कतार सरकारलाई प्रदान गर्न लागिएको हात्तीको विदाइ

काठमाण्डौ । नेपाल सरकारले कतार सरकारलाई उपहार स्वरूप प्रदान गर्न तय भएका दुइ हात्तीहरुको चितवन राष्ट्रिय निकुञ्जस्थित बासस्थानबाट विदाइ गरिएको छ । खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई विदाइ गरिएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई २०८२ मंसीर २९ गते बिदाइ गरेको हो । नेपाल सरकारले पुस भोलि गते भैरहवामा नेपाल सरकारले कतार सरकारलाई औपचारिक रूपमा हात्ती हस्तान्तरण गर्ने जनाएको छ।
हात्तीलाई आवश्यक पर्ने हावापानी अनुकूलता र ढुवानी समेतलाई मध्यनजर गरी हात्तीलाई भैरहवाबाट हस्तान्तरण गर्न लागिएको हो। खगेन्द्रप्रसाद र रूद्रकलीलाई चितवनबाट ट्रकमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पु¥याइने र भोलि कतार एयरवेजको चार्टर फ्लाइटबाट सिधैँ कतार लगिने छ ।
कतार पठाउन लागेका खगेन्द्रप्रसाद भाले हात्ती छ वर्षको र रुद्रकली पोथी हात्ती सात वर्षका छन्। २०८१ वैशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको औपचारिक भ्रमणका बेला नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने जनाएको थियो। सोही अनुसार जोडी हात्ती कतारलाई प्रदान गर्न लागिएको हो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित