हाइकु

रामबहादुर बुढा

मामाको घोडा
मेरो हिं हिं बेताल
चरित्र त्यस्तै

जनसंघर्ष
कठोर मेहनत
क्रान्तिको जग

कालो बादल
रिमझिम वर्षात्
कृषक खुशी

कति अप्ठ्यारो
तिम्रो हाम्रो जिन्दगी
भीरको रुख

शत्रुको खेल
घरमै जुधाउने
सजग होऊ

कालो बादल
मुसलधारे वर्षात
कुँडा खँलास

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित