लक्ष्मी न्यौपाने
जिरोबाट शुरु हुन्छ हाम्रो महान यात्रा – २
महिलामाथि शोषणका रुपहरु थरी थरी
जुन देशमा बसे पनि हामी सबै बराबरी ।
जिरोबाट शुरु …
विश्वभरि छरिएका श्रमजीवि महिलाहरु
एकताको निम्ति बढाऔं दर्बिला यी पाइलाहरु
जिरोबाट शुरु हुन्छ …
वतावरण खत्तम पार्ने ,विश्वभरि युद्ध छर्ने
हिम्मत गरौं जनहरु पूँजीवादी सत्ता फेर्ने
जिरोबाट शुरु हुन्छ …
साम्राज्यवादी शोषण विश्वबाटै फाल्न उठौं
मानवमाथि हुने विभेद ,कानुनहरु बाल्न उठौं
जिरोबाट शुरु हुन्छ …..
0000000000
Comments

