संघर्षको सङ्ख फुकी उठौँ जनता सारा (गीत)

गणेश बि क
 दक्षिण भारत, बेङलोर

माक्र्स,लेनिन र माओको सिद्धान्त
मुक्ति मार्ग वर्ग संघर्षको सिद्धान्त ।

संघर्षको सङ्ख फुकी उठौँ जनता सारा

मुक्तिकामी सर्वहारा जुटौं एक साथ
राता राता झण्डा लिइ सबै हात हात ।

संशोधनवाद र अवसरवाद लाई ध्वस्त पार्न पर्छ
उदारवाद र भ्रष्टाचारको अन्त गर्न पर्छ।

मजदुर किसान एक भई देशको रक्षा गर्नु
नयाँ नेपाल समाजवादको स्थापना गर्नु।

गणतन्त्र आयो भन्छन देशमा शान्ती छैन
यो ब्यवस्था न फालुन्जेल सुख शान्ति छैन।

अग्रगामी जनता अब एक ठाउँमा आउन
जनवादी क्रान्ति गरी देशको मुहार फेर्न।

सामन्त र दलाल मिली देशै बेची खायो ।
युवा जति विदेश पलायन शास्ती मात्र दियो।

सार्वभौम राष्ट्र हाम्रो गर्व गर्न पायौँ
विदेशमा श्रम बेच्न हामी बाध्य भयौँ।

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित