भारतको लद्दाखलाई राज्यको मान्यता दिन माग गर्दै प्रदर्शन

काठमाण्डौ । भारतको लद्दाखमा लद्दाखलाई राज्यको मान्यता दिन र छैटौं अनुसूचीमा समावेस गर्न माग गर्दै प्रदर्शन भएको छ । प्रदर्शन हिंसात्मक बन्न पुगेको छ । प्रदर्शनमा चार जनाको ज्यान गएको छ भने ३० प्रहरी र सीआरपीएफका जवानसहित ७० जना घाइते भएको भारतीय संचार माध्यमहरुले जनाएका छन् । प्रदर्शनकारीहरुले दलको कार्यालयलाई पनि निशासा बनाएका छन् । प्रदर्शनकारीले लद्दाखमा रहेको भारतीय जनता पार्टीको कार्यालयमा पनि आगजनी गर्नुका साथै सवारी साधनहरुमा  आगजनी गरेका छन् । अहिले सरकारले कफ्र्यु आदेश जारी गरेको छ । पाँच जना भन्दा बढि हिड्न नदिएको बताइएको छ । लद्दाखमा २०२१ ,०२३ मा पनि आन्दोलन भएको थियो । नेपालपछि भारतमा पनि आन्दोलन चर्किन थालेको सामाजिक संजालहरुमा आएका छन् ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित