मैना अधिकारी, चेन्नै
कस्ता भए राजनीतिज्ञ कस्तो होला समाज
दुइटा विहे गर्ने अरे सुन्छु म आज ।
त्यस्तो कानुन ल्याउनेका दिदी बैनी छैनकी
पसुलाइ ल्याउने कानुन मान्छे हैनकी ।
त्यसै पुरूष छाडा हुन्छन कानुलेनी छोड्दियो
घर गरेर खानीको नी बाटै मोड्दियो ।
यस्ता गलत निर्णयले कति नारी मर्कामा
विस्वाश नै नहुनी भो एक अर्कामा
यही त होला सरकारले महिला हक दिएको
दोश्रो विहे संशोधन हातमा लिएको ।
पहिला बच्चा बसाउनी रे पछि विहे गर्ने रे
घरमा हुनी जेठीले त सहनै पर्नी रे ।
नजन्मदै भ्रुण हत्या जन्मे पछि दमन
नारीले न्याय पाउने छैन जमना
नारीको हक लिन हामी उठौँ कम्मर कसेर
बढौ अघि हक लिन हुन्न बसेर ।
नारी मुक्ति आन्दोलनको गरौं हामी प्रचार
पुरूष प्रधान कानुन ल्याउने फालौं सरकार ।
Comments

