– सूर्या थापा
तीज आयो भन्दै सबै दिदी बहिनी रमाउँछन्
अन्धविश्वास रुढीवादी नियम समाउँछन् ।
वर्षदिनको तीजमा मेलापात त्याग्दछन्
यसमा नै महिलाहरु रमाई गाउँदछन् ।
महिलाहरु बाँधिन्छन् चूला, चौका सिमाना
कहिल्यै पनि टुटेन है दासी जमाना ।
वर्ष दिनको थकावटमा तीजलाई सम्झन्छन्
वर्गदूश्मन को हो भनी चिन्दै चिन्दैनन् ।
शोषक र दलाल झै पुँजीपति शामन्त
तिनी सबै शोषितका हुन् रे दुश्मन ।
बुझ्नु पर्छ हामी बन्यौं किन दोस्रो नागरिक
सरकारको कानुन छ भेदभाव मूलक ।
दिदी बहिनी लडौं अब कम्मर हामी कसेर
तीजको दिनमा प्रण गरौं कसम खाएर ।
आर्थिक समानता ल्याउने नारालाई
सम्पत्तिमा समान हक पाउनलाई ।
काठमाण्डौ
तीजका गीतहरु (२०५३)अखिल नेपाल महिला संघ काठमाण्डौ जिल्ला समिति
Comments

