स्थानीय समस्या समाधान  माग गर्दै ज्ञापन पत्र

दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल तुलसीपुर उपमहानगरपालिकाले स्थानीय समस्याहरुको सम्बोधनको माग गर्दै तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्कालाई ज्ञापन पत्र बुझाएको छ ।स्थानीय समस्या तथा समाधानका उपाय तथा तत्काल गर्नुपर्ने कामप्रति ध्यानाकर्षण गर्दै तुलसीपुर उपमहानगरपालिका नगर सेक्रेटरी मन बहादुर वलीको नेतृत्वमा ज्ञापनपत्र बुझाएको हो ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य हिरामणी दुःखी , केन्द्रीय सदस्य शसिराम बुढाथोकी , जिल्ला सेक्रेटरी इश्वरी प्रसाद गैरे , जिल्ला सचिवालय सदस्य तथा तुलसीपुर नगर इञ्चार्ज हुपमान राना , जिल्ला सदस्य नन्दराम रोका लगायतका स्थानीय नेता कार्यकर्ताहरुको उपस्थिति रह्यो । तुलसीपुर नगर उपमहानगरपालिका भित्रका सडक, कुलो ,नहर ,कृषि, शिक्षा, स्वास्थ, पर्यटन ,संस्कृति बढदो शहरीकरण समस्याबारे नगर सेक्रेटरीले जानकारी गराउनु भएको थियो ।
ज्ञापनपत्र बुझ्दै नगरप्रमुख टिकाराम खडकाले ज्ञापनपत्रमा उल्लेख भएका कुराहरु सकारात्मक रुपमा ग्रहण गर्दै संघ ,प्रदेश स्थानीय निकाय तीन सरकारबाट तुलसीपुरमा बजेट व्यवस्थापन हुने र प्रदेशको बजेटमा हामीलाई थाहै नहुने प्रदेशबाट सिधै योजना सम्पन्न हुने भएकोले हाम्रो निगरानी अलि कम हुने भएको र काम कमसे कम खाले हुने र जनताले स्थानीय तहमा गुनासो हामीले सुन्नुपरेको बताउनु भयो ।
ज्ञापनपत्रमा उठाइएका विकासका विषयवस्तुमा हाम्रो योजनामा परेका र बजेट व्यवस्थापन गर्ने र निर्माणकार्यमा निरिक्षण अनुगमन गरिएको कुराराख्दै तपाईहरु समेतको सहयोगको अपेक्षा गर्दछु भन्नुभएको थियो।
ज्ञापन पत्रको पूर्ण पाठ यसप्रकार छ –

 

श्री नगर प्रमुख ज्यू
तुलसीपुर उपमहानगरपालिकाको कार्यालय
तुलसीपुर दाङ

विषयः— ज्ञापन पत्र ।
आज हाम्रो देशको राजनीतिक, आर्थिक तथा सांस्कृतिक अवस्था सङ्कटग्रस्त बन्दै गएको छ । राष्ट्रियता, जनतन्त्र तथा जनजीविका सम्बन्धी समस्याहरू झन् पछि झन् जटिल र विकराल बन्दै गएका छन् । देश तथा जनता दलाल, नोकरशाही पूँजीपति तथा सामान्तवर्ग र साम्राज्यवाद÷विस्तारवादद्वारा आर्थिक, राजनीति तथा सांस्कृतिक रूपमा गम्भीर शोषण तथा उत्पीडनको शिकार बन्दै आएका छन् । यस प्रकारको सङ्कटको मुख्य कारकतत्व भनेको वर्तमान प्रतिक्रियावादी राज्यसत्ता, दलाल संसदीय व्यवस्था र संसदवादी राजनीतिक दलहरू नै हुन् । यिनीहरू आलोपालो कहिले एमाले–काङ्ग्रेस त कहिले काङ्ग्रेस–माओवादी गठनबन्धनका नाममा आलोपालो मिलिजुली देशलाई लुटिरहेका छन् र नयाँ विकल्प दिन्छौँ भनेर जन्मीएका नयाँ दलहरू पनि चर्को कुरा गर्दै सत्ता स्वार्थकै लागी पुरानै व्यवस्था र ठूला भनिएका पार्टीहरूको फट्के किनाराका साछी बनिरहेका छन् ।
२०७० सालको दोश्रो संविधानसभाको निर्वाचन बहिष्कार गरि दोश्रो संविधानसभाबाट २०७२ मा जारी संविधानलाई प्रतिगामी कालो संविधान ठहर गर्दै वर्तमान संविधान र संसदीय व्यवस्थाले राष्ट्र र जनताका समस्याहरू सामधान गर्न नसक्ने निस्कर्ष निकालेको हाम्रो पार्टी विगत लामो समयदेखि आफुलाई क्रान्तिकारी शक्तिका रूपमा उभ्याउँदै आएको छ । आज देशमा जारी त्रिकोणात्मक शक्ति सङ्घर्षमा हाम्रो पार्टीले यथास्थितिवादी शक्तिहरू काङ्ग्रेस, एमाले, माओवादीकेन्द्र लगायतका संसदवादी दलहरू र पश्चगामी राजावादी शक्तिहरू तथा सबैखाले देशी–विदेशी षड्यन्त्रका विरुद्ध क्रान्तिकारी नयाँ विकल्प प्रस्तुत गर्दै आएको छ । मक्किँदै गएको प्रतिक्रियावादी राज्यसत्ता, दलाल संसदीय व्यवस्था र भ्रष्ट संसदवादी पार्टीहरूको दब्दबाबाट देशलाई मुक्त गर्न नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरि वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्ने राजनीतिक कार्यदिशा अबलम्बन गरेको छ । हामी चाहन्छौ कि वर्तमान राज्यसत्ता र यसको संरक्षणमा भएका सबै खालका बेथितीहरूको अन्त्य होस् र जनताले न्याय अनि समानताको प्रत्याभूती गर्न पाउन् । राष्ट्रियता, जनतन्त्र र जनजीविका सम्बन्धी जति पनि समस्याहरू छन् तिनको समाधान शान्तिपूर्ण ढङ्गले खोजियोस् । तर राज्य आज त्यो दिशामा छैन र हामीले पटक पटक राख्दै आएका जनताका जायज मागहरूलाई कुल्चिदै आएको छ । अब उप्रान्त त्यसो हुने छैन भन्ने आशा राखेका छौं ।
वर्तमान अवस्थामा किसान, मजदुर, शिक्षक, विद्यार्थी लगाएत सम्पूर्ण श्रमजीवीहरुका राष्ट्रियता जनतन्त्र र जनजीवीका संग सम्बन्धीत निम्न मागहरु यस तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र पेश गरेका छौं । हाम्रा जायज मागहरुलाई यथाशिघ्र सुनुवाई गरी कार्यान्वन गरीदिनुहुन अनुरोध गर्दछौं। साथै हाम्रा मागहरुको वेवास्ता गरिएमा स्थानीय स्तरमा कडा आन्दोलनको आधीबेहरी सृजना गर्न बाध्य हुने जानकारी गर्दछौं ।
हाम्रा मागहरू यसप्रकार छन्–
१– वर्षे धान खेतीको लागी किसानहरूलाई तत्काल रासायनिक मलको सहज आपूर्तिको लागि व्यवस्था गरियोस् ।
२– रासायनिक मल आपूर्ति र ढुवानीमा सम्बन्धित अधिकारी र सहकारीका नाममा बिचौलीयाहरूको ठूलो चलखेल हुने गरेको छ । कृत्रिम अभाव सिर्जना गरि किसानलाई अत्याउने र बोरा चेन्ज गरि अनुदानको मल बजारमा महङ्गो बिक्री गर्ने कार्य हुँदै आएको छ, जसलाई तत्काल नियन्त्रण गरियोस् ।

३– भारतबाट आयात हुने विषादियुक्त फलफुल र तरकारी पूर्णरूपमा बन्द गरिनु पर्दछ । विषादियुक्त फलफुल तरकारी जाँचको व्यवस्था अविलम्ब मिलाइनु पर्दछ ।
४– अवैधरूपमा प्रक्रिया नपुगी खोलीएका र सञ्चालित क्रसर उधोगहरू पूर्ण रूपमा बन्द गरिनु पर्दछ ।
५– पालिकाभित्र रहेका नदी÷खोलाहरूमा रहेको नदीजन्य पदार्थ गिट्टी बालुवा निकासी, उत्खनन्मा प्रहरी–प्रशासन र पालिकाहरूको सेटिङमा चलिरहेको व्याप्त जनगुनासो छ र उक्त जनगुनासो केही हदसम्म सत्य पनि देखिन्छ । उक्त कुराको पूर्णरूपमा अन्त्य गरियोस् ।
६– सहकारी, लघुबित्त, गुठीपीडित र वैदेशिक रोजगार पीडितहरूको अवस्था भयावह भएको हुँदा पीडकहरूलाई यथासिघ्र कानुनको दायरामा ल्याएर पीडितलाई न्याय दिलाइयोस् ।
७– तुलसीपुरका ठुला उद्योगहरूले पर्यावरण बचाउनका लागी समुदाय र राज्यसँग गरेका सम्झौता लागु गरिनुका साथै विद्युत महसुल यथासिघ्र असुल गरियोस् ।
८– विकास निर्माणमा भैरहेको गुणस्तरहीन काम, जनप्रतिनिधिहरू, सम्बन्धित निकाय र प्राविधिकहरूको मिलेमतोमा हुने गरेको भ्रष्टाचार अन्त्य गरियोस् । असारे बिकाश पुर्णरुपमा बन्द गरियोस् ।
९– निजी स्कुलहरूमा राज्यले तोके भन्दा धेरै ५० हजारदेखि १ लाखसम्म भर्ना शुल्क र चर्को मासिक फि असुली गरिरहेको पाइएकोले उक्त कुराको तुरुन्त नियन्त्रण गरिनुका साथै कानुनी दायरामा ल्याइयोस् ।
१०– हरेक कृषिजन्य उत्पादनमा बिचौलियाहरूको लुटको कारण प्रत्येक वर्ष किसानहरू घाटामा जाने गरेका छन् । त्यसकारण कृषि उत्पादनको उचित मूल्य र बजारीकरणको व्यवस्था स्थानीय सरकार मार्फत गर्ने व्यवस्था मिलाइयोस् १
कृषकले उत्पादन गरेको तरकारी फलफूल बिहान ७ बजेसम्म बजार क्षेत्रमा स्वतन्त्र रुपमा ब्यापारगर्न दिइयोस् ।
११– मुक्त कमैया, भूमिहीन सुकुम्बासीहरू बसोबास गरेको क्षेत्रको नाप नक्सा गरि पूर्जा वितरण गर्नुका साथै खाने पानी, विद्युत, सडक, स्कुल र पूर्वाधारहरूको निर्माणमा विशेष ध्यान दिइयोस् ।

१३– तुलसीपुर–घोराही फोरलेन सडकखण्ड निर्माण र तुलसीपुर टरिगाउँ एयरपोर्टलाई बजेट व्यवस्थापन गरि तत्काल निर्माण कार्य सुरु गरियोस् ।
(क) सडक सञ्जाल

– बालापुर २ नम्बर वडा कार्यालय भमके देबिथान दमारगाउ ठाटिगाउ गैरासिउरे हुदै मख्खनटाकुरा ( सल्यान जिल्ला ) जोडने सडक तत्काल निर्माण गरियोस् ।
– तुलसीपुर वडा नम्बर १ वडा कार्यालय भमके कुमालगाउ देबिस्थान बाट स्विइकोट सडक निर्माणकार्य तत्काल गरियोस् ।
– अस्वारा भट्टे हुदै ठाटिगाउ जोडने सडक तत्काल
– दुधेना कटकुइया हुदै भट्टे ,कटकुइया हुदै गहते डाडाखुटि गहते दमारगाउ जोडने सडक
– दोघरे बल्ले मख्खनटाकुरी (सल्यान जोडिने ) प्राथमिकतामा राखियो ।
–रक्षाचौर घोरनेटी , चमेरेगुफा मुलकोट सडक ,
–गणेशपुर पार्कहुदै गहतेरा बनहरी जोडने सडक ,
–कालाखोला रोल्पालीडाडा घुसेरी गणेशपुर शान्तिपार्क जोडने सडक
–पर्सेनि बनहरी चमेरेगुफा जोडने सडक
पर्सेनि हलवार हुदै खाद्रे सडक
– हलवार बागेखोला खारखोला हुदै खुमखानी र खारखोला रोल्पा जोडने सडक,
– छिल्लिकोट स्यालापानि १९ नम्बर वडा कार्यालय बिजौरी मानपुर भोजपुर स्कुलहुदै १४ नम्बर वडा कार्यालय जन्तीलेख हुदै १३ नम्बर वडा कार्यालय जोडने सडक ,
– उत्तरतर्फ ,घोराही सक्राम कुटिचौर खाद्रे बनहरी रक्षाचौर डाडाखुटी, ब्रहाखाली ,कालामारे हुदै ठाटिगाउ जोडने सडक ,
– तुलसीपुर सुकौरा सडक ,
– तुलसीपुर गौरीताल १० नम्बर वडा कार्यालय मोतिपुर सडक– दक्षिणतर्फ ( हुलाकी मार्ग,
–उत्तर कुररिया धम्कापुर कञ्जवार कोठरी जोडने सडक तत्काल मर्मत गर्नुपर्ने
१७ ,१९,४,३ १,२, ९ १०,११,१३,१४ नम्बर वडाहरुको सडक सञ्जाल जोडेर तुलसीपुर उपमहानगरपालिका रिङरोड योजना बनाउदा माथि उल्लेख गरिएका सडकहरु रिङरोडमा पर्नेछन् ।

स्थानीय वडा भित्रका सडक वडास्तरको योजना अनुसार बिकास गरियोस् ।
यी सडकहरु तत्काल स्तरउन्नति गरेर यातायात क्षेत्रले सबै वडा गाउँ सडक सञ्जालमा अबिलम्ब जोडियोस ।

( ख ) सिचाइ
– भमके खोलाबाट सिचाइहुने क्षेत्रहरु
–१ र २ नम्बर वडामा सिचाइ हुने कुलोहरु ब्यबस्थित नहरमा रुपान्तरण गर्नुपर्ने ।
भमके खोला बाट सिंचाइ हुने कुलाहरु
१– भट्टे सिंचाइ कुलो (वडा नं३)
२– छोटे सिंचाइ कुलो (वडा नं.१)
३– दुबिचौर सिंचाइ कुलो (वडा न.१)
४– सिस्नेरी कुलो (वडा नं.३)
५–कालामारे कुलो (वडा नं.३)
६–खरिकारुखरउटेचौर कुलो (वडा नं.३)
७– सिरकट्टी कुलो (घारी कुलो (वडा नं. १ र २
८– बाह्रमौजे कुलो ( वडा नं३)
९–कुमालगढी कुलो (वडा नं.२)
१०–मनिकापुरे कुलो (वडा नं. १ र २ )
११–कुइरेपानी कुलो (वडा नं.१ र २)
१२– कालो ढुङ्गा कुलो (वडा नं.१))
१३– अश्वारे कुलो ( वडा नं.७))
१४–मचोटे कुलो (वडा नं.२)
१५– स्यानीकुली ( वडा न.१)
१६–तकियापुरे कुलो (वडा नं.२)
१७– सलौरे कुलो (दंगीशरण)
१८– भमके कुलो (वडानं.२)
१९– चिसाकुलो(दंगीशरण)
२०– काम्लेमोहडा कुलो ( ७ मालभुङ्)
–गहते कुलो ,
–ब्रह्माखाली सिचाइ कुलो
पातुखोला
–डाडाखुटी दमारगाउ सिचाइ आयोजना
–हरेबास सिचाइ आयोजना
–टिकरि सिचाइ आयोजना
–शिरकुला गोटिखोला रक्षाचौर सिचाइ कुलो
– सातगाउले सिचाइ कुलो
– खर्चवा सिचाइ कुलो
–बरुवागाउले सिचाइ कुलो
–गौरीगाउले सिचाइ कुलो ( बजारको फोहर खेतमा पुगेर कृषकले सास्ती ब्यहोर्नु परेको छ )
–टरिगाउ पढ्ढा कुलो
–उरहरि कुलो
४ नम्बर वडा सिचाइ
छेरे,कुलो (नहर बनहरी,
मोहनपुर शाखा कुलो बनहरी,६०० मिटर पक्की कुलो निर्माणमा बजेट तर्जुमा गर्नुपर्ने
सुकिदह स्याङ्टे खोला नहर माथिल्लो बनहरी
छेरेकुलो नहर तल्लो बनहरी मोहनपुर, बाहुन टोल मातडाडा, शाखा कुलो मर्मत संहार हुनुपर्ने ।
–न्याउरी खोला माथिल्लो कुलो खाद्रे ९०५ पक्की भएको बाकी पुरा गर्नुपर्ने ।
– न्याउरी खोला तल्लो कुलो ६०५ पक्की भएको बाकी अधुरो रहेको
–न्याउरी खोला खोरिया कुलो ५०५ पक्की भएको–जरने कुलो खेत सिचाइ ५०५
पक्की
–बेतन खोला जितपुर सिचाइ योजना ९०५ पक्की

न्याउरी खोला नवलपुर कुलो ५०५ पक्की
– गुहार खोला हलवार मजगाउ सिचाइ योजना
– १९,१८,१७,१६ १५,१४ नम्बर सिचाइ हुने कुलोहरु (
तिलिया कुलो , मलवार कुलो , डुरुवा कुलो ,रगतैया कुलो ,सक्राम अक्कासि कुला दुधरास कुलो– ( नहरको रुपमा स्तरउन्नति )
साना सिचाइ कुलो वडाको योजना अनुसार मर्मत सुविधा उपलब्ध गराउनुपर्ने ।

(ग) शिक्षा
– १ वडा १ प्राबिधिक शिक्षा ब्यबस्थापन गरिनुपर्ने ,
–शिक्षा सर्बसुलभ सरल निशुल्क बनाउन पर्ने
–पाठ्यपुस्तक शैक्षिकसत्र सुरुहुनु भन्दा दुई महिना अगाडि बिद्यालयमा (याउनुपर्ने ।
– दुर्गम स्थानमा रहेका माध्यमिक बिद्यालयहरुलाई सुबिधासम्पन्न बनाएर प्राबिधिक शिक्षाको ब्यबस्थापन गरि बिद्यार्थीहरुलाई ग्रामीण क्षेत्रमा पुग्न बाध्यात्मक अबस्था सृजना गर्ने
–बिद्यार्थी चाप भएका बिद्यालयहरु १२ कक्षासम्म सञ्चालन रहेका विद्यालयमा कक्षा कोठा र बिद्यार्थी सङ्ख्याको आधारमा विषयगत शिक्षक दरबन्दी कायम गरियोस् ।
–प्राथमिक बिद्यालयमा दिवा खाजा ब्यबस्थापन भएको छेैन।
पलाष्टिकमा प्याकिङ गरिएका खाजाहरु बिद्यालय भित्र निशेध गरियोस् ।
– सामुदायिक बिद्यालयबाट कक्षा १२ को परिक्षामा नगरस्तरिय बिद्यालयबाट उत्कृष्ट हुने बिद्यार्थीका लागि प्राबिधिक शिक्षा ,डाक्टर ,इञ्जिनियर पाइलट जस्ता बिशिस्ट योग्यताका लागि छात्रवृत्ति घोषणा गरियोस् ।
तुलसीपुर उपमहानगरपालिका ले प्रत्येक बर्ष कम्तिमा पनि ५ जना दक्षजनशक्ति बनाउने तर्फ जोड दिइयोस् ।
– लागुपदार्य दुर्ब्यसनबाट नगरलाई मुक्तगर्ने बिद्यालयतहबाट लागू पदार्थ दुर्ब्यशन यसका असरबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने ।
–छाडा गाईबस्तुले किसानलाई सताएको हुदा छाडा चौपाया नियन्त्रण तथा गौशाला ब्यबस्थापन गर्ने ,
–तुलसीपुर १९ सक्राममा रहेको पुर्ब जनमुक्ति सेनाको ब्यारेक भग्नाबेश हुन थालेको उक्त भौतिक संरचना उपमहानगरपालिकाले जिम्मेवारी लिई संरक्षणका लागि बजेट ब्यबस्थापन गर्ने ।
क्रान्तिकारी अभिबादन सहित
२०८२ ÷०३ ०४

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित