महिलाहरू उत्पीडनबाट मुक्तिका लागि माओको शिक्षाको सान्दर्भिकता : शारदा महत

(माओ दिवसका सन्दर्भमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्बद्ध क्रान्तिकारी महिला संगठनकी सहसंयोजक शारदा महतको मन्तव्य)

कामरेड माओले महिलाहरूको शोषण दमनको कारण बताउनुभएको छ। महिलाहरूको शोषण , दमन र उत्पीडनको मुख्य कारण भनेको सामन्तवाद हो। हामीलाई माओले यो कुरा स्पष्ट गर्नुभएको छ। मा्ओले महिला उत्पीडनको अर्को कारण पितृसत्तावाद हो भन्नुभएको छ। पितृसत्तावादले महिलाहरूलाई सम्पत्तिको अधिकारबाट वञ्चित गराउँदछ। राजनीतिक नेतृत्वमा आउन नदिनको निम्ति छेकबार गर्दछ । सामाजिक रुपमा बहिष्कृत गर्दछ। आज नेपाली महिलाहरुले पनि पितृसत्तावादको उत्पीडनभोगिरहेका छन् । महिलाहरू उत्पीडनबाट मुक्तिका लागि माओको शिक्षाको सान्दर्भिकता अहिले पनि उत्तिकै छ ।

आज धेरै राजनीतिक दलहरूले आफूले महिलाको निम्ति , सर्वहारा वर्गको निम्ति काम गरिरहेको दाबी गर्दछन्। तर व्यवहारमा उनीहरुले यही संसदीय तथा प्रतिक्रियावादी व्यवस्थालाई मलजल गर्ने काम गरिरहेका छन्। कसले के भन्छ भन्ने कुरा मुख्य कुरा होइन, मुख्य कुरा त के हो भने उसले सिद्धान्तमा कुन वर्गको पक्ष लिएको छ र व्यवहारमा उसले के गरिरहेको छ, हामीले हेर्नुपर्ने मुख्य कुरा त्यो हो ।

माओले क्रान्तिकालमा चीनका महिलाहरूलाई अग्रपंक्तिमा उभिएर सङ्घर्षको मैदानमा लड्नको निमित्त प्रेरित गर्नुभएको थियो। उहाँले महिलाहरूलाई नेतृत्वदायी भूमिकामा ल्याउनुभएको थियो। यहाँ नेपालको सन्दर्भमा कुरा गर्दा नेपालका हरेक जनआन्दोलन र संघर्षहरूमा ऐतिहासिक जनयुद्धमा महिलाहरूको अतुलनीय योगदान रहेको छ। हजारौं हजार महिलाहरुले जनयुद्धमा बलिदानी दिएका छन् ा हजारौँ महिलाहरू घाइते अपाङ्ग भएका छन्। केही महिलाहरू सत्तामा पुगेका तर यो व्यवस्थामा र यो सत्तामा पुगेर मात्र महिलाहरूको मुक्ति हुनेवाला छैन। महान जनयुद्धले धोका खाएको छ र यसपटकको जेन्जी आन्दोलनमा पनि युवाहरूले जे अपेक्षा राखेको थिए त्यो अपेक्षा पूरा भएको छैन। जेन्जी आन्दोलनमा सुशासन र भ्रष्टाचारको अन्त्यको माग राखिएको थियो। तर प्रतिगामी र वैदेशिक शक्ति केन्द्रहरूको घुसपैटका कारण त्यो आन्दोलनलाई तुहाउने काम भएको छ र त्यो आन्दोलनलाई तुहाएर यहाँ साम्राज्यवादी र विस्तारवादीहरूको कठपुतली सरकार गठन गरिएको छ । निर्वाचनबाट जनताका समस्या समाधान हुन्छन् भनेर यो कठपुतली सरकारले जनतालाई भ्रम दिइरहेको छ।

यहाँ युवाहरूलाई राजनीतिको काम छैन दलहरूको पनि काम छैन भन्ने पाठ सिकाउने गरिएको थियो। तर यो आन्दोलनले युवाहरुलाई राजनीतिमा तानेको छ। यो सकारात्मक कुरा हो। जेन्जी आन्दोलनले कनै पनि आन्दोलन वा क्रान्ति सम्पन्न गर्नका लागि एउटा सही विचार भएको राजनीतिक दलको आवश्यकता हुन्छ भन्ने कुरा पनि पाठ सिकाएर गएको छ।

यहाँ नयाँ नयाँ पार्टीहरू जन्मिएका छन्। तर उनीहरूले यही व्यवस्थाभित्र समस्याको समाधान खोजेका छन्। यो प्रतिक्रियावादी व्यवस्थाको चौघेरा भित्रबाट समस्याको समाधान हुनेवाला छैन।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित