एउटा कथा सुनाउँछु आज मैले लिपुलेक र कालापानीको

-नारायण योगी

एउटा पीडा कहन्छु आज मैले मुर्चुङ्गा र सारंगीको
स्न १८१६ को सुगौली सन्धि हो मुख्य आधार
यो आधारलाई टेकी बढ्नुपर्छ जनता र सरकार
कुटी, माङ्गदी प्रमाण हाम्रा लिम्पियाधुरा कालीको मुहान
छाङगु्रक गाउँका दाजुभाईको त्यो भूमि नै हो पहिचान –एउटा

महाकाली पूर्वतर्फ सारा नेपालकै हो निशाना
झुठो कुरा गरी गरी भारत सरकार मिच्छ हाम्रो सिमाना
भारत सरकार यस्तो छुद्र व्यवहार गर्छ किन दिनदिन
कालापानीमा सेना राख्दैमा हाम्रो अस्मिता मेटिन्न –एउटा

कालीपानी टिंकर भञ्ज्याङग लिपुलेक हाम्रो भूगोल
यो कुराको संसार भर गरौं हामी सबले गुगल
छर छिमेक अन्तर्राष्ट्र मित्र जुटाई यो सब बताऊँ
न छुट्टिएको त्रिदेशीय सिमा विन्दु अब छुट्याउँ –एउटा
उठौं अब हल्ला बोलौं वीर पूर्खाको देश यो
लिपुलेक र कालापानी अब छिटै फिर्ता लिने हो

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित