई अधिकार दिन सक्छ साथै नयाँ जनवादको खुट्किलो पारगरी वैज्ञानिक समाजवादले मात्र सर्वहारा वर्गले मुक्ति पाउने छन र कला साहित्य पनि त्यहि पुरुमा विकसित हुनेछ जसको नेतुत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्नेछ यो कुरा आम नेपाली जनता हरुले बुझ्न जरुरी छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित