काठमाडौं । साम्राज्यवाद तथा फासीवाद विरोधी संयुक्त मोर्चा ( यु. एफ.) ले ६ सेप्टेम्बर २०२५ मा स्विट्जरल्याण्डको ज्यूरिखमा जिमरवाल्ड सम्मेलन गर्ने गएको छ । उक्त मोर्चाले कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । जो निम्न अनुसार छ –
मुख्य वक्ताहरू –
बिहान ९ः ०० बजे देखि१० ः ०० बजे सम्म स्विस आयोजकहरूका साथै संयुक्त मोर्चाको परामर्श समितिद्वारा स्वागत गरिने । पिटर नोवाक (स्वतन्त्र पत्रकार र कम्युनिस्ट परिषद्) र पहलकर्ता गाबी फेच्टनर ( एम एल पी डी ) द्वारा स्वागत ।
१) विश्व युद्धको खतरा ः लाल चेतावनी , (बिहान १०ः०० देखि १२ः३० बजे)
१.फ्र्याङ्क ह्यामर, संयुक्त राज्य अमेरिका (ट्रेड युनियनका अनुभवी, दशकौंदेखि वातावरण संरक्षण र रोजगारीका लागि कार्यकर्ता, अहिले ट्रम्प विरोधी आन्दोलनमा सक्रिय छन् ) ले अमेरिकामा राजा छैनन् विषयमा बोल्ने
२) डाइटमार ब्रेमे, जर्मनी (२०२१ को अन्त्यसम्म जर्मन कम्युनिष्ट पार्टीको लामो समयदेखि सदस्य, अन्तर्राष्ट्रियतावादी, फासीवाद विरोधी र दशकौंदेखि शान्ति सेनानी)
३) इर्तेफा अल–कुबाटी, यमन (मानवीय विकास संगठनका सम्पर्क, युद्ध, महिला उत्पीडन र वातावरणीय विनाश विरुद्धको ट्रेड युनियनवादी कार्यकर्ता)
४) रुबेन तजानोफ, स्पेन (सोशलिस्मो वाई लिबर्टाड र अन्तर्राष्ट्रिय समाजवादी लिग, युद्ध र फासीवाद विरुद्ध सहयोगमा जोड दिँदै)
५) गाबी फेच्नर,( एम एल पी डी ) जर्मनी का पार्टी अध्यक्ष, जर्मनीमा क्रान्तिकारी श्रमिकवर्ग पार्टीको नेतृत्व गर्ने महिला कार्यकर्ता)
६)आइकोरको युरोपेली समन्वयका तर्फबाट लेनिनको लेख “समाजवाद र युद्ध” प्रस्तुत गरिने ।
खाजाको विश्राम (दिउँसो १२ः३० – १ः ५० सम्म
२. फासीवाद र युद्धको तयारी बारे (दिउँसो १ः१५ देखि ३ः४५ सम्म)
१. गुआन्की कियाङ, चीन (चीनमा समाजवादी आन्दोलनका अनुभवी, वर्तमान व्यवस्था र यसको सरकारको मौलिक आलोचक, चिनियाँ कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादी माओवादी)
२. एन्ड्रियास बुडेरस, जर्मनी ( युद्ध र सैन्यवाद विरुद्ध सामाजिक कार्यकर्ता , ट्रेड युनियनमा ४० वर्षदेखि जातिवाद र युद्ध विरुद्ध काम गर्दै आएका कार्यकर्ता)
३) प्रोफेसर ध्रुव मुखर्जी ,भारत
४) रिनेत दिल्मान , जर्मनी
५) जोभिनो नुनेज, डोमिनिकन गणराज्य
६) प्रोफेसर नाको स्टेफानोभ, बुल्गेरिया (दर्शनशास्त्रका प्राध्यापक, बुल्गेरियाली कम्युनिष्ट पार्टीका पूर्व प्रमुख सदस्य, युद्ध मार्गका आलोचक)
कफी ब्रेक (दिउँसो ३ः४५ देखि ४ः१५) सम्म
३)फासीवाद र युद्ध विरुद्धको विश्वव्यापी आन्दोलनलाई हामी कसरी बलियो बनाउने?
(साँझ ४ः१५ देखि ७ः०० बजेसम्म
१. अतिक, युरोप (टर्कीबाट आएका आप्रवासी कामदारहरूको अन्तर्राष्ट्रिय संगठन, टर्कीमा मात्र नभई फासीवाद र युद्ध विरुद्ध सक्रिय)
२. बगदाद फताफ्ता, प्यालेस्टाइन (वकिल, मानव अधिकारकर्मी, विशेष गरी नरसंहार र महिला उत्पीडनको विरुद्ध सक्रिय)
३. रोबर्टो लुज्जी, इटाली –टीआईआर (क्रान्तिकारी अन्तर्राष्ट्रियवादी प्रवृत्ति), जुन २०२५ मा नेपल्समा भएको साम्राज्यवाद विरोधी शान्ति सम्मेलनका सह–आयोजक, लामो समयदेखि कार्यकर्ता र ग्रासरुट ट्रेड युनियन एसआई कोबासका प्रमुख सदस्य)
४. ओलेग, रूस (अन्तर्राष्ट्रियवादी र शान्ति कार्यकर्ता)(नाम परिवर्तन गरिएको)
५.सेल्मा शाच्ट, अस्ट्रिया (ट्रेड युनियनः महिला कामदारहरूको चेम्बरको कमिन्टर्नू समूहको सह–अध्यक्ष, कार्य परिषद् सदस्य)
६.जोरा, जर्मनी (महिला अधिकारका लागि युवा महिलाहरूको संगठन, प्यालेस्टिनी मुक्ति संघर्षसँग ऐक्यबद्धता)
७. सिल्के ट्रेउश, स्विट्जरल्याण्ड (सक्रिय ट्रेड युनियनवादी, ट्रेड युनियमा लामो समयदेखि आयोजक, महिला, शान्ति र फासीवाद विरोधी आन्दोलनमा कार्यकर्ता)
संकल्प र निष्कर्ष
साँझ ७ः०० बजे देखि ७ः ३० बजे सम्म रात्रिभोज । सांस्कृतिक महोत्सव साँझ ८ः०० बजे, कार्यक्रम हाइब्रिड हुनेछ, अर्थात्, व्यक्तिगत रूपमा र अनलाइन स्ट्रिमिङको साथ। व्यक्तिगत रूपमा सहभागिता वा आइतबारको कार्यक्रमको लागि दर्ताको लागि अन्तिम मितिःअगस्ट १५, २०२५ सहभागिता शुल्क €३० र, यदि सम्भव छ भने, पोटलक बुफेमा योगदान। अंग्रेजी, जर्मन, फ्रान्सेली, स्पेनिश, रूसी र अरबीमा स्वयंसेवक एकसाथ अनुवाद गर्न राख्न सकिने छ । इच्छुक जो कोहीलाई आइतबार बिहान १०ः३० बजे देखि दिउँसो १२ः३० बजे सम्म “इन लेनिन फुटस्टेप थ्रू जुरिच” मा सामेल हुन स्वागत छ।

