काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको सुरक्षाको ग्यारेण्टी अमेरिकी नेतृत्वमा युरोपेली देशहरु मार्फत दिइने बताएका छन् ।युरोपेली देशका नेताहरुसँग भएको छलफलबारे जानकारी गराउँदै अमेरिकी राष्ट्रपति ट्रम्पले सो कुरा बताएका हुन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग रुस–युक्रेन शान्ति स्थापना गर्नेबारे भएको भेटवार्ता भएको लगत्तै युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीसहित युरोपेली देशका नेताहरुसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेट गरेका थिए । भेटको क्रममा युक्रेनको सुरक्षाबारे छलफल भएको थियो ।
बैठकमा युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्की,फ्रान्सेली राष्ट्रपति इमयानुअल म्याक्रोन, फिनिश राष्ट्रपति अलेक्जयाण्डर स्टब,इटालीका प्रधानमन्त्री जर्जिया भेलानी ,बेलायतका प्रधानमन्त्री स्यामार,जर्मन चान्सलर फ्रेडरिक मर्ज,युरोपेली आयेगका अध्यक्ष डर्सुला भेनिडेट,लेयन र नेटो महासचिव मार्करुट सहभागी थिए ।
रुस –युक्रेन युद्ध २०२२ फेब्रुअरी २४देखि जारी छ । यो युद्धमा अमेरिकाले युक्रेनलाई अत्याधुनिक हतियार सहायता प्रदान गर्दै आएको छ । अमेरिकी राष्ट्रपति जोन वाइडेनले प्रदान गरेको सहायतालाई ट्रम्पले निरन्तरता दिँदै आएका छन् ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका र युरोपेली युनियनसँग पटक पटक हतियार सहयोगको माग गर्दै आएका छन् । रुस–युक्रेन युद्ध अन्त्य गर्न युक्रेनी राष्ट्रपति जेलेन्स्की यो भन्दा पहिले पनि अमेरिकी राष्ट्रपतिसँग ह्वाइट हाउसमा वार्तामा गएका थिए । त्यो समय कुटनीति विपरीत जेलेन्स्कीलाई युद्ध चाहेको भन्दै ट्रम्पले अपमानित गरेका थिए ।
अमेरिकी नेतृत्वमा युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल
Comments

