सरकार चलाउनेहरु नै भागीदार बन्नु पर्छ

टेकहरी न्यौपाने
कुनै पनि राष्ट्र चलाउन जुनबेला जसले जुन देशको राष्ट्रको बागडोर आफ्नो हातमा लिएको हुन्छ , त्यो राष्ट्रप्रमुख हुन्छ । अनि उसकै मातहतमा गतिविधिहरु चल्न,े राष्ट्रलाई चलायमान बनाउने ,नीति बीचमा उन्नति, प्रगति, दूर्गति सबै त्यही बाट शूरु हुन्छ । राष्ट्र प्रमुखले पाउने सुख सुविधा, यश ,आराम यति भयङकर हुन्छ कि जो जाँड रक्सी गाँजा चरेस ड्रग्स भन्दा पनि खतरनाक नसालु हुन्छ । शासकले त्यो सुविधाको नसामा डुबेर आफूले आफैलाई नचिन्ने अवस्थामा पुराइन्छि । अनि शासक दिन प्रतिदिन सुख सुविधा, ऐस ,आरामा, विलासताको नसामा चुर भएर उसले आफूले आफैलाई एक शक्तिशाली निकै नै ताकतबर आफू एक शक्तिशाली शूरवीर भएको ठान्दछ । भौतिक सुविधाले सम्पन्न भएको अघि पछि साइरन जडित गाडीको लावालस्कर आफू बस्दा हिँड्दा डुल्दा जता जे गर्दा पनि आफ्ना आदेश मान्न,े पाइलै पिच्छे सलाम हान्न,े सभा सम्मेलन गोष्ठी जहाँ जे गर्दा पनि जम्बो सुरक्षा देख्दा आफ्ना कार्यकर्ता आसेपासेहरुले ताली ,अबिर पुष्पगुच्छाले स्वागत पाई रहँदा मानौ उसलाई यस्तो भान हुन्छकि उसले आफूलाई आफैले म स्वयम् एक मसिहा हँु भन्ने ठान्दछ । अनि ऊ दिन प्रतिदिन सत्ता शक्ति र गुण्डाहरुको आडमा एक खुंखार हिंस्रक जनावरको जस्तो व्यवहार गर्न पुग्दछ । ऊ ए गैजेडी, एक ड्रकसी, एक शराबीको व्यवहारमा उत्रन्छ । जनताले उसलाई चुनेर, भोट दिएर , दुख कष्ट गरेर हामीहरुका सममस्या समाधान गरोस् , राष्ट्रको विकास गरोस भनेर मलाई चुनेर पठाएको हुन् मैले राष्ट्र र जनताको उन्नति, प्रगति, हक ,हितको काम गर्नु पर्छ भन्ने कुरा उसको दिमाग हृदयको कुनै एक कुनामा पनि रहँदैन । ऊ सुख सुविधा र विलाशिताको नसामा यसरी डुबेको हुन्छकि उसले खाली आफ्ना गुण्डा र झोले कार्यकर्ता,आफ्ना नातापाता बाहेक अरु केही देख्न सुन्न पनि सक्दैन । जनतालाई उल्लु जनावर सम्झिन्छ । आफू शक्ति , सुविधा ,गुण्डाको नसामा चुर नसेडी एक गजेडी, एक हिंस्रक जनावर जस्तो बनिसकेको हुन्छ । सत्ता र शक्तिको नसामा उ यसरी डुबेको हुन्छ कि बेला बेलामा उ भष्मासुर बनिदिन्छ । उ हिंस्रक जनावर भन्दा बढी हर्कतहरु देखाउन थाल्दछ ।सत्ता र शक्तिको नसामा चुर भएर राष्ट्रको हित विपरित आफूभन्दा शक्ति सम्पन्न राष्ट्रहरु सामु दलाली गर्न पुग्छ । जनतालाई दुःख कष्ट दिन थाल्छ । राष्ट्रलाई जनतालाई गुमराहमा राख्दछ । मुलुक र जनतालाई अनिर्णयको बन्दी बनाउन पुग्दछ । आफ्ना विरोधी हरुलाई गलत कार्यको विरोध गर्नेहरुलाई सत्ता र शक्तिको आडमा उन्माद मच्चाउँछ । झुठा मुद्दा लगाउने ,जेलनेल हाल्ने मार्ने निन्दनीय कार्यहरुलाई दिन प्रतिदिन बढाउँदै लैजाने गर्दछ । फलस्वरुप एक दिन त्यो जनताको आक्रोश यसरी फुट्छकि त्यो शासकहरुले कल्पना पनि गरेका हुँदैनन् । जब जनता विक्षिप्त भएर विकल्पको खोजीमा एक आँधी ,हुरी र ज्वारभाटा भएर निसिकन्छन् ,त्यसबेला उनीहरु ज्यान बचाउनको लागि भोको स्याल भागेजस्तै हैरानीका साथ भागिरहेका हुन्छन् । आक्रोशित जनताले उनीहरुलाई भेट्यो भने उनीहरुको बाँच्ने सम्भावना न्यून रहेको हुन्छ । उदाहरणकोलागि श्रीलंका ,बंगलादेशको राष्ट्रपति ट्यूनेसिया,मंगोलिया ,सर्विया,केन्या इण्डोनेशियाका आन्दोलनमा त्यहाँका शासकहरु जनताको आक्रोशमा भेटेको भए बाँच्ने सम्भावना न्यून नै रहन्थ्यो । त्यहाँका शासकहरु भागेर अन्य देशमा शरण लिन पुगे भने कुनै कुनैलाई सेनाहरुले उद्धार गरेर बचाएका घटनाहरु छन् ।

ठीक नेपालका शासकहरु पनि सत्ता र शक्तिको नसामा चुर भएर दिन प्रतिदिन एक नसेडी जस्तो एक् हिंस्रक जनावर जस्तो अहमकारी तानाशाह बन्दै गए । राष्ट्रघाती काम गर्दै गए । जनतालाई रैती सम्झन थाले । महंगी, कर, शिक्षा, स्वास्थ्य जस्ता जनता सँग प्रयत्न प्रत्यक्ष जोडिएका विषयहरुमा निकै नै क्रुर बन्दै गए । राष्ट्रघात, दलाली, भ्रष्टाचार, बलत्कार ,हत्या, हिंसा ,गुणडगर्दी घोटला वैदेशिक हस्तक्षेपले सीमा नाघ्यो । विभिन्न किसिमका विरोध आन्दोलन सरकारलाई खबरदारी गर्ने काम भए तर सरकार झ्न पछि झन् सत्ता र शक्तिको नसामा उन्माद हुँदै जनतालाई धम्काउने, विभिन्न बहानामा धरपकड गर्ने,झुटामुद्दा लगाउने ,अड्डा अदालतलाई आफ्नो अधिनस्त बनाउने ,राष्ट्रका सरकारी निकायहरुमा आ –आफ्ना कार्यकर्ता आसेपासेहरुको भर्ती केन्द्र बनाउन,े राष्ट्रको ठूला ठूला ओहोदामा बसेर हामीहरुलाई कसले छानबिनको दायरामा ल्याउन सक्छ ? केको छानविन ल छानविन गरेर देखाउ भनेर बोल्नै नहुने बोल्न नमिल्ने अभिव्यक्ति दिएर जनता र राष्ट्रलाई आक्रान्त पार्ने घृणित कामहरु सत्ता पक्षबाट भए ।

युवाहरुलाई बेरोजगार बनाएर विदेशिन बाध्य पार्दै राष्ट्र दोहन गरेर मन्त्री र सभासदहरुले मुलुकको धज्जी उडाए । यिनीहरुको विरुद्ध कसैलाई बोल्न नहुने गुण्डाराज बनाइदियो ।बेथिति विसंगतिले चरम सीमा नाघ्यो तर यिनीहरुको सतबुद्धी फिरेन । अति नै भैसके पछि २०८२ भदौको दोस्रो हप्ता युवा पुस्ताका माझ लोकप्रिय रेडिट ,टिक टक र डिस्कर्डमा केही भिडियोहरु भाइरल भयो । ती भिडियो नेताका छोराछोरीहरुको विलाशिता जीवनशैली , सामाजिक संजालमाथिको नियन्त्रण लगायत विरुद्ध थिए । त्यही समय नेपो बेबी ट्रेन्डस पनि शुरु भयो । जुन टिकटक र रेडियटमा फैलियो । यही भर्चुअल आक्रोशलाई सडकमा उतार्न केही युवाहरुले २०८२ भदौ २३ गते माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरे। त्यही बेला सरकारले फसेबुक लगायत सामाजिक संजाल बन्द गर्ने घोषणा ग¥यो ।त्यसपछि भ्रष्टाचार र सामाजिक र सामाजिक संजाल प्रतिबध विरुद्ध जेनजी युवाहरु सन् १९९७ देखि २०१२ सम्म जन्मिएका सडकमा उत्रिए । काडमाण्डौ केन्द्रित जेनजी युवाहरुको प्रदर्शन एकैदिन देशैभर फैलियो । तर सरकारले दमन गर्दा एकै दिन १९ जनाको ज्यान गयो भने करिब ४ सय जना घाइते भए । दोस्रो दिन भौतिक संरचना ध्वस्त भए । युवाहरुको दुइ दिनको आन्दोलनले निवर्तमन प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन बाध्य बनायो । नेताहरुको भागाभाग भयो । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भयो । सुशीला कार्कीको अन्तरिम सरकारको गठन भएको एक महिना नबित्दै फेरी सत्ताका नसेडीहरुले सामाजिक संजाल मार्फत विभिन्न आपत्तीजनक टिप्पणी गर्दै आएका छन् । यसमा अग्रश्रेणीमा एमाले नेता भनिने महेश बस्नेत रहेका छन् । पालै पालो सत्ताको तर मारेका राष्ट्रका सत्तासिन पार्टीहरुले गरेको चरम भ्रष्टाचार राष्ट्रदोहन र अकुत सम्पत्तिको छानविन हुनुपर्छ ।

अहिले मुलुकले बेहोरेको क्षति तीनै एमाले ,नेपाली कांग्रेस माओवादी केन्द्रका क्रियाकलापले गर्दा भएको हो । भलै यसमा विभिन्न किसिमको घुसपैठ किन नहोस यसको कारक तत्व यिनै सत्तामा हालीमुहाली गरेका पार्टीहरुको अहमताले यिनीहरुको व्यवहार,यिनीहरुको दादागिरीको परिणामले गर्दा भएको क्षति हो । यसको जिम्मा यिनै पार्टीहरुले लिनु पर्दछ । यो राष्ट्रले व्यहोरेको नोक्सानीको भरपाइ यिनीहरुको अकुत सम्पत्ति राष्ट्र दोहन गरेको, यिनीहरुको कालोधन निकासा गरी यो भरपाइ यिनीहरुबाट नै भराइनु पर्दछ । पाँच पाँच पटक प्रधानमन्त्री बनेका शेरबहादुर ,चार चार पटक प्रधानमन्त्री बनेका केपी शर्मा ओली र तीन तीन पटक प्रधानमन्त्री बनेका प्रचण्डहरुले नै यसको जिम्मा लिनु पर्दछ । जनधनको क्षतिको भरपाई यिनीहरुबाट नै गराइनु पर्दछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित