-केपी भुसाल ‘अजसझ’
(लोकछन्द)
दाजुभाइ नेपालका सारै दुख पाए,
गणतन्त्र नआएसम्म भोकभोकै रहे ।
भोक मेट्न पेटभर्न इँटा समेत् खाए ।
खाँदाखाँदै हरिसिध्दि कार्खानाजो भ्याए ।
कागजको कार्खानाले सारै दुख भयो,
उत्पादन थोरै भयो माग धेरै बढ्यो ।
दाजुभाइ बाठा हाम्रा कागज खाँन थाले,
खाँदाखाँदै भृकुटीको कार्खाना जो ढाले ।
राम्रा काम गर्नुपर्छ दुख गर्नु छैन,
भन्न थाले नेपालीले जुता सिउने हैन।
सार ैपीर गर्न थाले आँखा उतै तारे,
बाँसबारीको छालाजुत्ता ढुटिमुटी पारे ।
नेपालीले नेपालमै के को दुख गर्ने?
भन्न थाले दाजुभाइ राहत अब दिने ।
रोजगारका उद्योगधन्दा थाले बेच्न गन्दै,
बसीबसी खान मिल्छ नेपालमा भन्दै ।
हेटौंडाको सिमेन्ट र कपडाको उद्योग,
जुट्मिल र बेचि भ्याए ढलौटको उद्योग ।
बालाजुको कपडा र बुटवलको धागो,
कति कुरा गर्नु हजुर काँचो छाला खाको ।
धेरै बेचे उद्योगधन्दा गनि साध्य छैन,
स्वदेशका मजदुरला मिल्यो सास्ती चैन ।
हात्तीछाप पड्काउ्नेले मिठो मिठो खाए,
बेरोजगार हुनेहरू खाडी जान पाए ।
महाकाली संझौतामा, गरे केही आश,
राम्रै भयो फाइ्दा पनि, बनाइहाले बास।
ललिताको निवास र गिरिबन्धु अनि,
थुकै नलाइ् खाए हजुर् वाइड् बडी पनि ।
बत्तिस् किलो मात्र हैन छिट्फुट गन,
धनी खान्छन् सुनैसुन छैन कतै नुन ।
बाख्रा खाए खोजीखोजी सर्प लुकीछिपी,
बालुवाटार पचेनरे कहाँ बिग्रो नीति ।
दाजुभाइ सरणार्थी बनाउदा नि,
दुखपर्दा साथ दिने सहकारी पनि।
खाँदै गए दाजुभाइ कति खाए खाए ।
लाउ्डा खाए ओम्नी खाए सक्ने जति खाए ।
इतिः–

