बहराईनमा पछिल्लो अवधिमा नेपाली छोरी– चेलीहरू प्रशस्तै आएका छन्

– जङ्ग मगर
नेपालमा मेरो घर पूर्वखोला गाउँपालिका वडा नम्बर ३ अर्खलडाँडा हो। मेरो जीवनको अधिकांश खण्ड प्रवासी भूमिमा मजदुरी गरेर नै बित्यो । देहरादुनमा डेढ वर्ष, दिल्लीमा ढाई वर्ष र कतारमा ढाई वर्ष काम गरेको थिएँ र त्यसपछि म बहराइनमा १४ वर्षदेखि काम गरिरहेको छु ।बहराइनमा २०११ सालमा आएको थिएँ। दुई पटक नेपाल छुट्टि गएँ । मैले पाल्पाको बिरकोट हाइस्कुलबाट ९ कक्षासम्मको अध्ययन पूरा गरेको हुँ । त्यसपछि म रोजगारीको सिलसिलामा भारततिर लागेको थिएँ ।

मेरा दुईटी छोरीहरू छन् । एउटी अहिले जापान गएकी छिन् र एउटी नेपालमै छिन् । यहाँ बहराइन आइसकेपछि म बहराइन नेपाली एकता समाजसँग जोडिए । यस संगठनबाट हामीले बहराइनमा नेपाली राजदूतावास बस्नुपर्छ भनेर अभियान चलाएका थियौ र त्यतिखेर हामीले हस्ताक्षर संकलन गर्दा करिब ३५ हजार नेपालीहरु यहाँ छन् भन्ने अडकल गरेका थियौ । हामीले चलाएको आन्दोलनका परिणामस्वरूप बहराइनमा राजदूतावास पनि बसेको हो । र पार्टीमा चल्ने अन्तरसघर्षका कारणले गर्दा केही न केही मात्रामा यहाँ एकता समाजलाई पनि असर गरेको मलाई महसुस हुन्छ ।

बहराइनमा विदेशबाट आएका मजदुरहरूका लागि तलब नै कम हुने गर्दछ । यो एउटा समस्या ठान्दछु मैले। यहाँको मुद्रालाई वि. दि डिनर भन्छ र मैले हाउस वाचम्यानको काम गर्ने गरेको छु । मेरो तलब १५० वि दिनर छ । र १५० वि.वि. डिनरको नेपाली रु.५० हजार भन्दा बढी हुन्छ । लगभग ४५ ४० ४५ हजार जोगाउन सकिन्छ । किनभने खानाका लागि छुट्टै खर्च गर्नु पर्दैन । अलि राम्रो तलब हुने जागिर पायो भने डेढ दुई लाख सम्म बढीमा ढाई ३ लाख सम्मको कमाई नेपालीहरुले गरेका छन् र कतिपय नेपालीहरुले ७०÷८० वि.वि. डिनरमापनि कामगरेका छन् ।

बहराइन आउने नेपालीहरूले विभिन्न रोजगारीमा आउने गरेका छन् जस्तै वाचमेन सेक्युरिटी, मार्केटिङ, होटेल लाइन, कम्पनीहरूमा काम यस्ता यस्ता विभिन्न काममा नेपालीहरु यहाँ आउने गरेका छन् । २०११ सालमा म बहराइन आउँदा छोरी चेलीबेटीहरू कमै काममा आउने गरेका हुन्थे तर अहिले प्रशस्तै नेपाली चेलीबेटीहरु पनि बहराइनमा कामको सिलसिलामा आएका छन् र उनीहरु धेरैजसो मार्केटिङ, क्लिनिङका कामहरुमा उनीहरु आएको पाइन्छ । म अनेरास्ववियु( छैठौँ), अनेरावियु (एकीकृत)मा पनि काम गरेको हुँ। भारतमा छँदा पनि एकता समाजमा काम गरे यहाँ आएपछि पनि म एकता समाजमा जोडिएकै छु । यदि मैले कहिलेकाहीँ कुराकानी हुन्छ साथीभाइहरूको बीचमा यो पार्टी संगठन विभाजन भएको कुराले धेरै दुःख लाग्दछ ।

यदि रोजगारीमा नलागेर पार्टी, संगठन मात्र भनेको भए त विजोगै भइने रहेछ भन्ने पनि लाग्छ । सँगै काम गरेका साथीहरु तितरवितर भए । यो कुराले निकै दुःख लाग्छ । सच्चा कम्युनिस्टहरु एक जुट हुनुपर्ने हो । म त भन्छु कि वामपन्थीहरु एक हुनुहोस् । सानातिना कुरामा विभाजित नहुनुहोस् । ८÷१० वर्ष अझै यतै विदेशमा बस्नुपर्छ होला । किनभने प्रवासमा बस्ने बानी प¥यो । नेपालमा कमाई धमाई गर्ने उपाय पनि छैन । आखिर बुढेसकालको उमेर मात्र नेपालमा होला जस्तो लाग्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित