नारीको अधिकार, नरोकिने स्वर(तीज गीत )

रचना – कलावती दयाल,
अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा बेङ्गलोर दक्षिण महिला नगर अध्यक्ष

कति बसौँ नारी हामी भन्से मात्र भएर
सधैंभरी पीर व्यथा मनमा सहेर ।

जाग उठ दिदीबहिनी संगठित भएर
कति बिस्ने हामीहरू अत्याचार सहेर।

आयो भन्छन गणतन्त्र देशमा शान्ति छैन रे
अब हामी जुट्न पर्छ देशको मुहार फेर्न रे।

हिड जाउँ दिदीबहिनी स्वदेशमै फर्केर
कति दुस्ख सहने हाम्ले विदेशमा बसेर ।

चंद्रमा पुगेर फर्किसके नारीले
हामीलाई कहिले छोडयेन घासको भारी ले ।

अरु देशका नारी ले कति विकास गरेका
हामी मत्रै चेली किन पछिपरेका।

उठ उठ हे नारी वीर, तोडनै पर्छ यो अंधाकानूनको जंजीर

तीजमा आउने महिलाहरु लाई
संगठनमा जुटाउ है, हाम्रो महिला विभागलाई अघि बढाउँ है।

संसारलाई बदल्ने शक्ति छ दिदीबहिनी हामीमा
विश्व हल्लिनेछ नारीको आवाजमा।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित