-कृष्णभक्त महर्जन
कमाण्डहरु
एकमा
अनेक
अनेकमा
एक
खुराफाती जान्दैन
छल,कपट गर्दैन
रोड कमाण्डर बन्छ
रोड भरी सलाम खान्छ
।
एक छ
पेशा कमाण्डर
अनेक छ
घर कमाण्डर
राजनीति गर्न
पेट पाल्न
एक
कमाण्डरले नसकी
अनेक
कमाण्डरको सहायताले
नयाँ कमाण्डर जन्मिन्छ
कमाण्डरै
कमाण्डर
जन्मिने
मर्ने
इतिहास
त
छदै छ
पेट पाल्ने
कमाण्डरको सहयोग
राजनीति गर्ने
कमाण्डरको असहयोग
बेला बखत
एकमा
अनेक
अनेकमा एक
कमाण्डरहरु
बन्ने गरेको छ ।
Comments

