अफगानिस्तानमा शक्तिशाली भुकम्प

काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्प गएको छ । २०८२ साल भदौ १५ गते मध्यराती आएको भूकम्पको माफन ६म्याग्नेच्युडको रहेको छ । भूकम्पबाट सबैभन्दा बढि प्रभावित हुनेहरु कुनार प्रान्तका रहेका छन् । भुकम्पका कारण मारिनेहरुको संख्या यो समाचार तयार पार्दासम्म १४११ रहेको छन् भने घाइतेहरुको संख्या ३ हजार रहेको छ ।

भूकम्पको केन्द्रविन्दू जमिनदखि ५ किलोमिटर तल रहेकोले जमिन निकै हल्लिएको बताइएको छ । भूकम्पका धक्का पाकिस्तानमा समेत महसुस गरिएको थियो । भूकम्पको केन्द्रविन्दु रहेको स्थानमा यातायात र सञ्चार विच्छेद भएको छ । यातायात सञ्चार विच्छेद भएका कारण उद्धार र सहायताका कामहरु प्रभावकारी हुन नसकेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । अहिले केन्द्रविन्दु रहेको स्थान वरपर निरन्तर रुपमा परकम्पहरु गइरहेको छ ।

यसैगरी नेपालमा गोरखाको हंसपुर आसपास केन्द्रविन्दु भएर ४ म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प २०८२ भदौ १७ गते बिहान ६ बजे गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्प कुनै क्षतिको विवरण आएको छैन ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित