विष्णु सुनार
देशै छोडेर नजाम्ला भन्थे,
हेरन हे आमा, सोचे झैं भएन ।
देशैमा बसेर वेरोजगार भैयो,
हेरन हे आमा बाध्यता सहीराछु ।
देशैमा कमाउँला जमाउँला भन्थे
हेरन हे आमा सोचे झै रहेनछ ।
आटो र पिठो मै रमाम्ला भन्थें
हेर न हे आमा छोडेर हिँड्दैछु
तिम्रो काख मै रमाउँला भन्थे
हेरन हे आमा सोचे झैं भाछैन ।
खेत र बारी मै फुलौंला भन्थे
हेर न हे आमा सोचेकै पुगेन
गाउँ र वेशी गरौँला भन्थे
हेरन आमा गर्ननै पाएन ।
तिमीलाई सुखमा राखौंला भन्थे
हेरन हे आमा पसिना पोख्दैछु ।
गुलामी नगरी बसौंला भन्थे
हेरन हे आमा आँसुमा डुब्दैछु ।
Comments

