–देवी रिजाल, चेन्नै
बाबाले जुटाउनी आमाले पकाउनी
तीजमा दिदी लिनलाइ भाइलार्इ पठाउनी ।
तीजमा दर हाम्ले खिर ,खट्टे खानी हो
वर्ष दिनको अत्यार मेट्न माइत जानी हो ।
आजभोलि दरको नाममा माछा मासु पकाउने
चुरोट र रक्सी पिई उन्मात मच्चाउने ।
खर्चिलो र भड्किलो तीज हामी नमनाउँ
विकृति र विसंगति जडबाटै मेटाउ ।
तीजको दर खानलार्इ पार्टी प्यालेस बुक गर्नी
महिना भरी दर खाई ऋण लगाउनी ।
तीजको नाममा दर खादा जथाभावी नगरौं
समाज र संस्कृतिको इज्ज्यत बचाउँ ।
फेसबुकमा भाइरल हुन छाडा नाचगान देखाउछन्
छाडा नाचगानले नारीको इज्जयत मेटाउछन् ।
मर्यादा र मान सम्मानको सीमा क्रस गर्दछन्
दरको नाममा संस्कारको धज्जी उडाउँछन् ।
पुरानो रीतिरीवाज वर्त बस्ने चलन
दीर्घायु र राम्रो वरको माग्छन् वरदान ।
मागेर होईन अब सक्षम हामी बन्नु छ
वर माग्ने वर्त बस्ने चलन फेर्नु छ ।
बुहारीको माइतबाट सगुन ल्याउने चलन
महंगो सगुन हिसाव गरी गर्छन सम्मान ।
दाइजो र सगुनको हिसाब हामी नराखौँ
धनी गरिब छुट्टाएर भेदभाव नगरौं ।
महंगो दर र सगुनले तीजको मर्म बुज्दैन
प्रगति र संस्कारले स्थान पाउँदैन ।
खोजौं महिला जातिको क्षमताको निशान
नारी जाति सशक्तिको चलाउ मिशन ।

