दूर्गा शर्मा ,आचार्य
फेरि पनि तिज आयो, रिग्दै घुम्दै अहिले नि
यो देशको गतिबिधि , भन्छु मैले नि
सुन्दर शान्त देश नेपाल , भनि नामले चिनेको
देश बनाउन , सही बाटो खै त हिडेको
राणा शासन पन्चायती , शासनलाई फालेर
लोकतन्त्र ल्यायौ हाम्ले , ज्यानै दिएर
यो देशमा भाडोभैलो , शासन र शक्तिको
भित्र भित्रै पार्टी फुट्छन , गुट नेताको
गाउ गाउमा सिह दरबार घरघरमा सरकार
जनताले पाएनन् अझै अधिकार
वर्षौदेखि लडे जनता अधिकार पाउनलाई
जनतालाई सधै दुख खान लाउनलाई
केहि गर्छु भन्नेलाई , काम गर्न दिदैनन्
यो देशमा स्थाइ, सरकार बन्नै दिदैनन्
धेरै पार्टी आए यहाँ सबैको काम देखियो
स्वास्थ्य , शिक्षा अनि रोजगार , चाहियो यति हो
खै त हाम्लाई शिक्षा यहाँ खैत हाम्लाइ रोजगार
जनइच्छा कुल्चिरहने भ्रष्ट सरकार
यो देशाका युबालाइ, देशमै रोजगार दिलाईदेउ
छोरि चेलि बेच्नेलाई , कारबाहि गरिदेउ
जताततै अस्त ब्यस्त कहिले होला सुध्रिने
कहिले सम्म अन्यायमा हामि गुज्रिने
महिला हिँसा बलत्कार बढिराछ दिनदिन
जातियता , भेदभाव बढ्दो झनझन
उद्योगधन्धा, कलकारखाना बेचिसके देशका
सिनोसरी लुछाचुडी सत्ता शक्तिको
तलदेखि माथिसम्म भ्रटाचार बेथिति
जनतामाथि शोषण,दमन ब्याप्त कुरिति
पटकपटक जान्छौ भ्रमण,देशको चिन्ता गर्दैनौ
आफ्नो सोझो गर्छौं अरु गर्छौं वास्तै गर्दैनौ।
बुढा पाका नेता सधै , कति बस्छौ कुर्सीमा
युबाहरु कति बस्ने तिम्रै घुर्किमा
मिसन र भिजन भका , युबालाई पालो देऊ
देश अघि बढाउन बाटो खोलिदेऊ
स्वास्थ्यमा छुट छ भन्छौ , गरिबलाई राहत देउ
उपचारमा ज्याक लगाउने रीत हटादेऊ
भेदभाव होइन सरकार तेरो मेरो नभनौं
होइन भने उठ जनता ढिला नँगरौ
ठुलालाई मात्र रैछ यो देशमा चइन
गरिबलाई कहिलै पनि शान्ति भएन
जनताले नै कर तिर्ने बगाई बगाई पसिना
धुर्तहरु बसी खान्छन् हाम्लाई छइन
सत्ता शक्ति हुनेलाई त कुनै चिन्ता भएन
निमुखाको घरमा चुलो बल्न पाएन
महङिले नेटो काट्यो छैन कमाइ के गर्नू
भोको पेट,नाङ्गो शरीर इलम के गर्नुरु
नदीनाला प्रसस्तै छन , जलको धनी देशैमा
जल बिधुत उत्पादनलाई , बढाउ यसैमा
सिंचाइ छैन कृषि क्षेत्र वनजङ्गल भरियो
युवा पसे विदेशमा देशै रित्तियो।
जडिबुटि,खनिजको सम्भावना देशमै छ
सहज रुपमा पैसा आउने बाटो रोज्नु छ
सुन्दरताको खानी हेर सगरमाथा उच्च छ
अन्धो,बहिरो, लाटो हो कि सरकार चुप छ।
२८ सालको शिक्षा ऐन फेर्न तिम्लाई गारो भो
लथालिङ्ग हुँदा देश हाम्लाई सारो भो।
कति बस्ने अरु देशमा बिदेशिको नोकर भैइ
स्वाभिमानी नेपालीलाई देशमै बोलाऊ है ।
खेति योग्य खेत बारी , जताततै बाँझै छ
कृषि प्रधान देश् भन्न नि सबलाई लाजै छ
प्रकृतिको भन्डार देशमा , के हुन्न र गरेर
देश हाम्ले गराउनु छ , लागि परेर

