अमेरिकाद्वारा इरानमाथि आक्रमण

८ असार, काठमाडौं । अमेरिकाले इरानमाथि आक्रमण गरेको छ । इरानमा आणविक भण्डारण रहेको भन्दै इजरायलले इरानमाथि १३ जुनमा आक्रमण गरेको थियो । इजरायलले आक्रमण गरेपछि इरानले प्रतिरक्षास्वरुप आक्रमण गरेको थियो । इजरायल र अमेरिकाले तत्काल युद्ध रोक्न र आत्मसमर्पण गर्न भन्दै धम्की दिइरहेका थिए तर इरानले आत्मसमर्पण नगर्ने बताउँदै आएको थियो । अमेरिकाले इरानलाई झुक्याएर जुन २५ रातीमा आक्रमण गरेको छ । अमेरिकी सहयोगमा इजरायलले गाजामा आक्रमण जारी राखेको छ । अमेरिकाको आक्रमणको बदला कस्तो हुनेछ इरानले भनिसकेको छैन ।

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित