तीजको गीत –छाडा नबनौं

मन्जु सुनार
संस्कृति होइन अहिले विकृति आका छन्
तीज आउँदा कोही महिला डिस्को गाकाछन् ।

कोही महिला जिम्मेवार छन् कोही मजबुर भाका छन्
कोही देखासिखी गर्दै विग्रिरहेका छन् ।

विकृतिलाई हैन दिदी संस्कृतिलाई जोगाउँ
तीज आउँदा दिदी बहिनी छाडा नबनौं ।

दाजुभाई विदेशमा पसिना बगाउँदैछन्
दिदी बहिनी असारदेखि दर खाँदैछन् ।

झनै झनै बिग्रिँदैछ यो देशको संस्कृति
कसो गरी जोगाउने होला बरिलै ?

बाबु नानी सबै जना टिकटक मै रमाउने
पढाइ लेखाइ बिग्रदै छ केरी सम्झाउने ?

दुःखमाथि दुःख आछ थाहा छैन केही पनि
महंगीले आकाश छोयो चल्ने के गरी ?

सरकारले हेरीराछ गरिबहरु रोएको
भाषण गर्छन् जनताले सुख पाएको ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित