यो चुनावी नौटंकीको पछि लाग्नु आवश्यक छैन

रुद्र फुुयाँल

सोलुखुम्बु जिल्ला इन्चार्ज,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल

(क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले २०८२ माघ ३ गते सोलुखुम्बुमा आयोजना गरेको पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका सोलुखुम्बुु जिल्ला इन्चार्ज रुद्र फुुयाँलले राखेको विचार )

 

केन्द्रबाट हामीले तीन चरणको कार्यक्रम बनाएका छौं। माघको ५ गतेसम्म एउटा चरण, माघको २५ गतेसम्म अर्को चरण र माघ २५ पछि अन्तिम र तेस्रो चरणको कार्यक्रम बनाएका छौं । हामीले केन्द्रमा ६ वटा घटकको बीचमा बहिष्कार आन्दोलनलाई अगाडि बढाउनका लागि संयुक्त मोर्चा बनाएका छौं। जसमध्ये यो सोलुखुम्बु जिल्लामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी गरी दुईवटा पार्टीहरु क्रियाशील छन् ।

उत्पन्न परिस्थितिमाथि विचार गर्दा अहिलेको परिस्थिति निर्वाचनको होइन । अब बाम घटकहरूको भनाइ के हो त भन्दाखेरि देशभक्त, जनवादी र अन्य पक्ष सबैको समेत अपनत्व हुने गरी एउटा संयुक्त सरकार बनाउने र त्यो संयुक्त सरकारले उपयुक्त समयमा निर्वाचन हुनुपर्छ भन्ने हो। अहिले अन्तरक्रिया छलफल वार्ताबाट एउटा उपयुक्त निष्कर्ष निकालेर देशलाई निकास दिनुपर्दछ भन्ने ६ बाम घटकले निर्माण गरेको केन्द्रीय संयुक्त संघर्ष समितिको निष्कर्ष हो।

यो निर्वाचन नियमित तालिका अनुरुपको निर्वाचन पनि होइन। र यो निर्वाचनमा यति धेरै पैसा खर्च हुन्छ । हिजैको घटनालाई हेर्नुस्, नेपाली कांग्रेस आफूलाई अत्यन्त लोकतान्त्रिक पार्टी भनेर दाबी गर्छ । तर त्यो पार्टीमा यति ठूलो विग्रह यति ठूलो असन्तुष्टि किन आयो ? यहाँ निर्वाचन गराउने भन्दा पनि निर्वाचन नगराउने र देशलाई भाडभैलो तर्फ लैजाने, देशमा अस्थिरता सिर्जना गर्ने काम भइरहेको छ। यो सबै कुरालाई विचार गरेर हामी ले केन्द्रीय समिति संघर्ष समितिको तर्फबाट यो निर्वाचन बहिष्कार गर्ने निष्कर्षमा पुगेका हौ ।

कांग्रेस मात्र होइन अन्य पार्टीहरू पनि एक वा अर्को रुपमा त्यो दिशामा जाने लक्षण हामीले देखेका छौं । यदि अमेरिकी साम्राज्यवादले उसले आफूले चाहेजस्तो कठपुतलीलाई यहाँ विजय गराउन सम्भव नहुने देख्यो भने उसले यो चुनाव पनि हुन दिनेवाला छैन। यस्तो परिस्थितिमा हामी यो चुनावी नौटंकीमा लाग्नु उपयुक्त हुँदैन र आजको आवश्यकता भनेको संयुक्त राष्ट्रिय सहमतिको स्वाधीन संयुक्त सरकार हो भन्ने हाम्रो भनाइ हो।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित