काठमाण्डौ । सामाजिक सुरक्षा कोषले ६ वर्ष ७ महिनामा एक खर्ब रुपैयाँभन्दा बढी योगदान रकम संकलन गरेको छ । कोषका अनुसार औपचारिक, अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको सहभागितापछि उल्लेख्य योगदान संकलन भएको हो ।
शुरुआतमा औपचारिक क्षेत्रबाट लागू भएका सामाजिक सुरक्षा योजनाको दायरा विस्तार गर्दै कोषले अनौपचारिक, स्वरोजगार तथा वैदेशिक रोजगारीको क्षेत्रसम्म समेटिसकेको छ । कोषमा हालसम्म औपचारिक क्षेत्रका ६ लाख ७१ हजार श्रमिक, वैदेशिक रोजगारीमा रहेका करिब २० लाख र अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रहेका करिब १६ सय श्रमिक तथा व्यक्तिबाट योगदान संकलन गरिएको सामाजिक सुरक्षा कोषले जनाएको छ । १ वैशाख २०८२ देखि सरकारी कोषबाट तलबभत्ता खाने कर्मचारीसमेत सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने व्यवस्था छ ।
सामाजिक सुरक्षा कोषमा १ अर्ब बढी योगदान
Comments

