काठमाडौं । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति र चेन्नैका चारवटा नगर समितिको संयुक्त रुपमा सम्मेलन हुन गइरहेको छ । सम्मेलन आगामी २०२६ मार्च ७ र ८ गते हुँदैछ । यो सम्मेलन सफल पार्न उक्त समितिहरुद्वारा सम्पूर्ण रुपमा सहयोग गर्न र उपस्थित हुन अनुरोध गरिएको छ । संयुक्त रुपमा पर्चा प्रकाशित गर्दै सो अनुरोध गरिएको हो । पर्चाको पूर्ण विवरण यसप्रकार छ ः
“संसारका मजदूर एक हौं,
राष्ट्रिय स्वाधीनताको अभियानलाई सहयोग गरौ,
दक्षिण भारत क्षेत्रीय समिति र नगर समिति चेन्नैको सयुक्त सम्मेलन भव्य रूपमा सफल पारौ
अपील
आदरणीय न्यायप्रेमी जनसमुदायहरू,
भारतमा कार्यरत आम नेपाली मजदूरहरूको अभिभावकीय संगठन अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिको १० औ र चेन्नैका चार वटा नगरको १७ औ सम्मेलन सयुक्त रूपमा आगामी दिनांक ७ र ८ मार्च २०२६ का दिन चेन्नैमा हुन गैरहेको खुशीको सन्देश लिएर तपाईहरू समक्ष उपस्थित हुन पाउँदा हामी गौरवको अनुभूति महशुश गरिरहेका छौं ।
अखिल भारत नेपाली एकता समाजको स्थापना ७ नोभेम्बर १९७९ मा भएको थियो । संगठन भारतभरी विस्तार गर्ने क्रममा १९८० दक्षिण भारतमा पनि स्थापना भएको थियो । नगर समितिहरूको विस्तारसँग सँगै दक्षिण भारत क्षेत्रीय समितिको पनि गठन गरियो । समाजले आफ्ना ऐतिहासिक कदमलाई निरन्तर रूपमा अगाडि बढाउने क्रममा अहिले हामी चेन्नै नगरहरूको १७ औं र दक्षिण भारत क्षेत्रीय समितिको १० औ सम्मेलन संयुक्त रूपमा चेन्नैमा गर्न गहिरहेका छौं । १८१६ को सुगौली सन्धिदेखि नेपालीहरू भारतमा रोजगारीको लागि आउन थालेको इतिहास छ । अहिले पनि लाखौं नेपालीहरू भारतमा सरकारी तथा गैर सरकारी संस्थामा कार्यरत छन् । यति ठूलो जनशक्ति विदेशीनुको मूल कारण देशमा रहेको विमान दलाल पुँजीपति वर्गको राज्यसत्ता नै हो । भारतमा विगतमा सराकरी नोकरीको अवसर प्रशस्त हुने गर्दथ्यो भने अहिले नेपालीहरूले सरकारी नोकरीका त कुरै छोडौं गैर सरकारी नोकरी पाउन पनि मुश्किल हँुदै गएको छ । एकातर्फ आधार कार्डलाई अनिवार्य बनाएको छ भने अर्कोतर्फ विना फ्रुफ आधार कार्ड बनाउन सकिंदैन जसले गर्दा भारतमा रोजगारीको अवसर न्यून हँुदै गएको छ । भारतमा रोजगारी तथा अध्ययनको लागि आउने नेपालीहरूलाई भारतका कैयौं स्थानमा प्रशाशनको आडमा असामाजिक तत्वहरूले लुटपाट, दुव्र्यवहार, अन्याय, अत्याचार तथा जघन्य हत्या समेत गर्ने गर्दछन् । हाम्रो समाजले आफ्नो स्थापनाकालदेखि नै भारतमा रहेका आम नेपाली मजदूरहरूका हकहित र सुरक्षाको प्रत्याभूत गर्ने विषयमा हमेशा अग्रपंत्तिमा रहेर अभिभावकीय भूमिका खेलिरहेको कुरा सबैलाई अवगत भएकै छ । भारतमा रहेका आम नेपाली जनताको चराईरहेको घाउमा मलाम–पट्टी गर्दै आएका कैयौं उदाहरण छन् । विदेशिएका नेपालीहरूलाई मातृभाषा संस्कृतिको ज्ञान गराउँदै देशभक्ति भावनाको विकास गराउन, कुलतमा जानबाट बचाउ र कुलतको प्रभावमा परेकालाई सुधार गर्न, बेरोजगारीलाई रोजगारीको व्यवस्था मिलाउन, हराएका, अलपत्र–असाहयहरूलाई आवश्यक सहयोग गर्न, पारिवारिक झैझगडा, आपसी लेनदेन मिलाउन, विभिन्न कारणले दुःखद निधन हुनेहरूका परिवारलाई सान्तवना दिंदै घटनाको निश्पक्ष तथा न्यायीक छानवीन, उचित क्षतिपूर्ति र दोषीलाई कडा कार्वाहीको माग गर्न, स्थानीय जनतासँग मैत्रीपूर्ण तथा सुमधुर सम्बन्ध बनाउँदै १९५० को सन्धिका तहत नेपालीहरूले प्राप्त प्रदत्त अधिकार बचाउन लगायतका समस्या समाधान गर्न सम्बन्धित सरकारी निकाय, नेपाली दूतावास र नेपाल सरकारका प्रधानमन्त्रीलाई भेटघाट गर्ने काममा अखिल भारत नेपाली एकता समाजले उल्लेखनिय भूमिका खेलिरहेको कुरा दिनको घाम झै छ । अर्को तर्फ नेपाली जनताका नैसर्गिक हक र अधिकारहरू विशेषतः विदेशस्थित नेपालीहरुले आफ्नो कार्यस्थलबाटै स्वदेशमा हुने निवार्चनमा मतदान एवं संसदमा समानुपातिक प्रतिनिधित्वको अधिकार सुनिश्चितताको माग, देशको राष्ट्रियता, अखण्डता र सार्वभौमिकताको सुरक्षाको लागि चल्ने न्यायपूर्ण आन्दोलनको पक्षमा आर्थिक, नैतिक तथा भौतिक सहयोग गर्न अखिल भारत नेपाली एकता समाज हमेशा अग्रपंत्तिमा रहँदै आएको छ । विभिन्न समयमा संगठनको गरिमामय छवि र एकताको मर्मलाई अवसरवादी दलाल, मध्यपन्थी तथा असामाजिक तथा फुटपरस्त तत्वहरूले कमजोर पार्न नखोजेका हैनन् तर जनताको न्यानो मायामा झाँगिदै गएको हाम्रो जनपक्षीय संगठन अखिल भारत नेपाली एकता समाजले त्यसप्रकारका तत्वहरूलाई समयमै पहिचान गरी उनीहरुसँग राजनैतिक, वैचारिक तथा सैद्धान्तिक रूपमा निरन्तर रूपमा सम्झौताहीन संघर्ष गर्दै आएको छ ।
आदरणीय न्यायप्रेमी जनसमुदायहरु,
देशमा गणतन्त्र आएपछि जनताले सुशासन, समृद्धि र विकासको अनुभूति गर्ने छन् भन्ने आशा निराशामा परिणत भएको छ । प्रमुख राजनैतिक पार्टीहरूले जनभावना विरूद्ध काम गर्नाले भाद्र २३ र २४ गते जेनजीले भ्रष्टचारको विरोध र सोसल मिडियाको पुनस्र्थापना गर्नको लागि शान्तिपूर्ण आन्दोलन गरेका थिए । तर जननिर्वाचित एमाले कांग्रेसको गठबन्धन सरकारले जेनजीमाथि निर्मम दमन गरी दर्जनौ जेनजीको हत्या गर्ने काम भयो । दर्जनांै घाइते हुनुका सयांै गिरफ्तारीमा परे । सरकारको यस प्रकारको पासविक याताना र हत्या जस्ता घटनाले जेनजी आन्दोलनलाई आगोमा घ्यु थप्ने (ँगभष्लिन तजभ ाष्चभ) काम ग¥यो जसको परिणा स्वरूप देशमा २ दिनमै कांग्रेस एमालेको सरकारका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर सैनिकहरूको सहारा लिन बाध्य भए । अर्को तर्फ जेनजी आन्दोलन अमेरिका र भारतको इसारामा एनजिओ, आईएनजिओको घुसपैठ गराई व्यक्तिगत तथा राष्ट्रिय सम्पतिमाथि विध्वंस र आगजनी गर्नुका साथै हजारांै कैदीहरू जेलमुक्त गराएर देशलाई प्रतिगमनतर्फ धकेल्ने काम गरियो ।
देशको सुरक्षामा खटेको सेना मूकदर्शक भएर बस्यो । देशी विदेशी शक्ति केन्द्रको इसारमा सुशीला कार्कीको कठपुतली सरकार गठन गरेर केवल निर्वाचनको अवधि छोटाउने काम गरियो । जेनजी आन्दोलनको मूल मर्म भ्रष्टचार निर्मूल गर्नु थियो । तर जेनजीहरूमा संगठित संगठन, अनुभवी नेतृत्व र एकता नहुनका कारण जुन उद्देश्यले आन्दोलन गरियो त्यो उद्देश्य तर्फ देश जान सकिरहेको छैन । सुशीला कार्कीको सरकारले पनि देश र जनताको चाहाना र मर्म अनुसारको शासन व्यवस्था कायम गर्न सक्दैन र यो सरकारले गराउने निर्वाचनले पनि उनै पुराना भ्रष्टहरूको पुनरागमन हुने निश्चित छ । तसर्थ फागुन २१ मा हुने निर्वाचनको बहिस्कार गर्दै देशलाई निकास दिनको लागि राष्ट्रिय स्वाधीन सरकार गठन गर्नु पर्दछ । देशमा बेरोजगार र महंगी, लुटपाट, हत्या हिंसा, बलात्कार, असुरक्षा, सहकारी ठगी, शरणार्थी काण्ड, लगुवित्त र मिटरव्याज जस्ता मनपरीतन्त्रले जनताको ढाड सेकिरहेको छ । जनताको पक्षमा न्याय हराउँदै गएको छ भने दण्डहीनता मौलाउँदै गएको छ । अर्कोतर्फ राष्ट्रिय कलकारखानाहरु धरासायी पारिएको छ । प्राकृतिक साधन श्रोत र नदीनाला कौडीको भाउमा बिक्री गरिएको छ । संघीयताका कारण हाम्रो राष्ट्रिय अखण्डता खण्डित हुने सन्त्रास झनै बढदै गएको छ । सिमा अतिक्रमण भएको छ । विद्यार्थीहरू उच्च शिक्षाको लागि धमाधम विदेशिईरहेका छन् । युवाहरू दिनानु दिन विदेशीनु र शहरीकरणले गर्दा देशका खेतीयोग्य जमिन बञ्जर भूमिमा परिणत हँुदै छन् । देशको आर्थिक अवस्था भ्रष्टचारमा जकडिएको छ । सरकार प्रमुख नै भुटानी शरणार्थी र भिजिट भिषा जस्ता काण्डामा मुछिनुले देशको वदनाम भएको छ । देश रेमिट्यान्सको भरमा चल्न पर्ने दर्दनाक आवस्था छ । अर्कोतर्फ धर्मनिरपेक्ष विरूद्ध हिन्दू मुसलमानको वीच विवाद गराएर तराइ क्षेत्रमा साम्प्रदायिक द्वन्द्व फैलाउने कुचेष्ट गरिएको छ । हाम्रो देश अर्धऔपनिवेशिक र अर्धसामन्ती विशेषता सहितको नवऔपनिवेसिक अवस्थामा भएको हुनाले हामी राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकता प्रति सदा चेतनशील र संवेदनशील हुन आवश्यक छ ।
आज अमेरिकी साम्राज्यवाद महाशक्तिको रूपमा उदाएको छ । आफ्ना अत्याधुनिक आणविक शक्तिको वलमा विश्वमा एकातिर आतंकवाद तह लगाउने बहानामा अनावश्यक युद्ध लाद्ने र आफ्ना हातहतियार विक्री गर्ने अर्को तिर सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरूलाई सामारिक एवं आर्थिक सहयोग गर्ने प्रलोभन देखाइ सियो बनेर पस्ने मुशल बनेर निष्कने साम्राज्यवादी नीति रहेको छ । जस्को ज्वलन्त उदाहरण युक्रेन र भेनेजुएलालाई लिन सकिन्छ । अमेरिकाले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै ३ जनवरी २०२६ का दिन भेनेजुएलामा माथि सैनिक आक्रमण गर्नुका साथै निर्वाचित राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नीलाई अपहरण गरी अमेरिका लगेर बन्दी बनाएर भेनेजुएलामा आफ्नो कठपुतली सरकार गठन गर्ने तयारीमा छ । यो घटनाले विश्वका सार्वभौमसत्ता सम्पन्न राष्ट्रहरू आतंकित र शसंकित बनेका छन् किनभने अव कोही पनि देश सुरक्षित नहुने नजिर बन्ने छ । अमेरिकाले युक्रेन र भेनेजुएलालाई सहयोग गर्ने वहानामा त्यहाँको तेल र बहुमुल्य धातु आफ्नो अधिनमा बनाएर साम्राज्यवादी अभिष्ट पूरा गर्ने योजना हो भन्नेमा कुनै दुइ मत छैन । अमेरिकाले चीनलाई पनि घेरावन्दी गर्नको लागि ईन्डोप्यासीफिक रणनीति अन्तर्गत एसियाका कतिपय असंलग्न परराष्ट्र नीति भएका देशहरूलाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (ःऋऋ) मार्फत् विभिन्न आर्थिक तथा सामारिक प्रलोभन देखाएर आफ्नो साम्राज्यवादी रणनीतिमा सामेल गराउन चाहान्छ । त्यसको ज्वलन्त उदाहरण नेपालमा ःऋऋ लागु गराउनु हो । साम्राज्यवादी देशहरुका बीचमा चलिरहेको अस्वस्थ आणविक प्रतिस्पर्धाका कारण वातावरणमा गम्भीर समस्याहरु परिरहेका छन् । साम्राज्यवादीहरूको मुनाफा कमाउने होडवाजीले गर्दा आज पर्र्यावरण यति प्रदुशित बन्दै गइरहेको छ जसका कारण सम्पूर्ण मानव जातिकै जीवन संकटमा पर्दै गइरहेको छ । जसको ज्वलन्त उदाहरण जलवायु परिवर्तन हो । यसलाई रोक्न हामी पनि लाग्नु पर्दछ ।
आदरणीय न्यायप्रेमी जनसूदायहरु,
अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय तथा चेन्नैका नगरहरूको संयुक्त सम्मेलनले भारतस्थित नेपालीहरूका लागि मात्र नभै राष्ट्रको लागि पनि ठूलो महत्व राख्ने छ । हाम्रो संगठनले सम्मेलनको सन्दर्भमा राष्ट्रिय स्वाधीन सरकार गठनको अभियानलाई सहयोग गरांै दक्षिण भारत क्षेत्रीय समितको १० औं र नगर समिति चेन्नैका १७ औं संयुक्त सम्मेलन भव्य रूपमा सफल पारांै भन्ने मूल नारा तय गरिएको छ । उक्त नाराले भारतमा कार्यरत आम नेपालीहरूको मूल मर्मलाई प्रतिनिधित्व गरेको छ । आगामी ७ र ८ मार्च २०२६ चेन्नैमा हुन गैरहेको संयुक्त सम्मेलन सम्मेलनको उद्घाटन समाजका केन्द्रीय अध्यक्ष आनन्द थापाले गर्नु हुने छ भने विशिष्ट अतिथि समाजका केन्द्रीय सल्लाकार सदस्य कृष्ण केसी जी रहनुहुने छ । तसर्थ सम्मेलनलाई शान्दार रूपमा सफल पार्न व्यापक प्रचार प्रसार सहित समयमा नै उपस्थित हुनको लागि आयोजक समिति हार्दिक अनुरोध गर्दछ ।”
Comments

