पुस्तकालय ज्ञानको घर (गीत)

गीतकार ः सुदीप ढकाल
स्वर, संगीत ःजीवन शर्मा,निलिमा पुन

पुस्तकालय ज्ञानको घर पर्खाल बिनाको संसार
ज्ञान विज्ञानको विकासमा लागिरहन्छ निरन्तर ।

उद्देश्य यसको सूचनाहरु छरितो गरी दिनु हो
इच्छुकलाई स्रोतमा ल्याइ ज्ञानमा खेल्न दिनु हो
पढ्ने, लेख्ने, सोच्न सक्ने, सभ्य समाजको आधार
पुस्तकालय ज्ञानको घर पर्खाल …..

सौन्दर्य छर्दै फूलले मौरीहरुलाई बोलाए जस्तै
सूर्यले किरण छरेर धर्तीलाई व्यूँझाएजस्तै
ज्ञानको ज्योति फैलाउँछ संसारभरि निरन्तर
पुस्तकालय ज्ञानको घर ….

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित