गाउँले काकाको दबाबमा मद्रासतिर लागें

– ज्योतिनारायण शर्मा
मेरो जन्म २०१७ साल भाद्र १९ गते बाग्लुङ जिल्लाको तात्कालीन जैदि गाउँपन्चायत वडा नं. ७ र हालको जैमिनि नगरपालिका वडा नं ५ मा बुवा खगेश्वर उपाध्याय र आमा पूर्णकलाको कोखबाट भएको हो । ५ दिदी बहिनी र ४ भाइ छोराहरु मध्ये म साहिलो हो । म एउटा ब्राह्मण परिवारमा जन्मिएको र मेरो खानदान प्राय ः हिन्दु सँस्कार र धर्मसंस्कारद्वारा प्रेरित भएको हुनाले म पनि त्यसबाट अछुत रहने कुरै भएन जसको परिणाम बाल्यकालदेखि २०÷२२ वर्षको उमेरसम्म म पनि त्यही सेरोफेरोमा रहे । जतिबेलासम्म गाउँमा स्कुलहरु पनि थिएन र हाम्रो समाजले स्कूल जानुपर्दछ भन्ने मान्यता पनि राख्दैनथ्यो । २०३३÷०३४ सालतिर गाउँमा हाईस्कुल खुल्यो । प्रायः मेरा साथीहरु स्कुल जान थाले जसले गर्दा मलाइ पनि स्कुल जाने रहर जाग्यो र परिवारसँग स्कुलमा भर्ना हुने सल्लाह मागे । सल्लाह मिलेन पछि स्वतस्फूर्र्त स्कुलमा गएर स्कुल प्रशासनसँग सल्लाह गर्दा सुरु मै कक्षा ८ मा भर्ना गर्ने आश्वासन पाए पछि भर्ना भएँ । बुवाआमा दाजुहरुको सल्लाह विपरीत भर्ना भएर करिव ९ महिना के भएको थियो, पारिवारिक दबावले सिमा नाघ्यो जसको कारण स्कुल छाड्न बाध्य भएँ ।

अध्ययनबाट विमुख हुनुपर्दाको पीडाकै कारण २०३६ सालको जनमतसंग्रह लगत्तै अव घरमा बसेर अध्ययन गर्ने अवसर नमिलेपछि बनारसमा गएर अध्ययन गर्छु भन्ने सोचका साथ म भारत पसे । गोरखपुर रेल्वे स्टेसनमा रेलको प्रतिक्षामा बसिरहेको अवस्थामा एकजना गाउँकै काका उहाँले दक्षिण भारतमा सरकारी काम गर्नुहुन्थ्यो । बिदामा घरमा आएर वापस जाँदै गर्दा उहाँसँग जम्काभेट भयो । काका भतिजाको छोटो भलाकुसारीकै सन्दर्भमा उहाँले पढाइ त्यसै हुदैन पैसा चाहिन्छ । तँ सँग पैसा पनि छैन । बरु हिंड मद्रास जाउँ नोकरी लगाइदिन्छु । पढ्ने भए पैसा कमाएर पढ्लास् भन्ने दबावमुलक सुझाव दिनुभयो त्यसपछि उहाँकै साथमा मद्रासतर्फ प्रस्थान गरें ।

मद्रास गएपछि पैसाको समस्या, भाषाको समस्या, नोकरीको समस्या, कोठाका समस्या आदिको सामना गर्दै करिब दुइ वर्षको अवधि घुमफिरमै बित्यो । २०३८ को आषाढतिर दक्षिण भारतको चेन्नै आएपछि एउटा कम्पनीमा जागिर मिल्यो त्यसैमा गुजरा चलाएको थिएँ । सायद सेप्टेम्बर १४ ई.वि. १९८२ का दिन एकजना खाकिको जाँगे लगाएका दायाँ काँधमा मैलोमैलो झोला बोकेका र अर्का मैले चिनेकै बाग्लुङ पैयुका मेघराज आचार्य मैले काम गर्ने कार्यालयमा आउनु भयो । केही समयको भलाकुसारीपछि अर्को एकजना साथी चाहिं दलबहादुर खड्का हुनु हुदो रहेछ । साथीहरुको स्वागतमा मैले दुइजनालाई चिया मगाएँ । हामीले चिया पिउँदा पिउँदै अर्का एकजना साथी पनि आइपुग्नु भयो । उहाँसँग पनि परिचय गरें । उहाँ प्यूठानको शिवबहादुर केसी हुनु हुदो रहेछ । सबै जनाले चियापान गरिसकेपछि शिवबहादुर केसीले एकता समाजको बारेमा छोटो चर्चा गर्नुका साथै मलाइ पनि सदस्यता लिन आग्रह गर्नुभयो । जतिबेला मलाई प्रवासमा एकता समाज छ भन्ने मात्र थाहा थियो । कहाँ कुन सहरमा कसले नेतृत्व गरेको छ र त्यसको लक्ष्य, उद्देश्य के हो भन्नेबारे जानकारी नै थिएन । अर्कोतिर म अफिसको काममा व्यस्त नै थिएँ । उहाँहरु पनि अलि आत्तिएको आभास पाएँ । अनि आफै प्रश्न गरें सदस्यता लिनको लागि के गर्नुपर्छ भनेपछि दलबहादुर खड्काले भन्नुभयो –एकता समाजको विधान छ त्यसलाई मान्नुपर्छ र एक रुपियाँ तिरेपछि सदस्यता बन्न सकिन्छ भन्नुभयो । अनि मैले सदस्यता लिन स्वीकारें । त्यसपछि एकता समाजको सम्पर्कलाई निरन्तरता दिंदै आएँ ।

मेरो विवाह २०३८ साल फाल्गुण २२ गते हालको बाग्लुङ जैमिनि नगरपालिका वडा नं ९ पैयु लाम्सु लक्ष्मिकान्त पौडेलकी माइली छोरीसँग भएको हो । मेरा दुई सन्तान छन् एक छोरा र एक छोरी ।करिब ४÷५ वर्षको भारतको बसाइपछि २०४१ सालमा म नेपाल आएको थिएँ । जतिबेला पंचायती कालरात्रीको दवदवा थियो । राजनीतिक रुपमा कथित बहुदल र निर्दल भन्ने नाम सुनिए पनि गाउँघरमा विद्यार्थी आन्दोलनको भूमिका धेरैमाथि थियो । २०४२ सालमा हाल जैमिनि ४ सर्कुवाको माविमा स्थानीय मण्डलेहरुले नेविसंघका विद्यार्थीहरुलाई उक्साएर अखिलका विद्यार्थीमाथि सुनियोजित तरिकाले आक्रमण गरेर अंगभंग गराउने काम गरे । जसको विरुद्ध विद्यार्थीलाई साथमा लिएर बागलुङ सिडियो कार्यालयमा जाँदा पीडित विद्यार्थीलाई न्याय देलाभन्दा यिनीहरुका हातखुट्टा भाच्नुपथ्र्यो भनेर सि.डि.ओ.ले भनेको सुने । सिडियोजस्तो जिल्लाकै उच्चपदमा रहेको अधिकार सम्पन्न व्यक्तिको अभिव्यक्तिले मलाई पंचायत विरोधी आन्दोलनमा लाग्न प्रेरित ग¥यो ।

भारतमा लामो समय मैले युवक मोर्चाको जिम्मेवारीमा रहेर काम गरेँ । युवक मोर्चाको विघटनपछि एकता समाजका नगर, क्षेत्र, केन्द्र लगायत सबै क्षेत्रमा काम गर्ने अवसर पाएँ । प्रवासी नेपालीहरुको बीचमा काम गर्ने क्रममा कतिपय घटनाहरु बिर्सन नसकिने खालका पनि छन् । उदाहरणको लागि ई.संं २००९ को हो चेन्नैको सौकरपेटको एउटा मन्दिरमा डोटी जिल्लाको एक जना भाइले लामो समयदेखि काम गर्दथे २००९ अगस्त महिनाको १३ गतेको घटना हो । सबैको नाम आएन जुन नेपालीले त्यहाँ काम गर्दथ्यो । उसले आफ्नै नाता पर्ने गाउँकै एकजनाको साथ लिएर मन्दिरको पुजारीको हत्या गरेर मन्दिरमा रहेको १४ किलो सुन र २२ किलो चाँदी लाखांै नगदी लिएर राति नै फरार भएछ । जुन घटना भोलिपल्ट मन्दिर खोल्ने बेला जानकारीमा आएपछि मन्दिर प्रशासनले प्रहरीमा उजुर दायर गराएछ । त्यसपछि त्यसक्षेत्रमा रहेका आम नेपालीहरुलाई प्रशासनले जहाँ भेट्यो । त्यही गिरफ्तार गर्ने अभियान चलाएछ । करिब १२०० जना नेपालीहरुलाई प्रहरी कस्टडिमा राखेर यातना दिएको जानकारी भोलिपल्ट १४ गते मात्र थाहा भयो । जतिबेला म नगरसमितिको सचिव थिएँ भने प्यूठानको माधव आचार्य नगरसमितिको अध्यक्ष हुनुहुन्थ्यो । जतिबेला मेरो साथमा टुकटुके वार्लेसफोन थियो । सुचना पाउनासाथ मैले अध्यक्षलाई सूचना दिएर प्रहरी प्रशासनमा जाउँ भनेर भन्दा उहाँले त्यस्ता घटनामा जानु हँुदैन हामी । आफैलाई खतरा हुन्छ भन्नुभयो । पछि उहाँ आउनुभयो र हामी दुइजना भएर कमिस्नर कार्यालयमा गयांै । सुरुमा त डिउटिमा बसेको प्रहरी हबल्दारले हामीलाई समेत गिरफ्तार गर्ने धम्कीपूर्ण भाषा प्रयोग ग¥यो । हामीले केही कानुनी कुरा गर्नुका साथै एकता समाजको परिचय दिएपछि कमिसनर साहेव मिटिङ्मा जानू भएको छ तपाइहरु ३ बजे आउनुहोस् भन्ने सल्लाह दियो । त्यसपछि हामीहरु महेन्द्र बस्याललाई भेट्न गयांै र घटनाको विवरण ३ बजेको लागि कमिस्नर भेट्ने समय लिएर आएकोबारे जानकारी गराउनुका साथै ठिक ३ बजे हामीहरु तिनैजना कमिस्नरको कार्यालयमा पुग्यौं । कमिस्नरसंग भेटभएपछि घटनाको यथार्थ विवरण लिनुका साथै घटनाका दोषीलाई कार्वाहीको दायरामा ल्याउनुपर्ने र निर्दोष नेपालीहरुलाई तुरुन्त रिहा गर्न दबाव दिएपछि गिरफ्तार नेपालीहरु दोषी ठहरे प्रशासनमा पेस गर्ने र घटनाको दोषीको खोजी कार्यमा हामीले समेत सहयोग गर्ने सर्तमा सबै नेपालीहरुलाई रिहा गराउन सफल भयौं ।

भारत प्रवासमा रोजगारी गर्न जाने नेपालीका समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएका छन् । सरकारी जागिरको हकमा एकाध राज्य बाहेक नेपालीहरुको लागि सन् १९९० देखि खारेज गरिसकेकोछ । अन्य बहुराष्ट्रिय कम्पनिदेखि ससाना कलकारखानामा समेत स्थानीय ठेकेदारहरुले कब्जा जमाएका छन् । त्यसैले नेपालीहरुले जागिर पाउनै कठिन छ । यदि जागिर पाइहाले पनि उचित बेतन मिल्दैन । त्यसैमा पनि स्थानीय परिचयपत्र अनिवार्य बनाएको छ । १० वर्ष स्थायी बसोबास गरेको प्रमाणविना परिचयपत्र पाइँदैन । चोरिछिपि परिचयपत्र बनाउ भने बिचौलियाहरुलाई हजारांै घुस खुवाउनु पर्दछ भने अर्कोतिर पहिलेदेखि भारतमा बसेका नेपालीहरुले पनि ठेक्कापट्टा सन्चालन गर्दछन् । प्रायः सिधासाधा धेरैजसो नेपाली मजदुरहरु नेपालीबाटै ठगिएका छन् । अर्को समस्या भारतका कैयौं सहरहरुमा नेपालीहरुबाट नै चोरी, डकैती र हत्याहिंसा गरेर फरार हुने गरेका घटनाहरु दिन प्रतिदिन आइरहन्छन । तसर्थ सिधासाधा इमान्दार नेपालीहरुको लागि भारतमा मजदुरी गरेर दैनिक गुजार्न धेरै अफ्ठारो छ । जबसम्म देशमा दलाल पुँजीवादी विचौलियाहरुको इसारामा चल्ने संसदीय व्यवस्थाको हालीमुहाली रहन्छ, नेपाली युवाहरुको भविष्य अन्धकार मुक्त हुन सक्दैन तसर्थ सबै भारत प्रवासमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई अखिल भारत नेपाली एकता समाजको झण्डामुनि गोलबद्ध हुन आह्वान गर्दछु ।

म २०८० सालको भाद्र महिनामा पेशाबाट अवकास भएको हँु ।केही सामाजिक मुद्दा मामिला र अन्य कतिपय ६ महिना भारतमै रहेर २०८० सालको फाल्गुण महिनामा स्वदेश प्रवेश गरेको हुँ । स्वदेशमा आफ्नो बासस्थान घर बनाउन एक वर्ष पुरा लाग्यो । केही काम बाहेक समग्रमा घर सम्पन्न भएको छ र हाल स्वास्थ्य परीक्षणका साथै पारिवारिक भेटघाटको लागि केही समयको लागि भारतमा छु र निकट भविष्यमा फर्किने तयारीमा छु ।
म क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय वैकल्पिक सदस्य, नवलपुर जिल्ला सचिवालय सदस्य, ११ नं व्यूरो सचिवालय सदस्यका साथै गैँडाकोट नगर सचिवालयको पनि सदस्य हँु भने क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय सदस्य पूर्व गण्डकी प्रदेशको संयोजक र प्रदेश विघटन पश्चात् ११ नं व्यूरोको संयोजकको रुपमा काम गरिरहेकोछु । मेरो विशेष कार्य क्षेत्र नवलपुर जिल्ला रहेको र केन्द्रदेखि जिल्ला र पालिकासम्म पार्टी एकता भएको छ । पार्टी एकता पछि सबै साथीहरुका बीचमा घुलमिल र भावनात्मक एकताका लागि जोड दिनुपर्ने मैले ठानेको छु ।

हामी सबैले दम्भ त्याग्नुपर्छ । आगामी दिनमा क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन हामी सबै एकजुट हुनुपर्छ । मेरो अबको कार्यक्रम भनेको क्रान्तिकारी ट्रेड युनियन महासंघ ११ नं व्यूरोको निर्माण र जनसम्बन्ध बिस्तार अभियानपछि बैठक बस्न नसकेका पालिकाहरुको बैठक बसाल्नुलाई नै मैले पहिलो प्राथमिकतामा राखेकोछु जहाँसम्म यी कार्यहरु पुरा गरेर भाद्र पहिलो हप्ताभित्रनै पार्टी केन्द्रमा रिपोट पठाउनेछु साथै विभिन्न बाधा र अडचनको सामना गर्दागर्दै पनि सडकमा फ््याँकिएको हाँकलाई पुनर्जिवित गराउन सक्नुमा म स्वयं गौरवान्ति छु । हाँक साप्ताहिकप्रति उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित