भोलि के हुने ?

“वर्लिनको चिडियाखानमा रहेका जनावरहरु यति भोका थिए कि तिनीहरु कराएर बर्लिनलाई नै कोलाहपूर्ण बनाउँथे । सिंहहरु र बाघहरुको गर्जन, व्याँसाको कुल्र्याई आदि सबैले बर्लिन शहरलाई नै एउटा जंगल तुल्य हुनु परेको थियो ।” यो टिप्पणी सन् १९२३ को जर्मनीको स्थितिलाई लक्षित गरी अमेरिकाको एक साप्ताहिकले गरेको थियो ।
महंगी, अभाव र गम्भीर आन्तरिक अव्यवस्थाको कारणले जर्मनहरु यति साह्रै प्रताडित भए कि उनीहरुले आफ्नो भाग्य र नियति हिटलरलाई जिम्मा लगाउनु प¥यो । आज यस खालको स्थिति अर्थात् सन् २० को दशकको जर्मनीको जस्तो स्थिति संसारका अधिकांश देशहरुमा मौजुद छ ।
अभाव महंगी, शोषण अन्याय, अत्याचार चरम चुलीमा पुगेको हुनाले ट्युनिशियामा विशाल दंगा फसादहरु भइरहेका छन् । नाइजेरियामा यसै कारणले गर्दा नै सगारीलाई हुत्याएर सैनिकहरुले सत्ताको लगाम समाउन सफल भएका छन् । भारतमा आसाम आन्दोलन, खालिस्तानको माग आदि सबैको तात्पर्य पनि बिग्रँदो सामाजिक, आर्थिक स्तरलाई जड मान्न सकिन्छ ।
यसरी विश्वका अन्य भागलाई टटोल्दा, अशान्तिका ज्वालाहरु एकाएक विकसित भएको देख्दा, विद्यमान अवस्थाहरु नै देशमा मौजुद रहेको अवस्थामा केहीसमयपछि हाम्रो देश नेपाललाई सन् २० को जर्मनी संघ तुलना गर्न नमिल्ला र अशान्तिका ज्वाला एका एक नउठ्लान भन्न सकिंदैन । सत्तामा बसेर राजस्वको तर मार्ने, फोस्रा हल्का कुराहरु मात्र गरेर जनतालाई भू भूलैयामा पार्ने जस्ता निम्न कोटीका कार्यहरु मात्र सत्ताधारीहरुबाट हुँदै आएका छन् । सूर्यबहादुर थापा हटेर चन्द मन्त्री परिषद्ले कार्यभार सम्हालेर जे जति आश्वासनहरु जनतालाई दिएको थियो एक प्रतिशतले पनि कार्य रुप पाउन सकेका छैनन् र अधिकांश जनताले केही होला भनेर आशान्वित हुन पनि छोडी सकेका छन् ।
देशको वर्तमान बिग्रँदो स्थिति अर्थात् भोका नांगा, जनताहरुको विकराल समस्याले सत्ताधारीहरुको लागि “राइटिङ अन द वाल” “बुझुनु पर्ने” हो, यसलाई नजरान्दाज गर्दा भोलि देशले कुन करवट लिन्छ भन्न सकिंदैन ।
(वर्ष १, अंक १२, २०४० पौष २० मा प्रकाशित सम्पादकीय स्तम्भ)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित