–सिंजाली सुर्य थापा मगर
तीजको बेला भेट हाम्रो भाछ भेटघाटको बेला नाचौं है छम छमी
हिजो र अस्ति कामैमा सास्ती आज त हामी बिसाउन बसौं है ।
बिहानै उठी चुलो र चौको
दिन भरी हामी बन र पाखामा
आज त हामी बसौं है सैं साथी
माइती त्यो हाम्रो गाउँ र ठाउँमा खेलेका हामी को को पो छौँ र आज त हामी त्यहीँ कुरा गरौंन ।
कोही भए डाक्टर कोही भए पाईलट
हामी त अझै खेत बारी मेलामा
ढिकी जातो अझैनि खाँचो खोले र सिस्नो यहीँ भोनि साँचो
आज त हामी यहीँ गीत गाउँने हो
कोही गए जापान
कोही गए हङकङ
हामी त आज खेत र बारीमा
राष्ट्रका नारी कोही भए मन्त्री हामी त अझै कुटो र कोदालो
राष्ट्रको लागि लडेकी नारी आज त उनी ती चिल्ला गाडीमा
हिजो त भन्थिन् गुन्द्री र चटाई आज त उनी सोफा र कुर्सीमा
हामी त आज यहीँ भनी नाच्ने हो ।
भाषण गर्दा महिला र मुक्ति सत्तामा पुग्दा त्यहीँ ठुलो कुर्सी
आज त हामी यहीँ गीत त गाउँने हो ।
मंचमा बोल्दा सम्मान छ भन्ने घरमा आउदा जनजाति भन्ने आज त हामी यहीँ भनी नाच्ने हो
सपथ गर्दा सम्मान हौं भन्ने घरमा आउदा दलित हो भन्ने आज त हामी यहीँ गीत गाउँने हो
युद्धमा हिड्दा एउटै थाल भन्ने सत्तामा पुग्दा खै कोहो नचिन्ने भेटे त हामी यहीँ भुँडी फोर्ने हो
दिदी र बहिनी दाजु र भार्इ
अब त हामी नगरौं भेदभाव
देशको लागि रगत दिउला
अब त हामी सचाईमा लागौं न ।
क्रान्तिको बाटो कठिन छ यहाँ
कठिन लाई चिर्दै हिडौं न अगाडि
पुर्व र पश्चिम उत्तर र दक्षिण आज त हामी मिलेर नाचौंन
सम्मानको लागि एकभै उठौंन ।

