ट्रम्प र पुटिन अलास्कामा भेट हुने

काठमाडौं । रुस–युक्रेन युद्धको विषयलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अलास्कामा यसै साताको अन्त्यमा भेट हुने अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । अलास्का विगतमा रुसले अमेरिकालाई बेचेको टापु हो ।
प्रगति सम्भव हुने वा नहुने कुरा पुटिनसँगको भेटको दुई मिनेटमै आफूले थाहा पाउने ट्रम्पको दाबी छ ।
युद्ध अन्त्य गर्नका लागि पुटिनलाई आग्रह गर्ने गरी शुक्रवारको बैठक “मनस्थिति बुझ्ने बैठक“ हुने ट्रम्पले बताएका छन् ।
पुटिनले उक्त भेटवार्तालाई प्रारम्भिक भेटघाटका रूपमा पनि हेर्न सक्ने ट्रम्पले उल्लेख गरे। रुस र युक्रेनबीच “केही भूभाग साटासाट, परिवर्तन“ हुने उनले चेतावनी दिए।
ट्रम्पले “भूभाग साटासाट“ को कुरा गरेको पहिलो पटक भने होइन, यद्यपि रुसले कुन भूभाग दिन सक्ने भन्ने कुरा स्पष्ट छैन। किएभले रुसी भूभागमाथि कहिल्यै आफ्नो दाबी गरेको छैन ।
भेटवार्ताका क्रममा पुटिनले “निष्पक्ष सम्झौता“ को प्रस्ताव गरेमा त्यसबारे युरोपेली नेताहरू जानकारी गराउने ट्रम्पले बताएका छन् ।
“सम्मान स्वरूप“ सबैभन्दा पहिला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सबैभन्दा पहिला त्यसबारे कुरा गर्ने पनि ट्रम्पले उल्लेख गरे। “सबैभन्दा पहिला म उनलाई कल गर्छु… म उनलाई त्यसपछि कल गर्छु र भन्न सक्छु भाग्यले साथ देओस्, लडिराख्नूस् अथवा म भन्न सक्छु कि हामी एउटा सम्झौता गर्न सक्छौँ,“ ट्रम्पले भने। यसअघि जेलेन्स्कीसँग भेटवार्ता हुँदा उनले गरेका कुरासँग आफू एकदमै असहमत भएको पनि ट्रम्पले बताए।
यसअघि ट्रम्पले सन् २०२२ को फेब्रुअरीदेखि रुसले पूर्ण स्तरमा अतिक्रमण गर्ने गरी जेलेन्स्कीले युक्रेनमा युद्ध निम्त्याएका आरोप लगाएका थिए।
भावी भेटवार्तामा जेलेन्स्की पनि सहभागी हुन सक्ने भन्दै ट्रम्पले पुटिन र आफू पनि त्यसमा संलग्न हुने बताए।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित