काठमाडौं । सुस्ता बचाउ अभियान नेपाल र माक्र्सीय गुरुकूलले “गण्डकी आवाज”, वर्ष ३, अंक १, वि.सं. २०८२ साउनमा प्रकाशित गरेको छ । यस प्रकाशनको प्रधान सम्पादक किशन शर्मा र सम्पादन मण्डलमा लोकप्रसाद भुर्तेल, रमेश तुफान, भूपेन्द्र गण्डर्षी, मधु श्रेष्ठ, ओमप्रकाश अधिकारी छन् ।
यो खोज अध्ययनमूलक, साहित्यिक पत्रिका हो । यसमा सुस्ता सम्बन्धी ६४ वटा लेख र साहित्यिक रचनाहरु राखिएका छन् ।यस कृतिमा सुरुमा “सुस्ता बचाउ अभियान नेपालको परिचय” दिइएको छ । त्यसपछि “सीमा तथा जल सरोकार समाजको परिचय” दिइएको छ । २०६३ सालमा सांसद नवराज सुवेदीको संयोजकत्वमा गठित प्रतिनिधिसभाको सुस्ता सम्बन्धी संसदीय उपसमितिले भ्रमणको क्रममा अध्ययन, अवलोकन र निरीक्षण गरेको विवरण दिइएको छ ।
गंगा पोखरेलको “सुस्ता र सिमाना”, प्रा.डा. गोपाल शिवाकोटीको “सुस्ता माथि अतिक्रमण”, गोपीरमण ज्ञवालीको “सुस्ता बचाउ अभियान र गोपाल गुरुङ”, डा. गोविन्द प्रसाद थापाको “नेपाल भारतको सीमा विवाद र आफ्नै देशमा शरणार्थी बनेका सुस्ताबासीको व्यथा”, गोविन्दराज काफ्लेको “सुस्तावासीहरुको त्याग र बलिदान”, चक्रव्यूह थापाको “पराधीन देशका जनता सार्वभौमसत्ता सम्पन्न होलान् ?”, नारायण शर्माको “गण्डक पीडितले क्षतिपूर्ति पाएनन्” , निलकण्ठ तिवारीको “सुस्ताको सकस”, बोमलाल गिरीको “सुस्ता बचाउ अभियानको खम्बा–लैला” र “सुस्तावासी नागरिकताबाट बञ्चित”, वैद्यनाथ श्रमजीवीको “नेपालको राष्ट्रियताः पहिचान, संघर्ष र सम्भावना”, सिर्जना शर्मा गैरेको “सम्पूर्ण देशभक्त एक जुट होऔं ।”, हिरण्यलाल श्रेष्ठको “सुस्ता सीमा विवाद र त्यसको समाधान” लेखहरु राखिएको छ ।
उत्तम कंडेलको “देशभक्त योद्धा गोपाल गुरुङको स्मरण”, किशन शर्माको सुस्तामा मन्त्रीको ऐतिहासिक भ्रमण एवं राष्ट्रिय जागरण कार्यक्रम”, गिनिज बुढाको “सुस्ताको सम्झना”, देवेन्द्र तिम्लाको “निको हुन नसकेको सुस्ताको घाउलाई स्पर्श गर्दा”, पुरुषोत्तम कोइरालाको “सुस्तावासीलाई नमस्कार”, पेशल खतिवडाको “सुस्तासँग साक्षात्कार”, रामु जि.सी.‘कमल’ को “सुस्ता बचाउ अभियानबारे रिपोर्ट,” विन्दुराज सापकोटाको “मेरो स्मृतिमा त्रिवेणी सुस्ता अवलोकन भ्रमण”, विष्णुप्रसाद लामिछानेको “सुस्ता यात्रा एक स्मरण”, शिवकुमार महराको “सुस्ता एक संस्मरण” शीर्षकका संस्मरणात्मक लेखहरु पुस्तकमा दिइएका छन् ।
कविताहरु ईश्वर गैरेको “संघर्षको लाल गीत”, ओमप्रकाश पुनको “शासन ग¥यो,”, कल्पना गिरीको “किनकि म सुस्ता हुँ”, किशोर केटोको “सुस्ताको कथा”, गणेश खनालको “यो तिम्रो मात्र होइन, हाम्रो पनि हो,” डा. घनश्याम न्यौपाने “परिश्रमी”को “सुस्ताको कथा”, जेसी सिंजाली सूर्य थापाको “सुस्ताको आवाज”, जीवन युगिनको “मेरो सुस्ता”, टकबहादुर आलेको “शिर नुघाई सेवा ढोग सुस्तालाई”, नरेन्द्रजंग पिटरको “विश्वासलायक छैन ऊ” र जीवनका चश्मा र परिभाषित दृष्यहरु”, नारायण अर्यालको “सुस्तामा सुसाएको राष्ट्रवाद”, भरत लामिछानेको “वीर नेपाली –विशाल नेपाल”, मधु श्रेष्ठको “सिमानाको साथी”, मनु वि.क.को “सुस्ता, मुटु र घाम”, मोहन बोहोराको “सत्ता र सुस्ता”, रमेश तुफान पण्डितको “छिमेकी”, लोकनारायण सुवेदीको “सुस्ता बनेर अनन्त सास्ती भोगिरहेका छन्”, प्रा.डा. शम्भु कट्टेलको “सुस्ता तिमी कहिल्यै नसुस्ताऊ”, शरद पौडेलको “पुस्तौंको घाउ”, संगिता चौलागाईको “प्रकृति, राज्य र व्यवस्था”, सत्यजीतको “स्वाभिमानको लडाई”, हिमलाल पाण्डेको “देशको अवस्था” शीर्षकमा कविताहरु यस रचनामा राखिएका छन् । गीति लयमा लेखिएका कविता र गीत–रामबहादुर बुढाको “सुस्ता जाउँला”, मुना लम्सालको “हाम्रो सुस्ता”, रमेश तुफान पण्डितको “छिमेकी”, रामहरि श्रेष्ठको “सुस्ताबासी नेपालीलाई” यस गण्डकी आवाजमा राखिएका छन् ।
यस पुस्तकमा ५ वटा परिशिष्ट छन् । जसमा परिशिष्ट १ मा सुस्तामाथि भारतीय अतिक्रमणका विरुद्धको संघर्षमा ऐक्यबद्धता जनाउन अनेरास्ववियुका अध्यक्ष मुकुन्द बहादुर श्रेष्ठले २०२६ साउन १ गते जारी गरेको विज्ञप्ति, परिशिष्ट २ मा सैनिक हस्तक्षेप र सुस्ता अतिक्रमणका विरुद्ध अनेरास्ववियु काठमाडौं जिल्ला अस्थायी समितिले जारी गरेको २०२६ भदौ १९ गते वक्तव्य, परिशिष्ट ३ मा गोपाल गुरुङ स्मृति पार्क निर्माणका लागि गुरुङको जन्मस्थान शुक्ला गण्डकी नपा १२ तनहुँका लागि बसेको बैठकको छायाँप्रति परिशिष्ट ४ मा सुस्ता बचाउ अभियान, सीमा तथा जलसरोकार समिति र नवलपरासीस्थित राजनीतिक दलहरुको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई २०६५÷९÷५ मा बुझाएको ज्ञापनपत्र र परिशिष्ट ५ मा सुस्ता गाउँपालिकाको नक्सा र सुस्ता बचाउ अभियानसँग सम्बन्धित तस्वीरहरु दिइएको छ ।
यो पुस्तक “देशभक्त शहीद रामानन्द चमार” प्रति समर्पण गरिएको छ । यसमा शहीद रामानन्द चमार र सुस्ता बचाउ अभियानका संस्थापक अध्यक्ष गोपाल गुरुङको जीवनी दिइएको छ । पसन्द गुरुङले बाबा गोपाल प्रसाद गुरुङ प्रति संस्मरण लेख्नु भएको छ । यस पुस्तकलाई समग्रमा अध्ययन गरेर लेखक तथा साहित्यकार डी.आर. पोखरेलले भूमिका लेख्नु भएको छ ।
यो पुस्तकको आगामी श्रावण १७ गते सहिद भीमदत्त पन्तको स्मृति दिवस पारेर सुस्तामा विमोचन हुने भएको छ । पाठ्य पृष्ठ २१८ र प्रारम्भिक पृष्ठ २८ गरी जम्मा २४६ पृष्ठको यस पुस्तकको मूल्य रु. ५००÷– राखिएको छ । कभर पृष्ठमा राखिएको नवनिर्मित झोलुङगे पुल र अतिक्रमित भूमिको नक्साको पुस्तकलाई आकर्षक र ओजिलो बनाएको छ । यस पुस्तकको मुख्य दुई वटा विशेषता छन्–एक, यसमा सुस्ता सित सम्बन्धित साहित्यिक रचनाहरु छन् र दुई, यसमा सुस्ता र सुस्तासँग सम्बन्धित संघर्षको तथ्यगत इतिहास दिइएको छ ।
समग्रमा यस पुस्तकले सुस्तामाथि भारतको उत्पीडन, बलमिचाई, अतिक्रमण, सुस्तावासीहरुको राष्ट्रिय स्वाभीमान र स्वाधीनताको संघर्षको नालीबेली बुझ्न सहयोग पु¥याउने छ ।

