मिना वि. क.
अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा महिला विभाग बेङ्गलोर सचिव
तिज आयो दिदीबहिनी भेटघाट हुनेछ
प्रदेशीको पीडा यहाँ हामीले पोख्ने हो ।
हाम्रो देशमा काम छैन प्रदेशतिर लागियो
प्रदेशमा दिदिबहिनी दुःख पाइयो ।
भ्रष्टाचार धेरै भयो देशमा विकास छैन
महङ्गीले आकाश छोयो बस खान छैन ।
विकास गर्छौ भनी यीनले ठूला कुरा गर्छन्
गरिवलार्इ खाना छैन आफ्नै भुँडी भर्छन् ।
नत देशमा रोजगारी छ नत उद्योग धन्दा
विदेशिन बाध्य भयो दलालले गर्दा ।
कलकारखाना यीनैले सबै बेचेर खाइएको
युवाहरु विदेशमा यीनले लाएको ।
छोराछोरी घरमा छोडी विदेशमा रुँदैछु
घरको पीडा सम्झिकन दुःख पोख्दैछु ।
नत कोही सम्झाउने छन् नत कोही सुन्ने
कसलाई पोखौ मनाका कथा कसैलाई भन्ने ।
स्वर्ग जस्तो आफ्नो देश चट्कै छोडियो
मिरमिरेको उज्यालोमा मुग्लान पसियो ।
चारै तिर हिमाल, डाँडा बीचमा पानी टम्म
यस्तै दुःख पाई रहने कति वर्ष सम्म ।
देश विदेशमा छोरीहरु बलत्कार भएकी छन्
त्यो पिडा सहन नसकी आमा रोइरहेकीछन ।
हिडौँ दिदी बहिनीहरु कति दिन बस्ने हो
देशको मुहारा फेर्न अब कम्मर कस्ने हो ।

