बेङ्गलोर । अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत विद्यार्थी संघको चौथो भेला र रक्तिम सांस्कृतिक नगर विभागको पाँचौं भेला संयुक्त रूपमा १ फेब्रुअरी २०२६सम्पन्न भएको छ।
भेलाको सञ्चालन विद्यार्थी संघ कि सचिव नविना दयालले गर्नु भएको थियो भने अध्यक्ष सांस्कृतिक विभाग कि सरिता वि.क.ले गर्नुभएको थियो। भेलाका प्रमुख अतिथि रक्तिम सांस्कृतिक केन्द्रीय विभागका संयोजक रामसिंह विक विद्यार्थी संघ कि केन्द्रीय सदस्य प्रतिभा वि. क. रहनु भएको थियो। भेलामा विशेष अतिथि अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष किसन बहादुर, केन्द्रीय अतिथि धर्म राम विक, केन्द्रीय सदस्य सेर बहादुर दयाल, केन्द्रीय सदस्य गणेश विक, केन्द्रीय सदस्य शेरसिंह विक, केन्द्रीय सदस्य ज्ञानमती विक, केन्द्रीय सदस्य तथा महिला विभाग कि अध्यक्ष कलावती दयाल, केन्द्रीय सदस्य मिना वि. क. अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रिय समितिबाट अतिथि द्रोपती विक, वसन्ती विक, शिव राम विक, हिरा ओड, अरुणा बि। क। सुन्दरी कोली, अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समितिका उपाध्यक्ष विरेन्द्र विक,नगर सदस्य स्याम बहादुर परियारको अतिथि रहेको थियो। अतिथि आशन ग्रहण पछि देश र जनताको निम्ति विभिन्न जनआन्दोलन, विश्व सर्वहारा क्रान्ति, राष्ट्रिय मुक्ति आन्दोलन र न्यायपूर्ण संघर्षमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरू प्रति एक मिनेट मौनधारण गरिएको थियो। मौनधारण पश्चात उपस्थित जनमानसलाई शब्दबाट सांस्कृतिक सचिव बिन्दु वि. क.ले स्वागत गर्नु भएको थियो भने रक्तिम सांस्कृतिक कलाकारहरूले गीत र संगीतबाट स्वागत गरेको थियो।
भेलाको उद्घाटन रक्तिम सांस्कृतिक केन्द्रीय विभागका संयोजक रामसिंह विक, विद्यार्थी संघ कि केन्द्रीय सदस्य प्रतिभा वि.क.ले तालिको गडगडाहटका साथ दिपप्रज्वलन
गरी भेलाको उद्घाटन गर्नुभएको थियो। उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि रक्तिम सांस्कृतिक विभागका संयोजक तथा अखिल भारत नेपाली एकता समाज का केन्द्रीय सचिव रामसिंह विक भेला को औचित्य प्रकाश पार्दै सांस्कृतिक महत्त्व के हो भन्ने बारे स्पस्ट पार्दै
संस्कृति भनेको हाम्रो जीवनलाई सरल र रमाइलो बनाउने एउटा यस्तो कला र विश्वास हो, जुन एउटा पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गरिन्छ। संस्कृतिलाई ‘सम्पूर्ण समाजको जीवन पद्धति’ भनिन्छ। यसले एउटा मानिसको धर्म, भाषा, शिष्टाचार, अनुष्ठान र कलाबारे समावेश गरेको हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, यो एउटा समुदाय वा समाजभित्र हुने मानवीय गतिविधि हो। रीतिरिवाज, कानुन, पोसाक, वास्तुशैली, सामाजिक स्तर र परम्पराहरू सबै सांस्कृतिक तत्वका उदाहरणहरू हुन्।
सबै देशहरूको आ–आफ्नै फरक(फरक संस्कृतिहरू हुने गर्छन्। देशभित्र हुने समाज वा समुदायहरूको पनि संस्कृति छुट्टाछुट्टै हुन्छन्। तर, सबैको फरक–फरक संस्कृति भए पनि सबैले आफ्नो संस्कृतिको रक्षा र सामान गर्ने गर्छन् र सबैले आफ्नो संस्कृतिका लागि आफ्नो मनमा एउटा विशिष्ट स्थान राखेका हुन्छन्। त्यस्तै हाम्रो सांस्कृतिक पनि पश्चिमेली छाँडा सांस्कृतिक का विरूद्ध प्रगतिशील जनवादी नयाँ जनवादी क्रान्तिको चरणमा देशको सांस्कृतिक आन्दोलनको दिशा जनवादी सांस्कृतिक आन्दोलन नै हुन्छ । यो सामन्तवाद र साम्राज्यवाद विरुद्ध हुन्छ । नयाँ जनवादी व्यवस्थाको स्थापनासँगै सर्वहारा सांस्कृतिक आन्दोलनको आधार पनि तयार पार्दै लैजानुपर्छ तैपनि जनवादी संस्कृति सर्वहारा संस्कृति हुँदैन । त्यसैले नयाँ जनवादी व्यवस्थामा सामन्तवाद–साम्राज्यवाद विरुद्ध जनवादी सांस्कृतिक आन्दोलनलाई नै केन्द्रविन्दु बनाउनुपर्दछ । भन्नुभयो।
उद्घाटन कार्यक्रम पछि केन्द्रीय सदस्य धर्म राम विकले नव निर्वाचित समितिको प्यानल प्रस्तुत गर्नुभएको थियो। भेलाले नविना दयालको अध्यक्षमा ११ पुरण ७ वैकल्पिक १८ सल्लाहकार गरि ३५ सदस्य चयन गरेको छ।
१ .अध्यक्ष –नविना दयाल, २ .उपाध्यक्ष –सरिता बि. क. ३ सचिव– बिन्दु बि.क. ४. सहसचिव– आशा ओड, ५. कोषाध्यक्ष संगिता बि.क., ६.सन्तोष विक, ७ दिपक बिक,८. अमर बिक, ९.करिष्मा बिक ,१०. विशाल ११ करबिर विक,
वैकल्पिक सदस्य
१२ .राकेश बिक , १३. रोशन राम बिक ,१४. विभेक पाण्डेय ,१५. करन बिक , १६. रोशनी सिंह ,१७ .प्रतिमा बिक,१८. कविता कुमारी बिक, १९. दिपक बिक, २०. पारस बयानी , २१. राधा बिक ,२२ ।कृष्णा बिक, २३ रोहित बिक, २४ अनिता टमटा, २५ .जयन्ती बिक ,२६. किरन बिक, २७ .निर्मला बिक, २८. आरती बिक ,२९. अस्मिता कोली, ३०. पुजा बिक, ३१. नरेन्द्र ओड, ३२. जोति बिक,३३. करिष्मा बिक,३४. बविता कोली,३४ हेमन्ती ओड, ३५ लक्स परियार रहनुभएको छ।
त्यस्तै गरी भेलाले रक्तिम सांस्कृतिक विभागको १.अध्यक्ष बोम बहादुर परियार,२ .सचिव पार्वती बयानी, ३ कलावती दयाल,४ मिना विक, ५ नविना दयाल, ६ सरिता बिक,७ बिन्दु बि. क. ८ द्रोपती विक, ९. करिष्मा बिक , १० आशा ओड, ११. करिष्मा बिक, १२. जोति बिक, १३. गिता बिक,१४ निर्मला बिक, १५ बिन्दु बिक,१६. बिमला बिक ताउरे १७ करन बिक, १८ लवदेव विक, १९ राधिका बिक, २० रोशन बिक,२१ हितान्सी २२ शान्ति कोली २३ वसन्ती कोली,२४ गिता बिक,२५ .रोशन बिक ताउरे २६. गंगा कोली, २७. कबिता बिक ताउरे २८ .भिम बहादुर परियार,२९ .जानु बिक, ३० रिनु भट्ट,रहनुभएको छ। प्यानल प्रस्तुतमा बोल्दै नेता धर्म राम विक अखिल भारत नेपाली एकता समाजमा धमिलो पानीमा माछा मार्ने काम भएको त्यस प्रति सजक गराउनु भयो । अखिल भारत प्रवासी नेपाली एकता समाज र अखिल भारत नेपाली एकता बीच ७ जुलाई २०२४ का दिन हैदराबादमा भेला गरी आनन्द थापाको अध्यक्षतामा १६४ सदस्यीय समिति चयन गरी आठौं सम्मेलनद्वारा निर्वाचित समिति विगटन भएको बताउनु भयो । नव निर्वाचित समिति लाई उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।
नव निर्वाचित समितिलाई बधाई दिनेहरूमा केन्द्रीय उपाध्यक्ष किसन बहादुर बि. क. ज्ञानमती विक, कलावती दयाल, मिना विक, स्याम बहादुर परियार बधाई मन्तव्य राख्दै उपाध्यक्ष किसन बहादुर वि..क.ले देशको अवस्था बारे प्रकाश पार्दै २०८२ फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचन संवैधानिक न भएर देशी विदेशी प्रतिक्रियावादी शक्ति र साम्राज्यवाद विस्तारवादको मिलोमतोमा हुँदैछ यो चुनावलाई बहिष्कार गर्न अनुरोध गर्नु भयो । राष्ट्रिय स्वाधीन सरकारको गठन को लागि संघर्ष गरौं ।नेपाली जनताको बलिदानीपूर्ण योगदानलाई खेरनफालौँ भन्दै नव निर्वाचित समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।


