मनु वि.क.
शरणार्थीको सन्तान उ
हेरिरहेछ माटोका कणहरुलाई
एउटा कुशल कुमालकिरीले जस्तै
यसका मसिना औंलाहरु
सल्बलाउन खोज्छन् तिनै कणहरुमा कहिले यता र कहिले उता
एसका तेजिला आँखाहरु
दगुर्नछन् सरर्र माटोमाथि
कणहरुको एकत्व नै त माटो हो ।
उसले त्यही कण कणमा देख्यो अनेक रङ
जब देख्यो अनेक रङ खुशीले ῾बुरुक्क᾿῾बुरुक्क᾿
हेर त जीवनमा आएको उमङग
उसले पु¥यायो त्यही रङ
आफ्नो कलिलो निधारभरि
जुन निधार अत्यन्त फाँटिलो माटोसरी छ
उसले पु¥यायो त्यही रङ
आफ्नो ओसिलो मुखभरि
त्यसपछि उसको अनुहार पहिला भन्दा उज्यालो बन्यो
अनि अनुहार अभूतपूर्व रसिलो बन्यो ।
उ त्यही रङसंग खेल्दा खेल्दै त्यही रङसँग भुल्दा भुल्दै
जीवनका कैयौं दुःखहरु काट्यो
रङ सँगै माया मोह साट्यो
र आफ्नो रातो रगत देख्यो उसले यो जगत देख्यो
र
लेखिएको देख्यो ῾शरणार्थी᾿
र दाँज्न खोज्यो लेखिएको रङ
आफूले निधारभरी लगाएको आफैले
निधारभरी लगाएको
आफैले पेटभरि खाएको रङभन्दा भिन्न छ
जुन माटोको कणसँग मेल खाँदैन
२०७५÷२ ÷२० काठमाण्डौ ।

