ट्रम्प र पुटिनबीच अलास्कामा वार्ता

 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच अलास्कामा रुस –युक्रेन युद्धबारे वार्ता भएको छ । विश्वभरीबाट चासोका साथ हेरिएको उक्त वार्ता कुनै पनि सहमतिमा नपुगी टुङ्गिएको छ।अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्नेबारे पुटिनसँगको वार्तामा केही प्रगति भए पनि कुनै सम्झौतामा नपुग्दासम्म सहमति भएको भन्न नसकिने बताएका छन्। हिजो अगस्ट १५ मा स्थानीय समयअनुसार साढे ११ बजे सुरु भएको वार्ता साढे २ बजेसम्म ३ घण्टा चलेको थियो । वार्तापछि पुटिनले युद्ध अन्त्यका लागि आफू “गम्भीर र इच्छुक” रहेको बताएका थिए। तर रुसको  “ सुरक्षा चासो सम्बोधन हुनुपर्ने” उनको भनाइ थियो। कार्यक्रम सकिएपछि पत्रकारहरूसँग प्रश्न–उत्तर सत्र राखिएको थियो।

तर सो क्रममा अमेरिकी पत्रकारहरूको व्यवहार भने भद्दा र अराजक देखिएको थियो । । करिब २०–३० जना पत्रकारले एकैपटक चिच्याउँदै फरक–फरक प्रश्नहरू सोध्दा वातावरण निकै अस्तव्यस्त बनेको थियो।
त्यही भीडभाडपूर्ण क्षणमा, पुटिनले असहज महसुस गरेको देखिन्थ्यो—उनको अनुहार नै बिग्रिएकोथियो । उनीहरुको वार्तामा युद्धविरामबारे सहमति हुने अपेक्षा गरिएको थियो । तर कुनै सम्झौता नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि छलफलपछिको पत्रकार सम्मेलनमा ट्रम्प र पुटिन दुवैले वार्ता सकारात्मक भएको बताएका छन् ।केही प्रगति भएको छ, धेरै बुँदामा सहमति भएको छ, केही मात्रै बाँकी छन्,ु ट्रम्पले भने । तर के–के बुदाँमा सहमति भयो उनले खुलाएनन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार युक्रेनमा युद्धविरामका लागि पुटिनले चार अडान राखेका छन् । युक्रेनको ठूलो भू–भाग रूसी नियन्त्रणमा जाने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने अडान पुटिनले राखेको अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले लेखेको छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित