देशलाई युक्रेन वा भुटानजस्तो हुनबाट रोक्नु आजको आवश्यकता

काठमाण्डौ । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले देशलाई युक्रेन वा भुटानजस्तो हुनबाट रोक्नु आजको आवश्यकता रहेको बताएको छ ।राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक सन्तबहादुर नेपालीले २०९२ आस्वन १० गते प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् । राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको कार्यसम्पादन समितिको बैठक २०८२ आश्विन ८ गते बैठक बसी देशको समसामयिक विषयमा विभिन्न निर्णयहरु गरेको छ । बैठकले जेन्जी आन्दोलनमा मरेका ६ दर्जनभन्दा बढिको असामयिक निधन भएको प्रति श्रद्धाञ्जली अर्पण गर्दै तत्काल परिवारलाई क्षतिपूर्ति घाइतेहरुको उपचार तदारुकतासाथ गर्न माग गरिएको छ । बैठकले जेन्जी आन्दोलनको क्रममा भएको संसद, सिंहदरबार , सर्वोच्च अदालत लगायत संरचनाहरु जलेकोमा दुःखव्यक्त गरेको छ ।अहिलेको विषम परिस्थितिमा सबै देशभक्त,क्रान्तिकारी शक्तिहरुले देशलाई युक्रेन र भुटान हुनबाट जोगाउन लाग्नु पर्ने अहिलेको आवश्यकतामा जोड दिइएको छ ।विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ । “राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाल, कार्य सम्पादन समितिको बैठक२०८२ आश्विन ८ गते संयोजक सन्तबहादुर नेपालीको अध्यक्षतामा बस्यो । बैठकमा भएका छलफल तथा निर्णयहरु यसै प्रेस विज्ञप्तिद्वारा जानकारी गराइएको छ ।
१) सर्वप्रथम २०८२ भाद्र २३ र २४ गते जेनजी पुस्ता नेतृत्वको आन्दोलनमा ओली नेतृत्वको सरकारको प्रहरीले गोली प्रहार गर्दा ६ दर्जनभन्दा बढी होनहार नेपाली युवाहरुको शहादत भएकोमा उहाँहरुप्रति एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरियो । ओली नेतृत्वको सरकारले अन्धाधुन्ध गोली चलाउँदा सहादत प्राप्त गरेकाहरुलाई सरकारले सम्मान गर्दै तत्काल परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको उपचार गर्ने काम तदारुकताका साथ गर्न माग गर्दछ ।
२) जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलनमा गोली चलाउन आदेश दिने र गोली चलाउने दोषीहरु को थिए ? त्यसको सत्यतथ्य आयोगद्वारा छिटै सार्वजनिक गर्नुपर्छ र दोषीहरुलाई हदैसम्मको कार्वाही गर्नुपर्छ ।
३) जेनजी पुस्ताले अगाडि सारेका मागहरु मध्ये भ्रष्टाचार मुक्त देश थियो । त्यसकारण भ्रष्टाचारीलाई जोगाउन कै लागि सरकारले बर्बर, पाशविक तथा क्रुर दमन ग¥यो । अहिले पूर्व प्रधानन्यायधीश सुशिला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले सरकारमा वा बाहिर रहेका सबै भ्रष्टाचारीहरुको सम्पत्ति छानवीन गर्नुपर्छ, अवैध सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिनु पर्छ, त्यसप्रकारका भ्रष्टाचारीहरुलाई हदैसम्मको कार्वाही गरिनुपर्छ भनेर जेनजीले उठाएका मागहरु पूरा गरिनुपर्छ ।
४) मोर्चाको बैठकमा जेनजी आन्दोलनको सत्यतथ्यका आधारमा छलफल गरी समीक्षा गरिएको छ । देशमा अत्याधिक बढेको भ्रष्टाचारलाई रोक्न र सरकारले लगाएको सामाजिक संजालमाथिको प्रतिबन्ध हटाउन जेनजी पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनलाई विध्वंशकारी आन्दोलनमा रुपान्तरण गर्ने काम जेन्जीले नभएर साम्राज्यवादीहरुद्वारा संचालित गैर सरकारी संस्थाहरुले योजनाबद्ध प्रकारले तयार पारेका तालिम प्राप्त व्यक्तिहरुद्वारा गरिएको रिपोर्टहरु प्राप्त भएका छन् । त्यसको नेतृत्व समेत स्वघोषित कथित जेनजीले गरेको स्पष्ट भएको छ । भाद्र २४ मा जेनजीको नाममा घुसपैठियाहरुले सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका कैयौं भवनहरु आगजनी गरेकोमा यो बैठक दुःख प्रकट गर्दछ । देशमा नेपाली जनताले बलिदानीपूर्ण संघर्ष गरेर स्थापित गरेको उपलिब्धहरुलाई खोस्ने प्रयास भए पनि सेना, राष्ट्रपति र जेनजीको सहमतिले जनआन्दोलनका उपलब्धि समाप्त हुनबाट देश जोगिएको छ । तर अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले हाम्रो देशलाई चीन विरोधी केन्द्र बनाउन र देशको प्राकृतिक स्रोत साधन माथि कब्जा जमाउन वर्तमान सरकारलाई प्रयोग गर्न थालेका छन् । त्यसबाट देशमा अहिलेको अन्तरिम काल लम्बिने खतरा देखिएको छ ।
५) जेनजीको आन्दोलनले केहीचेतना ल्याएको छ । तर वास्तविक जेनजीको आवाजलाई दबाउने र उनीहरुलाई सरकारमा जान नदिने षडयन्त्र भै रहेको छ । उपलब्धिहरु खोसिन खतरा उत्पन्न भएको छ । यसमा जेनजी सचेत र सतर्क हुन आवश्यक छ । जेनजीको आन्दोलन यथास्थितिलाई कायम राख्न गरिएको होइन, देश अब अग्रगामी परिवर्तन तर्फ जानु आजको आवश्यकता हो ।
६) जेनजी आन्दोलन युवाहरुकोएउटा विद्रोह हो । उनीहरुले उठाएका विषयहरु गम्भीर छन् । ती विषयहरुलाई देशी विदेशी प्रतिक्रियावादी शक्ति केन्द्रहरुले आलटाल गरेर निस्तेज पार्ने सम्भावना बढेको छ । नेपालका देशभक्त, वामपन्थी, कम्युनिस्ट क्रान्तिकारी तथा संगठनहरुले आन्दोलनको समयमै नेतृत्व गर्न चुकेको हुनाले त्यो स्थानमा साम्राज्यवादीहरुले षडयन्त्र गर्ने अवसर पाएका छन् । देशभक्त तथा क्रान्तिकारी पार्टीहरुको अबको दायित्व भनेको सामन्तवाद तथा साम्राज्यवाद विरोधी आन्दोलनमा सबै एकजुट भई देशलाई युक्रेन वा भुटान जस्तो बन्नबाट रोक्नु हो । त्यसका लागि देशभक्त, वामपन्थी तथा क्रान्तिकारी शक्तिहरु देश र जनताका हितका लागि जनआन्दोलनका उपलब्धिहरु जोगाउने साझा विषयमा एक भई अहिलेको आन्दोलनलाई अग्रगामी दिशामा अगाडि बढाउन आवश्यक छ ।
७) बैठकले देश र जनताले माग गरे अनुसार सामन्ती प्रतिगमन र साम्राज्यवादी हस्तक्षेप तथा षडयन्त्रका विरुद्ध सबै कम्युनिस्ट घटकहरुबीच छलफल गर्ने र बलियो संयुक्त मोर्चा बनाउनु पर्ने आवश्यकता बारे छलफल ग¥यो ।
८) मोर्चाका दुई वटा घटकहरु नेकपा र अखिल नेपाल कम्युनिस्ट पार्टी बीच मिति २०८२÷५÷३० मा एकीकरण भई क. लोकनारायण सुवेदीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भएकोमा यो मोर्चा हार्दिक स्वागत गर्दछ । आगामी दिनमा अन्य क्रान्तिकारी पार्टी तथा व्यक्तिहरुबीच पनि एकीकरण तथा ध्रुवीकरणको प्रक्रिया अगाडि बढ्ने आशा र विश्वास प्रकट गर्दछ । ”

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित