काठमाडौं । ब्राजिलको गुआइबा शहरमा शक्तिशाली आँधी आएको छ । १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको हो । आँधी प्रतिघण्टा १८० देखि २५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको थियो । आँधीका कारण ६ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएको समाचारहरुमा बताइएको छ ।
आँधीका कारण रियो बोनिटो डोइगु आकु शहर नराम्ररी प्रभावित भएको छ । आँधीका कारण घरहरु भत्किएका छ् , सडक अवरुद्ध भएको छ । ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेको छ । अमेरिकाको न्युयोर्क शहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिबिम्बको रुपमा रहेको स्ट्याचु अफ लिवर्र्टी ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन ।
Comments

